झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

नागरिकको जीउधन तथा देशको सम्पत्तिसमेतको सुरक्षा गर्ने र कानुनी व्यवस्था र शान्ति सुरक्षा कायम गराउनका लागि जुनसुकै देशमा पनि पुलिसलाई जिम्मा दिइएको हुन्छ । यस्तो कार्यका लागि स्वभावतः पुलिसलाई हतियार चाहिन्छ । शान्ति सुरक्षा कमजोर भएका देशहरुमा पुलिसहरु हतियारले सुसज्जित भएर गस्तीमा निस्कन्छन् ता कि अपराधीहरु तर्सियुन् । तर यो दुनियाँमा यस्ता केही देशहरु पनि छन् जहाँ पुलिससँग हतियार हुँदैन । शान्ति सुरक्षमा खटिने अधिकांश पुलिसहरु निहत्था भएता पनि ती देशहरुको शान्ति सुरक्षाको अवस्था निकै उदाहरणीय रहँदै आएको छ । अधिकांश पुलिससँग हतियार नहुने दुनियाँका केही देश यी हुन् : १. आइसल्याण्ड : करिब ३ लाख जनसंख्या भएको युरोपेली मुलुक…

Read More

झापा, ७ भदौ । सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए । ‘धरानमा जाँच गराउँदा भेन्टिलेटर चाहिन्छ भन्यो’ अन्सारीले भने ‘धरानमा भेन्टिलेटर खाली थिएन, विराटनगरका अस्पतालले पनि छैन भनेपछि विर्तामोड पुर्‍याइयो । तर उपचार हुन पाएन ।’ धरानबाट एम्बुलेन्समा बिर्तामोड पुर्‍याइएका यादवको मुटुको भल्वमा ब्लक भएको देखिएपछि बीएण्डसीले सुविधासम्पन्न अस्पताल लैजान भन्यो । बीएण्डसीमा उपचार नहुने भएपछि फर्काउदै…

Read More

साउथका चर्चित अभिनेता चिरञ्जिवीले २२ अगस्ट अर्थात् आज आफ्नो ६५औं जन्मदिन मनाउँदैछन् । सन् १९७८ देखि अभिनयमा सक्रिय उनको आज पनि स्टारडममा कुनै कमी आएको छैन । उनको अभिनय र एक्सन गर्ने शैलीको दर्शकमाझ निकै चर्चा हुने गरेको छ । गएको वर्ष प्रदर्शनमा आएको उनी अभिनीत फिल्म ‘साय रा नरसिम्हा रेड्डी’ बक्सअफिसमा सफल भएको थियो । चिरञ्जिवीले १९७८ मा फिल्म ‘पुनाधिराल्लु’ बाट फिल्मी करिअर सुरु गरेका थिए । तर, फिल्म ‘मना पूरी पन्डावुलू’ बाट उनलाई सफलता मिलेको थियो । तेलुगूसँगै कन्नड र हिन्दी फिल्ममा पनि काम गरिसकेका उनले ९ पटक साउथको फिल्मफेयर अवार्ड आफ्नो पोल्टामा पारेका छन् । उनी भारतको…

Read More

काठमाडौँ, ७ भदौ । नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने भएको छ । सो खानीबाट फलामको उत्पादनबारे चीनमा भइरहेको परीक्षणले फलामको उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । चीनको छेन्दुस्थित चाइना भूगर्भ सर्भे सेन्टरमा भइरहेको ‘मेटलर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । विभागले फलामको औद्योगिक उत्पादनबारे परीक्षण गर्न गत वर्ष नै एक हजार तीन सय किलो फलामको धाउ ९कच्चा पदार्थ० चीन पठाएको थियो । उनले चीनको सेन्टरले फलाम उत्पादनबारे गरिएको सफल परीक्षणको भिडियो र…

Read More

इलाम, ७ भदौ । इलाममा समुदायमा कोरोना संक्रमण फैलिन थालेको छ। क्वारेन्टिनमा राखिएका व्यक्ति, सुरक्षा गण हुँदै समुदायस्तरमा कोरोना पुष्टि भएको हो। जिल्लाको सन्दकपुर गाउँपालिका–४, माबुका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। साउन तेस्रो साता यहाँका ५० जनाको पिसिआर परीक्षण गर्दा एक जनप्रतिनिधिसहित स्थानीय जलविद्युत आयोजनाका तीन कर्मचारीमा कोरोना देखिएको थियो। त्यसपछि २७ र पुनः १ सय २७ स्थानीयको स्वाब संकलन गरी पठाइएकामा शुक्रबार चार जनामा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ। संक्रमित हुनेमा यसअघि संक्रमित भएका जलविद्युतका कर्मचारीका परिवार र वडा ३ का अर्का युवक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए। इलामस्थित स्वास्थ्य कार्यालयले जिल्लामा कोरोना…

Read More

झापा, ७ भदौ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ एन्टिभाइरल औषधिको प्रयोग डेडिकेटेड अस्पतालमा सुरु गरिएको छ । अनुसन्धानकै क्रममा रहेको यो एन्टिभाइरल बिरामीको स्वीकृतिमा मात्र प्रयोग गरिनेछ । कोभिड–१९ सङ्क्रमितका लागि भारतमा प्रयोग थालिएको यो औषधि नेपाल ल्याउन अनुमति नहुँदा यसअघि पनि लुकिछिपी ल्याएर प्रयोग गरिएको थियो । औषधि व्यवस्था विभागले साउन ३१ मा सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादित ‘रेम्डेसिभिर’ आयात गर्न अनुमति दिएको थियो । यो औषधिको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘क्लिनिकल ट्रायल’का लागि अनुमति दिइसकेको छ । आयात अनुमति प्राप्त भएपछि नेपाली आयातकर्ताले शुक्रबार नै ‘रेम्डेसिभिर’ औषधि ल्याइसकेका छन् । औषधि व्यवस्था विभागका…

Read More

झापा, ७ भदौ । अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए । उहाँले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए । यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक–एक विषय ऐच्छिक गरी छवटा…

Read More

काठमाडौँ, ७ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । घटेन जोखिमनिषेधाज्ञा जारी गरे पनि काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । जनस्वास्थ्यविद्ले काठमाडौंँमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका…

Read More

विराटनगर, ६ भदौ । झापामा १६ जनासहित प्रदेश १ मा शनिबार १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ३७ महिला र ६५ पुरुष छन् । संक्रमितहरुमा मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलमा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष,…

Read More

भद्रपुर, ६ भदौ । झापाको भद्रपुर नगरपालिका वडा नं. ३ का ९० जना बढी व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस भद्रपुर ३ सूर्यनगर टोल समितिको आयोजनामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल त्यागेर ९० जना बढी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । टोल समितिका अध्यक्ष सम्सेर तामाङ मोक्तानको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर–३ अन्तर्गत सूर्य नगरका धिमालधुरा, बल्क नः १० हातिमारा, नयाँ बस्ती र भैसावारी क्षेत्रका गरी ९० जना युवाहरू पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई कांग्रेसका पूर्वमहामन्त्री कुष्णप्रसाद सिटौला, क्षेत्रीय सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जन लगायत वडा…

Read More