
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पाँचथर, ११ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताउनुभएको छ । सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्री नेम्वाङको भनाइ छ । जिल्ला समन्वय समिति पाँचथरले शनिबार फिदिममा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “एउटा बद्मास ठेकेदारले बाटो बनाउँदैन तर दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा लगाउने ?” कयौँ विकास आयोजनामा ठेकेदारले समयमा काम नगर्दा सरकार आलोचित हुनुपरेको भन्दै मन्त्री नेम्वाङले अब सरकारले कसैलाई पनि छुट दिन नसक्ने बताउनुभयो । “प्रधानमन्त्रीज्यूले शिलान्यास गर्नुभएको राँके–रवि–भेडेटार सडकको अहिलेसम्म ३२ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा जम्मा सात प्रतिशत…
बिर्तामोड, ११ असोज । झापाको कनकाई नगरपालिकाका एक कारोनो संक्रमितको मृत्यु भएको छ । कनकाई–९ का ४७ वर्षीय कोरोना संक्रमितको शनिबार राति १०ः५४ बजे मृत्यु भएको कनकाई नगरपालिकाका कोभिड–१९ फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । केही दिनदेखि स्वास्थ्यमा समस्या आएपछि मेची अञ्चल अस्पतालमा भर्ना गरिएका मृतकको शुक्रबार पिसिआर परीक्षणका क्रममा शनिबार कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । मृतक उच्चरक्तचाप र मधुमेहका बिरामी भएको फोकल पर्सन अधिकारीले बताउनुभयो । मेची अस्पतालमा उपचार सम्भव नभएपछि शनिबार राति कोशी कोभिड अस्पताल रिफर गरिएका संक्रमितको राति नै अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको…
भद्रपुर, ११ असोज । झापाको भद्रपुरमा १८६ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेकपा भद्रपुर–४ को वडा कमिटीद्वारा शनिबार आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी उनीहरु नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा १ नम्बर प्रदेश कमिटीका संयोजक देवराज घिमिरे लगायतका नेताले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा प्रदेश संयोजक घिमिरेले समाज विकासको अभियानको कहीँ नतिजा आइरहेको छ, भने केही आउने क्रममा रहेको बताए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य हरि राजवंशी, प्रदेशसभा सदस्य वसन्त बानियाँ, झलकसिंह दर्लामी, झापा अध्यक्ष चिन्तन पाठक, प्रदेश कमिटीका सदस्य डिल्ली घिमिरे हिक्मत, जिल्ला सचिवालय सदस्य जीवनकुमार श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य राखेको नगर…
काठमाडौं, ११ असोज । सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् । प्रधानमन्त्रीे ओलीले गत शुक्रबार मन्त्रिपरिषद् बैठकमा ‘केही मन्त्रीको बिदाइ र केहीलाई निरन्तरता दिनेगरी पुनर्गठन’ संकेत गरे । त्यसअनुसार छलफल र गृहकार्य तीव्र पारिएको प्रधानमन्त्रीनिकट स्रोतले राजधानीलाई बतायो । ओली नेतृत्वको सरकारले ‘मुलुकलाई विकास, सुशासन र समृद्धितर्फ डोहोर्याउन मन्त्रीका रूपमा ल्याइने सारथि इमानदार, जनउत्तरदायी र शतप्रतिशत परिणाम दिन’ सक्षम व्यक्ति हुनुपर्ने राजनीतिक तथा प्रशासनविज्ञ सुझाउछन् । नयाँ मन्त्री सुशासन ऐन २०६४ अनुसार काम…
झापा, ११ असोज । वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताए । शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले शिक्षकको कोरोना भाइरस बीमा गरिएको स्पष्ट गर्दै सम्बद्ध जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताए । शिक्षक विद्यालयमा नपुगेसम्म वैकल्पिक विधिको सिकाइ सफल हुन नसक्ने उनको भनाइ छ । अभिभावकसँग सम्पर्क कायम गरी सिकाइ सहजीकरण निर्देशिका र विद्यालय शिक्षासम्बन्धी आकस्मिक…
काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ। सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै विरोधी खेमाले आइतबार पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउने भएको छ। नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहको शनिबार बसुन्धरामा बसेको भेलाले एकपक्षीय ढंगबाट गरिएको निर्णय असोज १९ गतेभित्र सच्याउन देउवालाई अल्टिमेट दिने निष्कर्ष निकालेको छ। त्यतिबेलासम्म पनि सभापतिले यसअघिका निर्णय नसच्याए धर्ना, अनशनसहित अन्य वैधानिक कदमहरू अघि बढाउने इतर पक्षको निष्कर्ष छ। ‘महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापतिबाट यसअघि भएका निर्णय सच्याउन…
झापा, ११ असोज । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज भारतको बिहारमा न्यून चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको जनाएको छ । महाशाखाले हाल प्रदेश न। १ मा पूर्णतया बदली रहेको र बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ । यसैगरी, आइतबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश नं १ का एक, दुई…
काठमाडौँ, ११ असोज । आज अपराह्न १२ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरे पनि आइतबार आकस्मिक बैठक बस्न लागेको हो । आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषदले जारी गर्ने एजेण्डा रहेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । मन्त्रिपरिषदबाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने बुझिएको छ । सरकारले पहिलेको कानून संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा बृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ । एसिड आक्रमण गरेमा २० वर्ष सजाय र आक्रमणबाट…
बिर्तामोड, १० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. १ का सांसद् राम कार्की (पार्थ)ले गल्तीहरु थाती रहिरहेमा उज्यालोले पनि आफ्नो बाटो खोज्ने बताउनुभएको छ । झापाको बुद्धशान्ति–१ मा शहीद वेद आचार्य र नारायण आचार्यको १८ औँ स्मृतिको दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले महान शहीदहरुबाट प्रेरणा लिएर वर्गीय हित, समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिनुभयो । “यदि कम्युनिष्ट आन्दोलनबाट वर्गीय लडाइँको सम्बन्धच्यूत गरेर पुँजीपतिको साथमा देखा पर्यौं भने समाजवादको लक्ष्यमा पुग्न नयाँ पीढि अवस्य आउने छ”, उहाँले भन्नुभयो, “गल्तीबाट पाठ सिकेर वर्गीय हितमा लाग्नुपर्छ अनिमात्र समाजवाद स्थापित हुनेछ ।” शहीद…
बिर्तामोड, १० असोज । झापामा आज सात जना स्थानीयबासीमा कोरोना भाइरस पुष्टि भएको छ । कचनकवल, भद्रपुर, बिर्तामोड र कनकाईका छ पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बिर्तामोड–१, ५ र ९ नम्बर वडाका तीन पुरुष, भद्रपुर–१० मा १ महिला र १ पुरुष, कचनकवल–५ मा र कनकाईमा १–१ पुरुष संक्रमण देखिएको हो । उनीहरु सबै स्थानीयबासी हुन् ।