
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
महोत्तरी, ३१ भदौ । भदौ अन्तिमतिर लगातार भएको वर्षा धानखेतीका लागि अमृत भएको छ । भदौ अन्तिम साताको प्रारम्भसँगै दिनदिनै जसो परेको पानीले धानबाली हरियो भएर फिरेपछि महोत्तरीका किसानले राहत महसुस गरेका छन् । भदौ लागिकन पानी नपाएको र नाइट्रोजन मल (युरिया) पनि हाल्न नपाएर कक्रिएको धानको गाँज भदौ निगल्दोको पछिल्लो वर्षाले फिरेपछि किसानलाई राहत मिलेको हो । भदौ अन्तिम साताको प्रारम्भसँगै महोत्तरीका सबैजसो भेगमा लगातार परिरहेको पानीले पहेँलिनै लागेका धानका बोट फिरेका छन् । दिनहुँजसो केहीबेर धानका जरा मजाले सिञ्चित गर्ने गरी मन्दमन्द भइरहेको वर्षाले बोट हरियो भएर हलक्क बढेको किसान बताउँछन् । महोत्तरीमा भदौ २२ यता दिनहुँजसो केहीबेर…
झापा, ३१ भदौ । दुई भिन्न घटनामा सुनसरी र उदयपुरमा एक–एक जनाको मृत्यु भएको छ । सुनसरीको देवानगंज गाउँपालिका–६ की १३ बर्षीया सुष्मा पासवानको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार बिहान साँढे ९ बजे आफ्नै खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षा संगै आएको चट्याङले लागेर घाईते भएकी बालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ । उता, उदयपुरको रौतामाई गाउँपालिका–७ की ६० बर्षीया तिलमाया पुलामी मगरको खोलाले बगाएर मृत्यु भएको छ । बुधवार राती ७ बजेको समयमा मुर्कुची बजारबाट घर फर्कदै गरेको अवस्थामा बाटोमा रहेको छौडिया खोला तर्ने क्रममा अचानक खोलाले…
झापा, ३१ भदौ । सरकारले सङ्कटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ । आगामी सात महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूनतम कुरा सुनिश्चित गरेर शैक्षिक सत्र समापन गर्ने र त्यसका आधारमा विद्यार्थीलाई कक्षोन्नति गर्ने योजना कार्यान्वयन गर्न सरकार अगाडि बढिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मङ्गलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा विद्यालय नखुले पनि विद्यार्थीको सिकाइ अवरुद्ध नहुने बताए । उनले अहिलेको शैक्षिक सत्र चैत महिनामा पूरा गर्नेगरी सरकार अगाडि बढेको जानकारी दिए । कक्षा कोठाको पठनपाठन अवरुद्ध भए पनि वैकल्पिक विधिलाई नै अबको मूलधारको शिक्षा मान्ने घोषणा…
झापा, ३१ भदौ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक सङ्कट बेहोरिरहेको बताएका छन् । उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका हुन् । परराष्ट्र मन्त्री ज्ञवालीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको थियो । प्रवक्ता ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुलेसँगै स्वास्थ्य जोखिम अझ बढ्न सक्नेतर्फ सचेत रहँदै भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न गराउन आह्वान गरे । उनले कोभिड–१९ सङ्क्रमणलाई हल्का रूपमा नलिन र हल्लाको पछि लागेर गम्भीर…
काठमाडौँ, ३१ भदौ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै व्यापारीले प्याजमा कालोबजारी सुरु गरेका छन् । सोमबारसम्म निरन्तर भारतबाट आइरहेको प्याज मंगलबार एक दिन मात्र नआउँदा व्यापारीले प्याजमा उपभोक्ताबाट मनपरी मूल्य लिई कालोबजारी गर्न थालेका छन् । सोमबार मात्र खुद्रा बजारमा प्रतिकेजी ५० देखि ६० रुपैयाँमा सहज रुपमा पाइने प्याज रातारात मूल्य बढाएर प्रतिकेजी ९० देखि १ सय रुपैयाँ लिन थालेका छन् । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारसँग बजारमा आलु, प्याजलगायतका बस्तुको भण्डारण नहुँदा व्यापारीले फाइदा लिएको बताए । आजको राजधानी दैनिकमा खबर छ ।
काठमाडौँ, ३१ भदौ । विद्युतसहितका सहयोगको नाममा आएको अमेरिकी कार्यक्रम एमसिसीबारे नेपाली बुझाई र अमेरिकी चासोबीच आकाश–जमिनको फरक पाइएको छ । नेपालका कतिपय ‘विज्ञ’ को दाबी छ, सम्झौताको ‘कमा र फुलस्टप’ पनि तलमाथि पार्न नपाइने अमेरिकी शर्त हो । तर, स्वयं उताका उच्चपदस्थ अधिकारीहरू नेपालका यस्ता चर्चा सुनेर जिल्लिएका छन् । प्रधानमन्त्रीसमेत भइसकेका नेकपा शीर्ष नेताहरू प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपालहरूसँग भेट्न गएका अमेरिकी राजदूत (यान्डी बेरीको कुरा सुनेपछि ती नेताहरू एमसिसी पक्षधर नेताहरूका कुरा जाली भएको निश्कर्षमा पुगेका हुन् । राजदूत (यान्डी पहिलाकाजस्ता लर्तरा हैनन्, सन् १९९३ देखि विदेश मन्त्रालयमा कूटनीतिज्ञको काम गर्दै आएका र सहायक विदेशमन्त्री समेत…
काठमाडौं, ३१ भदौ । अन्ततः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् । उच्चस्रोतले जनाएअनुसार, दुई जना व्यक्तिलाई कुनै हालतमा मन्त्रिपरिषद्मा नलैजाने र अर्का दुईलाई कुनै हालतमा नहटाउने उनको सोच छ । यसरी प्रधानमन्त्रीले अबको क्याबिनेटमा सामेल नगरिने भन्नुभएमध्येका एक उपाध्यक्ष वामदेव गौतम र अर्का प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । अर्कातिर, नहटाइनेमध्येका भनी रामबहादुर थापा (बादल) र ईश्वर पोखरेलको नाम सुनाइएको छ । तर, नहटाइने भनिएका यी दुई मन्त्रीका पोर्टफोलियो के हुन्छन्, त्योचाहिँ टुंगो छैन । त्यस्तै, मन्त्रीमध्ये सातदेखि १० जनासम्मलाई बिदा गर्न प्रधानमन्त्री तयार भएका छन् । हेरफेर गर्दा तीनजना राज्यमन्त्री…
भद्रपुर, ३० भदौ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) विर्तामोड नगर समितिले शिक्षक कर्मचारीलाई नियमित तलव उपलब्ध गराउन माग राख्दै नगर प्याब्सन तथा नगर शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाएको छ । पाँच महिनायता तलवविहिन भएका शिक्षक कर्मचारीप्रति जिम्मेवार हुन नसकेका विद्यालय सञ्चालकलाई अविलम्व तलव निकासा गर्न माग राख्दै नियामक नगर शिक्षा शाखालाई समेत ध्यानाकर्षण पत्र बुझाइएको हो । नगर समितिकी अध्यक्ष रमा ढुंगानाको नेतृत्वमा गएको टोलीले प्याब्सन, एन प्याब्सनको नाममा राज्यको प्रचलित नीति नियम विपरित नजान सुझाउँदै छिटोभन्दा छिटो शिक्षक कर्मचारीका माग सम्बोधन गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो । ध्यानाकर्षण पत्रमा यही अशोज १५ गतेभित्र तीन महिनाको तलव…
काठमाडौँ, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन– ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो । नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसंस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन–५ मा रोक लगाउने निर्देशन दिएको हो । केन्द्रमा भने कुनै रोक लगाइएको छैन । पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, जीवराज आश्रित, नरबहादुर कर्माचार्य, निर्मल…
धरान, ३० भदौ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१७ का ७० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । उनमा भदौ २८ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने मृतकमा उच्च रक्तचापसहित ज्वरो खोकी जस्ता समस्या रहेको थियो ।