
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ८ असोज । झापा बिर्तामोड नगरपालिका–७ का राजु मर्डीका २ वर्षीय छोरा जीवन मर्डी आज मृत अवस्थामा फेला परेका छन् । बुधबार राति ९ बजे जीवन घरबाट हराई बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान ६ बजे सोही स्थितमा रहेको रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका सम्बन्धनमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ८ असोज । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइबारदेखि क्रमिक सुधार हुनेछ”, उनले भनिन् । उनका अनुसार आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्णरूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्ने बताइएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसका साथै प्रदेश नं। १, २, ५,…
इलाम, ८ असोज । कोरोना विरुद्धको सुरक्षाका लागि पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का संघीय सांसद पछिल्लो समय सक्रिय रुपमा लागेछन् । उनले आफनो जिल्लामा कोरोना विरुद्धको लडाइका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्दै आएका छन् । गत भदौको पहिलो साता आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८ सय थान पिपिई र १ हजार ५ सय थान सेफ्टी गगल्स प्रदान गरेका थिए ।खनालले भरखरै इलाम अस्पतालका लागि २५ थान पिपिई र १ सय थान गगल्स वितरण गरेका छन् । विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयलाई जोगिन सहज बनाउने उद्देश्यले वरिष्ठ नेता खनालले स्वास्थ्य सामाग्री वितरण गरेको उनका स्वकीय सचिव…
मोरङ, ८ असोज । सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने २ जना मोरङबाट पक्राउ परेका छन् । इमोमा २५ लाखको चिट्ठा परेको भन्दै चितवनस्थित कालिका नगरपालिका–४ की ४४ बर्षीय महिलालाई ठगी गरेको सुचनाका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । मोरङ विराटनगर महानगरपालिका वडा नं ११ वस्ने २७ बर्षीय साहिल हुसेन अन्सारी सोही स्थानका वडा नं ९ वस्ने २७ बर्षीय कामेश्वर स्वर्णकारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय टाँडीले जानकरी दिएको छ । प्रहरी नायब उपरीक्षक रबिन कार्कीका अनुसार पीडित ४४ बर्षीय सिता थपलिया २ लाख ८० हजार रकम ठगीएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । पीडित महिलालाई चिट्ठा…
झापा, ८ असोज । कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत सत्यनारायण यादवको मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले रातोपाटीलाई बताए । सत्यनायारायण जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी हुन् । प्रमुख जिल्ला अधिकारीको भान्से समेत रहेका सत्यनारायणलाई कर्मचारीले ‘काका’ भनेर बोलाउँथे । ११ दिनअघि उनको स्वाव परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनलाई राजविराज स्थित साईकृष्ण मेडिकल कलेज भवनको आईसोलेशनमा राखिएको थियो । उनको गएराती मृत्यु भएको बताइएको छ । यता, चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको…
झापा, ८ असोज । अविरल वर्षासँगै आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु भएको छ भने पाल्पाको रम्भा गाउँपालिकामा पाँच जना पुरिएका छन् । कालिगण्डकी गाउँपालिका वडा नं. ४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए । क्षेत्रीका अनुसार बालिङ नगरपालिका ९ कमादीमा गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने नौ जना हराईरहेका छन् । पहिरोमा परि हराएकाहरुको खोजी र उद्धारका लागि नेपाल प्रहरीको टोली परिचालन गरिसकेको क्षेत्रीले बताए । यता, गएराती आएको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जनालाई पुरेको…
झापा, ८ असोज । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ । विश्वका धेरै मुलुकले कोभिड–१९ का बिरामीमा परीक्षणपश्चात् प्रयोग गरिरहेको यो औषधि देउराली–जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन थालेको हो । हालसम्म फाभिपाइराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारका लागि अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेको छ । कोभिड–१९ ले सम्पूर्ण मानवको स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर पारेको यस कठिन घडीमा विगत तीन दशकदेखि नेपालमा औषधि उत्पादन गर्ने सो कम्पनीेले औषधि…
झापा, ८ असोज । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३औं महाधिवेशनबाट वैचारिक शक्तिका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट दुई नेताले पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका हुन् । आकांक्षी बढेसँगै कांग्रेसभित्र हाल कायम गुटसमेत फुट्ने देखिएको छ । संस्थापन मानिएको समूहबाट आगामी महाधिवेशनका लागि सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले तयारी अघि बढाएका छन् । यसैगरी इतर समूहबाट वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा। शशांक कोइराला, नेता डा शेखर कोइराला र…
झापा, ८ असोज । सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयका शिक्षकलाई विद्यार्थीकै घरदैलोमा पठाउने कार्ययोजना कार्यान्वयनमा ल्याउनेभएको छ । खासगरी अपाङ्गता भएका विद्यार्थीलाई तिनको घरदैलोमा पुगेर सिकाइ सुनिश्चित गर्न सहज होस् भनेर यसै साताबाट शिक्षकलाई घरदैलोमा खटाउने भएको हो । विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गर्न यस खालको कार्ययोजना अघि सारिएको घोषणा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गरिसक्नुभएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विशेष अवस्थाका बालबालिकाको सिकाइ सुनिश्चित गर्ने दायित्व राज्यको भएको चर्चा गर्दै त्यसैका लागि शिक्षक परिचालन गर्ने योजना अघि सारिएको जानकारी दिए ।…
काठमाडौँ, ८ असोज । असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार आठ सय रुपियाँ कायम भएको छ । बुधबार बिहान नेपाली समयअनुसार १०ः३० बजे अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १८८९ डलर पुगेका आधारमा उक्त मूल्य तय भएको हो । नेपालमा सुनको मूल्य भने भारतीय बजारमा भर पर्दै आएको छ । यसअघि गत भदौ ३१ गते छापावाल सुनका मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपियाँ कायम भएकोे थियो भने असोज १ गते ९६ हजार…