झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ७ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ समय–कथा जीवन, यात्रा र भोगाइको विमोचन गर्नुभएको छ । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच मन्त्री भूषालले सो पुस्तक विमोचन गर्नुभएको हो । पुस्तक विमोचन गर्दै मन्त्री भूषालले हरेक लेखकले समयको भाषा बोल्ने बताउँदै भन्नुभयो, “आजको पिँढीले लेखेको कुराले समयको भाषालाई भोलिको पिंढीलाई बताउँछ ।” लेखन कार्य एउटा बौद्धिक र समयको भाषा बोल्ने कुरा भएकाले मन्त्री भूषालले लेखक सिग्दलेलाई धन्यवाद समेत दिनुभयो । पत्रकार सिग्देलद्वारा लिखित पुस्तक एक दिन १५२ पृष्ठको रहेको छ भने विभिन्न १४ वटा लेखमार्फत जीवन, यात्रा र भोगाईहरुलाई लेखकले…

Read More

तीर्थ तिम्सिनाबुद्धशान्ति, ६ असोज । पछिल्लो केहिदिन यता गर्मी बढेसंगै केही शितलताको खोजीमा अहिले इलामको रोङ गाउँपालिका–४ किटेनीमा रहेको ‘स्वागत झर्ना’ घुम्न जानेहरूको संख्या बढ्दै गएको छ । पर्यटकले यहाँ पुगेर वरिपरीबाट घेरिएको वनजंगल र चराचुरुङ्गीको चुँ चुँ आवाज संगै चिसो ठाँउमा कलकल झरिरहेको झरनाको मनोरम दृश्य अवलोकन गर्दै आनन्द लिने गरेका छन् । इलामका पर्यटकीय क्षेत्र त्यसै त अवलोकन भ्रमणका लागि धेरैजसो आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ । त्यसमा पनि गर्मी मौसम बढेसंगै झर्नामा रमाउन, पौडी खेल्न र डुबुल्की मार्नेहरुको संख्यामा अत्याधिक वृद्धि भएको स्थानीय होटल संचालक सावित्री लिम्बुले बताएकी छिन् । उनले लक डाउन खुलेपछि केही दिनयता…

Read More

झापा, ६ भदौ । बितको २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताए । उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् । यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको…

Read More

बिर्तामोड, ६ असोज । अन्नपूर्ण न्युरो हस्पिटल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार शाहलाई झापामा सम्मान गरिएको छ । झापाका २० वटा सामाजिक संघसंस्थाको अगुवाईमा सञ्चालित एकका लागि एक अभियानले शाहलाई मंगलबार बिर्तामोडमा एक कार्यक्रमका बीच सम्मान गरेको हो । अभियानद्वारा स्थापित कोरोना भाइरस परीक्षण गर्ने पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न प्राविधिक रुपमा पुर्याएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको थियो । मेडिकल माइक्रो बायोलोजिस्ट रहेका शाहले लकडाउनपछि देशभर सातवटा प्रयोगशाला स्थापनामा प्रमुख प्राविधिकका रुपमा काम गरेका छन् । अभियानद्वारा कनकाईको कोटिहोममा स्थापित प्रयोगशालाको उनले डिजाइन, उपकरण छनोट, उपकरण सेटिङ, जनशक्तिलाई तालिम प्रदान गरेका थिए । अभियानले शाह र अन्नपूर्ण न्युरो…

Read More

काभ्रे, ६ असोज । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा। नरेन्द्र झाले बताए । उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौँ मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन्। हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको छ ।…

Read More

सोलुखुम्बु, ६ असोज । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका–५ का वडा अध्यक्ष ३९ बर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकोमा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका वडा अध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Read More

झापा, ६ असोज । संखुवासभा चैनपुर–४ का ७६ वर्षीय बुद्धिबहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । हिजो साँझ साढे ५ बजे चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लुम्बुको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी सिद्धपोखरीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यसैगरी, मोरङ जहदा–१ बस्ने १७ बर्षीया रबिना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान ७ बजे जहदा मुसहरी टोल स्थितमा रहेको पानी जमेको खाडलमा परी रबिनाको डुबेर मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय बुधनगरमा…

Read More

कनकाई, ६ असोज । अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो । श्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा यही असोज १ गते भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो । कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो तर धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य…

Read More

गोरखा, ६ असोज । दुई हप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० वर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यु भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई दुई लाख रुपैयाँ थमाए । घटना सामसुम भयो । चार घण्टा पर रहेको प्रहरी चौकी नाम्रुङले यत्तिका दिनसम्म घटनाबारे केही पत्तो पाएको छैन । जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय पनि यसबारे अनभिज्ञ छन् । गत असारमा यार्सागुम्बा संकलन गर्न गएका सोही गाउँका दुईजनामध्ये टसी दोर्जे फर्किएनन् । सँगै गएकाले टसी दोर्जेको परिवारलाई दुई लाख रुपैयाँ तिरे । सो घटना पनि सामसुम भयो । यी दुई त ताजा घटना हुन्…

Read More

झापा, ६ असोज । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा मन्त्री बन्ने पाउने विषय अन्योल बनेको छ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा पराजित भएको व्यक्ति मन्त्री बन्न नपाउने भन्नेबारे नेपालको संविधानमा लेखिएको छ । तर, राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित या मनोनयनबाट संसद् भएको हकमा के हुने भन्ने विषयमा बहस सुरु भएको छ । ९ फागुन २०७६ मा राष्ट्रिय सभा निर्वाचनबाट सांसद बनेका नारायणकाजी श्रेष्ठ र गत साता मात्रै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतमले मन्त्री बन्न पाउने कि नपाउने भन्ने विषयले अहिले चर्चा पाएको छ । सत्तारूढ दलकै नेताहरूले प्रतिनिधिसभा निर्वाचनमा…

Read More