झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० भदौ । भ्वाइस अफ गनगाई कम्युनिटीले एकाउन्ट सफ्टवेयर लन्च गरेको छ । कम्युनिष्टीका हरेक गतिविधिलाई पारदर्शी बनाउन एकाउन्ट सफट्वेयर लन्च गरिएको संस्थाका कोषाध्यक्ष दिपेन्द्रकुमार गणेशले जानकारी दिनुभयो । गनगाई समुदायको कुनै लिखित दस्तावेज नभएकाले झापा कचनकवलका युवाहरुले गनगाई एप्लिकेशन, यूट्युब च्यानल, गनगाई वेभसाइट, एमएमएस सिस्टम र एकाउन्ट सफ्टवेयर लन्च गरेका हुन् । ‘प्रविधिको युगमा प्रविधि मार्फत् नै आफ्नो समुदायलाई विश्वमाझ परिचित गराउन लागि परेका छौँ’, कोषाध्यक्ष गणेशले भन्नुभयो । आफ्नो जातीय पहिचान, धर्म–संस्कृति, परम्पराको संरक्षण गर्न झापा कचनकवल गाउँपालिका गनगाई (गणेश) समुदायले भ्वाइस अफ गनगाई कम्युनिटी कचनकवल समेत गठन गरेका छन् । विभिन्न सामाजिक गतिविधि, क्षमता विकासका लागि…

Read More

खोटाङ, ३० भदौ । नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो । भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बतासेको बदला लिनेगरी बृहत् कार्यक्रम गर्यो । खार्मीमा आयोजित कार्यक्रममा कांग्रेसका ८६ कार्यकर्तालाई नेकपाले पार्टी प्रवेश गरायो । नेकपा र कांग्रेसले बतासे र खार्मीमा आयोजना गरेको कार्यक्रमका तस्वीरहरु अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छाएका छन् । स्थानीय तहको निर्वाचनमा बतासेमा तत्कालीन नेकपा एमाले र खार्मीमा कांग्रेसका उम्मेदवारले जितेका थिए ।…

Read More

सिन्धुपाल्चोक, ३० भदौ । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई बगाएको थियो भने एक जना अहिलेसम्म बेपत्ता छन् । यस्तै असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्यायो । बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै…

Read More

बुद्धशान्ति, २९ भदौ । झापाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको पूर्वेली साप्ताहिक पत्रिकाले आफ्नो प्रकाशनको पाचौं बर्ष पूरा गरि छैटौं बर्षमा प्रवेश गरेको छ। बुद्धशान्ति मिडिया हाउस प्रालीद्वारा प्रकाशित पत्रिका बि। स।२०७१ सालमा बिधिवत रूपमा दर्ता भएको थियो । पूर्वेली प्रेस काउन्सिल नेपालद्वारा स्थानीय ‘ख’ श्रेणीको वर्गीकृत पत्रिका हो । झापा जिल्लाका विभिन्न स्थानीय तहमा तथा इलामका केही स्थानमा प्रत्यक्ष वितरण हुँदै आएको पत्रिकाका अध्यक्ष चन्द्र कोईरालाले बताएका छन् । प्रविधिको विकाससँगै पत्रिकाले अनलाइन समेत सुरु गरेको छ । अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको पत्रिकाका सम्पादक अनिल वाग्लेले बताएका छन् । जिल्लाको उत्तरी भेगमा सञ्चार…

Read More

भद्रपुर, २९ भदौ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको बैठकले शिक्षक कर्मचारीको माग सम्बोधन नभएसम्म नगर क्षेत्रमा विद्यालय सञ्चालन हुन नदिने निर्णय गरेको छ । नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले पटक पटक दिएको ध्यानाकर्ष पत्र, ज्ञापन पत्र, माग पत्र र अल्टिमेटम वारेमा विद्यालय सञ्चालकहरूले बेवास्ता गरेको ठहर गर्दै माग सम्बोधन नभएसम्म विद्यालय सञ्चालनको वातावरण तयार हुन नदिने निर्णय गरेको हो । बैठकले विद्यालय सञ्चालकहरूले प्याब्सन, एन प्याब्सनको नाममा राज्यको प्रचलित नीति नियम विपरित चलेको ठहर गर्दै कानुनी उपचारका लागि श्रम अदालत जाने निर्णय गरेको छ । सो निर्णय अनुसार शिक्षक कर्मचारीका प्रचलित कानुन अनुसारका…

Read More

तीर्थ सिग्देलएकपटक बहुचर्चित पुस्तक कणार्ली ब्लुज र फिरफिरेका लेखक बुद्धिसागरको अन्तरर्वार्ता पढेको थिएँ । उनले भनेका थिए, मानिसको नजरमा म बेरोजगार छु । हुनपनि हो, लेख्ने काम कुन पेशा हो वा व्यवसाय हो ? किटान भएको छैन l लेखकले अन्तरर्वार्ता दिँदा भन्ने गरेको सुनेको छु, म रहरले लेख्छु अथवा मनको शान्तिका लागि कलम चलाउने गरेको छु । के यस्तै हो त ? के लेखक अझेपनि बेरोजगार नै छन् त ?मेरो चौथो कृति बजारमा आएपछि अलिकति यस विषयमा चर्चा गर्न मन लाग्यो । एक दिन (समय कथा) नामक यात्रा निबन्धले नेपाली बजारमा स्थान पाउँदै गर्दा मैले यस अघिका तीनबटा किताबबारे फर्केर…

Read More

सिरहा, २९ भदौ । कोरोना सङ्क्रमणबाट सिरहामा आज थप एक महिलाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । लामो समयदेखि ज्वरो आइरहेका ती महिला जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमै पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख यादवले बताए । सिरहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने यो सँगै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

Read More

विराटनगर, २९ भदौ । प्रदेश १ मा सोमबार थप ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ५५, सुनसरीमा २४, झापामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो । मोरङको कटहरीमा २ महिला र १३ पुरुष, विराटनगरमा १ महिला र १३ पुरुष, बुढीगंगामा ५ महिला र ८ पुरुष, ग्रामथानमा २ महिला र ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला र १३ पुरुष, धरानमा २ महिला र २ पुरुष,…

Read More

बिर्तामोड, २९ भदौ । झापामा केही दिन यता कोरोना संक्रमणको दरमा कमी आएको छ । पछिल्लो तीन दिनमा तीन जनामा मात्र कोरोना देखिएको छ । शनिबार एक जना पनि कोरोना संक्रमित नभेटिएको झापामा आइतबार शिवसताक्षी नगरपालिकाका एक जना कोरोना संक्रमण भेटिएको थियो । आज कमल गाउँपालिकाका दुई जनामा मात्र कोरोना संक्रमण देखिएको छ । कमल–३ का एक महिला र एक पुरुषमा कोरोना देखिएको छ । उनीहरु स्थानीयबासी हुन् ।

Read More

झापा, २९ भदौ । बितेको २४ घण्टामा देशभर ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् । यससँगै कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ। उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमुक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ । बितेको २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर भएको छ । यस्तै पछिल्लो २४ घण्टामा…

Read More