
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ असोज । इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी जवान दिनेश कार्की (पुलस अफ द मन्थ) घोषित भएका छन् । अवैध हातहतियारद्वारा ब्यक्ति हत्या जस्तो जघन्य अपराधको घटना घटाई लुकीछिपि बसेको अभियुक्तलाई खोजतलास गरी हातहतियार सहित पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले कार्कीलाई भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी…
मोरङ, १३ असोज । मोरङ विराटनगर–१६ दरैया का ६१ वर्षीय रामु मण्डल लागुऔषध खैरो हिरोइन ब्राउनसुगरसहित पक्राउ परेका छन् । हिजो अपरान्ह ४ बजे विशेष सुराकका आधरामा खटिएको प्रहरी टोलीले साइकलमा आईरहेका मण्डललाइ विराटनगर–१२ स्थित कलेज रोडबाट नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रण पश्चात चेकचाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको साथै उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।
धरान, १३ असोज । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको सुनबर्षी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो । नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानले जनाएको छ । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा असोज ५ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयू र भेन्टिलेटरमा राखिएका उनको उपचारको क्रममा मृत्यु भएको हो । उनी प्रतिष्ठानमा असोज १० गते बिहान भर्ना भएका थिए…
झापा, १३ असोज । आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ । सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी…
टीका खतिवडामङ्गलबारे , १३ असोज । सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि छ । तर हाम्रो देशमा अहिले पनि ७० प्रतिशतभन्दा बढी नेपाली कृषि पेशामा नै रहेको भए पनि कृषकको सम्मान र यस पेशा प्रतिको आकर्षण भने घट्दो छ । जसका कारण बिहानदेखि बेलुकासम्म खेतबारीमा काममा खट्ने या दैनिक गाईवस्तुको स्याहार गर्ने मानिसको कमी हुँदै गएको छ । तर इलाम सन्दकपुर गाउँपालिकाका तारामणि खतिवडा भने यो मान्यताभन्दा पृथक हुनुहुन्छ । उहाँ सरकारी जागिर छोडेरै व्यावसायिक कृषि पेशामा संलग्न हुनुभएको छ । खतिवडाले…
झापा, १३ असोज । झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ । गौरादह नगरपालिका– १ का ६५ वर्षीया मनमाया भण्डारीको सोमबार हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ । हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
काठमाडौं, १३ असोज । बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले हजुरबुवादेखि बुवा–झट्केलो बुवा, ससुरा, काका–मामा–ठूलोबुवा, चिनजानका व्यक्ति र छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र अपरिचित व्यक्तिबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो । आर्थिक वर्ष २०७६/७७ को तथ्यांकअनुसार सो आर्थिक वर्षमा देशभर २ हजार ४ सय ४९ वटा घटना भएकामा चिनेजानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी बलात्कारका घटना भएको छ । गत आर्थिक वर्षमै घरमालिकबाट ३, केटासाथीबाट ९३, भिनाजुबाट ५, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमान्बाट २८, नचिनेका…
झापा, १३ असोज । अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुटुरोगीका समस्या झनै थपिएका छन् । मानिस आफ्नो स्वास्थ्यलाई भन्दा खानपानले गर्दा मुटुरोगको सिकार हुने गरेका छन् । स्वस्थ व्यक्तिले पनि मीठो, मसालेदार, चिल्लो, स्वादिलो खाना निरन्तर रूपमा खाँदै जाँदा विस्तारै नसर्ने रोगको सिकार हुने गरेका छन् । नसर्ने रोगमध्ये प्रमुख रूपमा मुटुरोग पर्दै आएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीले मानिसको आहार, व्यवहारले मुटुरोगको जोखिम बढाउने बताए । चुरोट, खैनी, गुट्खा जस्ता पदार्थ नियमित सेवन गर्नाले मुटु रोगको सम्भावना बढाउने जानकारी दिँदै उनले यी वस्तुमा हुने निकोटिनले मुटुका…
काठमाडौं, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ । संविधानको धारा १४४ को १ बमोजिम राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश प्रमाणीकरण गरेकी हुन् । अध्यादेश जारी भएसँगै अब कुनै पनि व्यक्तिले दोस्रो व्यक्तिलाई एसिड प्रहार गरे २० वर्षसम्म जेल सजाय हुनेछ । एसिड छ्याप्ने व्यक्ति कानुनबमोजिम सजाय कटौती नहुने गरी २० वर्षसम्म जेल बस्नुपर्नेछ । अध्यादेशमा एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिने र यस्तो उद्योगमा १० वर्षसम्म कैद…
काठमाडौं, १३ असोज । कलिला नानीहरूको घाँटी निमोठ्ने मानव सभ्यताविपरीतका घटनालाई विद्यमान कानुनले थेग्न नसकेपछि महिला सांसदहरू यसमा कठोर भएर जाने निष्कर्षमा पुगेका छन्। यस्ता कुकार्यमा संलग्नहरूलाई मृत्युदण्डको सजाय दिनुपर्ने उनीहरूको ठहर छ। त्यसका लागि संविधान, कानुन र अन्तर्राष्ट्रिय सन्धिरसम्झौतामा परिवर्तन वा परिमार्जन गर्न पछि पर्न नहुनेमा सबै दलका महिला सांसदको एकमत छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका ३२ सांसदको सोमबारको भेलाले १६ वर्ष मुनिका बालिकाको बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिनुपर्ने आवाज उठाएको हो। भेलाले मृत्युदण्ड सजायको व्यवस्थाका लागि अध्ययन गर्न ९ सदस्यीय समिति नै गठन गरेको छ। प्रमुख विपक्षी कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय…