
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १२ असोज । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ । हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन् । सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने दर सबैभन्दा बढी छ । पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत । त्यसपछि तेस्रोमा माल्दिभ्स छ । त्यहाँ निको हुने दर ८३.२, भारतमा ८२.६ प्रतिशत छ । त्यसपछि अफगानिस्तानमा ८३.२, भारतमा ८२.१, भुटानमा ७५.३ र बंगलादेशमा ७४.८ प्रतिशत छ । नेपालमा पछिल्लो २४ घण्टा (आइतबार अपराह्नसम्म) मा ८ सय ८५ जना मात्रै…
काठमाडौं, १२ असोज । नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ । कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल पक्षका नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा नै उत्रिएका छन् । उनीहरू विधानविपरीत पार्टीभित्र हरेक निर्णयमा मनोमानी गरेको भन्दै सभापति देउवालाई गलाउने रणनीतिसहित अघि बढेका हुन् । सो समूहले आजसोमबार आफू पक्षीय केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउँदै छ । तर, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला भने पार्टीको आन्तरिक द्वन्द्वलाई बढाउने पक्षमा छैनन् । लामो समय गृह जिल्ला झापा बसेर फर्किएका सिटौलाले शनिबार राजधानी फर्किएलगत्तैबाट सभापति…
अर्जुनधारा, १२ असोज । झापा निर्वाचन क्षेत्र नं २ (ख) का प्रदेश सांसद बृखबहादुर प्रधानले सुखानी सहिद स्मृति उद्यान परिसरमा रहेका सुकेका सिसौका रुखहरु व्यवस्थापन समितिले नै कटान गरेकाले सो सम्बन्धमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । विभिन्न सञ्चार माध्यममा विषयान्तर गरी आफ्नो चरित्र हत्या गर्ने आशयले समाचार आएको भनी उद्यान परिसरमा आज पत्रकार सम्मेलन गर्दै सांदस प्रधानले चरित्र हत्या गर्ने नियतले प्रचारबाजी भएको भन्दै रुख काटेको प्रमाणित गर्नसके जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् । अर्जुनधारा–११ स्थित सुखानी सहिद स्मृति उद्यान परिसरमा सिसौ प्रजातिको तीन वटा रुख काटिएको घटनामा सांसद प्रधानको नाम जोडिएर आएको थियो । समाचारमा…
झिलझिले, ११ असोज । नेपाल बार एशोसिएशन र मानवअधिकार तथा जनसरोकार समितिले झापा कारागारमा रहेका कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको घटनामा सरकार जिम्मेवार हुनुपर्ने बताएको छ । केहि दिन अघि मात्र जिल्ला कारागारमा १७ जनाको स्वाव संकलन गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएपछि एशोसिएशन र मानव अधिकार तथा जन सरोकार समितिले गम्भिर चासो राख्दै आईतबार एक विज्ञप्ती प्रकाशीत गरेर सरकारको गम्भिर ध्यानाकर्षण गराएको हो । झापा कारागारका १० जना कैदि बन्दी र २ जना प्रशासनका कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । नेपाल वार एशोसिएशन झापा ईकाईका सचिव भिम बराल र मानवअधिकार तथा जन सरोकार समितिकी संयोजक यज्ञलक्ष्मी चौलागाई द्धारा हस्ताक्षरित…
कनकाई, ११ असोज । सरकारले दुई बर्ष कार्यकाल पूरा गरेका मन्त्रीहरुलाई फेर्ने तयारी थालेसगै झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुको समेत मन्त्री बन्ने सम्भावना वढेको छ । लिम्बु झापाका लोकप्रिय नेता तथा वैदेशिक रोजगार महासंघका समेत पूर्व केन्द्रिय अध्यक्ष भइसकेका नेता हुन । उनी झापा क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा अत्याधिक मतका साथ बिजयी बनेका नेता हुन । सरकारले नयाँ र केहि काम र परिणाम देखाउन सक्ने युवा नेताहरुको खोजी गरेको र साँबामा यी सबै गुण भएको कारण पनि अब बन्ने मन्त्रीमण्डलमा साँबा अटाउन सक्ने राजनैतिक विज्ञको भनाई छ । साँबा प्रधानमन्त्री ओलीका विशेष प्रिय पात्र पनि…
बिर्तामोड, ११ असोज । एकीकृत सिद्धी खोला बाहुनडाँगी बृहत खानेपानी आयोजनालाई कार्यान्वनमा ल्याउन आज वृहत् अन्तरिक्रया गरिएको छ । मेचीनगर–१ स्थित बाहुनडाँगीको प्रांगणमा भएको अन्तरक्रियामा परियोजना परिकल्पनाकार एवम् झापा क्षेत्र नं. १ का संघीय सांसद् राम कार्की (पार्थं)को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सांसद् कार्कीले एकीकृतको मतलब केवल खानेपानी आयोजनाको जमघट मात्र नभई मान्छे र प्रकृतिको सम्प्रतिसहित मान्छेका आधारभूत आवश्यकतासहित प्रकृतिबाट प्राप्त गर्ने प्रणाली भएको बताउनुभयो । बाहुनडाँगीमा १९ वटा भन्दा बढी खानेपानी आयोजना सञ्चालित छन् । प्रायः टोलैपिच्छे खानेपानी आयोजना भएकाप्रति उहाँले काजगको डल्लो बनाएर हान्यो भने खानेपानी उपभोक्ता समितिका सदस्यलाई लाग्छ भन्दै ठट्टा समेत गर्नुभयो । “एकीकृत…
विराटनगर, ११ असोज । प्रदेश १ मा आज १ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, ते¥हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष रहेका छन् । मोरङको कटहरीमा ८ महिला र ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २–२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ…
बिर्तामोड, ११ असोज । झापामा आज तीन जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिर्तामोड–१ की एक जना ९० वर्षीय बृद्धा, अर्जुनधारा–३ का एक ५१ वर्षीय पुरुष र दमक–५ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरु सबै स्थानीय हुन् । दमक र अर्जुनधारामा भेटिएका कोरोना संक्रमितको स्वाब धरानमा संकलन गरिएको थियो । झापामा योसँगै कोरोना संक्रमितको संख्या ८४७ पुगेको छ । आजसम्मा ७७४ जना उपचार पछि डिस्चार्ज भएका छन् । २५ हजार ५१४ जनाको स्वाब संकलन गरिएको छ । ६६ जना आइसोलेसनमा उपचाररत छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।
सुनसरी, ११ असोज । सुनसरीको बराहक्षेत्र–१ कटहरे स्थितमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ बर्षीया एक बालिकाको हत्या भएको पुष्टि भएको छ । असोज १० गते २ बजे राती १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन । छिमेकीको घरमा धामी लगाई सकेर बिहानको २ बजे राती घर फर्केका परिवार ढोका खोलेर भित्र पस्दा आफ्नो छोरी मिना राईलाई मृत अवस्थामा देखी प्रहरीलाइ खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शव संकास्पद देखिएपछी गहन अनुसन्धान शुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली र…
झापा, ११ असोज । बितको २४ घण्टामा देशभर १५७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज भएका छन् । यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन् ।