झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० असोज । कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बिचौलियाको नियन्त्रण छ । जसका कारण तरकारी, चिनी, खाद्यान्न, लत्ताकपडालगायतका उपभोग्य वस्तुको मूल्य ह्वात्तै अकासिन पुगेको हो । बजार, यात्रा र वितरण प्रणालीमा सरकारी निकायको उपस्थिति कमजोर हुँदा र कुशासन मौलाउँदा यस्तो अवस्था आएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । बजारमा वस्तुहरूको मूल्य मनलाग्दी बढाइएको छ भने यात्रा गर्दा समेत सर्वसाधारण ठगिने क्रम बढेको छ । दसैं नजिकिँदै गर्दा व्यापारीले लत्ताकपडामा समेत अस्वाभाविक मूल्यवृद्धि गर्दा…

Read More

झापा, १० असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न नयाँ मापदण्ड जारी गरेको हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पीसीआर परीक्षण मापदण्डमा पर्नेलाई मात्रै पीसीआर परीक्षण गर्न गराउन सम्बद्ध निकायलाई निर्देशन दिइएको बताए । उनले १२ बुँदे मापदण्ड जारी गरिएको भन्दै कोभिड–१९ का लक्षण भएका व्यक्तिले पीसीआर परीक्षण गराउन सक्ने बताए । ती लक्षणमा ज्वरो, सुक्खा खोकी, श्वास फेर्न गाह्रो हुने, गन्ध थाहा नहुने, पखाला लागेका व्यक्ति पर्दछन् । यस्तै सङ्क्रमित व्यक्तिको नजिक सम्पर्कमा आएका व्यक्तिको पाँच दिनपछि…

Read More

झापा, १० असोज । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासङ्घले जनाएको छ । विगतका वर्षमा जस्तो यसपालिको दशैँमा यात्रुको त्यति चाप नहुने महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ तर विगतमा जस्तो नभए पनि यात्रुको चाप सामान्य दिनभन्दा बढी नै हुने उनको दाबी छ । दशैँका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्नुपर्ने…

Read More

काठमाडौँ, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा चित्रण गरे । उनले बैठकमा मन्त्रीमध्ये कसैलाई असफल बनाएर हटाउन लागिएको नभई ‘केही साथीलाई बिदा गर्नुपर्ने बाध्यता आउन सक्ने’ भनाइ राखेका थिए । ‘पार्टीको निर्णय कार्यान्वयन गर्ने अवस्था आएको छ । तपाईंहरू कोही कसैले अन्यथा नमान्नुहोला । कुनै पनि बेला हामीमध्ये केही साथीहरू मन्त्रिपरिषद्बाट बिदा हुनुपर्ने अवस्था आउन सक्छ’, एक मन्त्रीले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भने । ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले कोही असफल भएर हट्नुपर्ने बाध्यता नभएको…

Read More

झापा, १० असोज । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका परीक्षा सञ्चालनको प्रक्रिया अघि बढाएको छ । कोरोनाका कारण १० हजार बढी पदमा परीक्षा हुन सकेको थिएन । लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले गत वर्ष रोकिएका शाखा अधिकृत र नायब सुब्बाको दोस्रो चरणको परीक्षा सुचारु गरिने जानकारी दिए । गत वर्ष शाखा अधिकृततर्फ प्रशासन, न्याय र व्यवस्थापिका संसद्तर्फको पहिलो चरणको परीक्षा सम्पन्न भई दोस्रो चरणको परीक्षा भएको थिएन । परीक्षा सञ्चालन…

Read More

बिर्तामोड, ९ असोज । जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा आज कोरोना पुष्टि भएको छ । जिल्लामा आज थपिएका १४ जना कोरोना संक्रमितमध्ये एक महिला र नौ पुरुष गरी १० जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चौलागाईंले जानकारी दिनुभयो । “काठमाडौँ पठाउनुपर्ने एक जना कैदीबन्दीको पिसिआर परीक्षण गर्दा पोजिटिभ आयो”, उहाँले भन्नुभयो, “उक्त कदैबन्दीको कन्ट्याक टे«सिङको आधारमा अरुको पिसिआर जाँच गदा थप १० जनामा कोरोना देखिएको छ ।” २२ जनाको पिसिआर परीक्षण गर्दा १० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको बताउनुभयो । उपचारका लागि संक्रमित कैदीबन्दीलाई मेची प्रादेशिक कोभिड अस्पताल भद्रपुरमा भर्ना गरिएको छ ।…

Read More

झापा, ९ असोज । प्रदेश १ मा शुक्रबार ८५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा मोरङमा ४१, सुनसरीमा २५, झापामा १४, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता सुनसरीको इटहरीमा २ महिला १३ पुरुष, दुहवीमा २ महिला २ पुरुष, इनरुवामा १ महिला २ पुरुष, बर्जुमा १ महिला १ पुरुष, धरानमा १ महिला, झापाको भद्रपुरमा १ महिला ९ पुरुष, विर्तामोड र दमकमा…

Read More

झापा, ९ असोज । बितेको २४ घण्टामा देशभर १३ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । तीमध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा जना १४ सय ५५ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ । संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ । आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जना…

Read More

काठमाडौं, ९ असोज । सरकारले तेजाब (एसिड) सम्बन्धी कसुर नियन्त्रण गर्न अध्यादेशमार्फत नयाँ कानुन ल्याउनेतयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तेजावसम्बन्धी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषदबाट पारित फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा पहिलेभन्दा कडा प्रावधान समेटिएको छ । फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाब फ्याँके, छर्किए, खन्याए वा प्रयोग गरी वा सेवन गराएर अङ्गभङ्ग र शारीरिक क्षति पुर्‍याउने व्यक्तिलाई २० वर्षसम्म कैद र दश लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । यो सजाय एकदिन पनि माफी–मिनाहा नहुने र पूरै अवधि जेल…

Read More

बिर्तामोड, ९ असोज । झापा बिर्तामोड नगरपालिका–५ स्थित एक घरको छतबाट लडेर १३ वर्षीय बालिकको मृत्यु भएको छ । बिहीबार राती १० बजे खाना खाइसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा १३ वर्षीया बालिका कृतिका भण्डारीको मृत्यु भएको हो । छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक कृतिका पाँच दिन अघि काठमाडौँबाट मावली घरमा आएकी हुन् । मावली घरकै चार तला माथिको छतबाट झरेर उनको मृत्यु भएको कार्यालयले जनाएको छ ।

Read More