
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २७ भदौ । झापाको शिवसताक्षी नगरपालिका–८ का ३५ बर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे ३ बजेको समयमा घर छेउमै रहेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका शेर्मालाई उपचारको लागी दमकको लाईफ लाईन अस्पताल लगिएकोमा अस्पताल पुर्याचउना साथ मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
बुटवल, २७ भदौ । रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन्। ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर, परिवारका सदस्यले कोरोना लागेको छ भनेर जानकारी नै गराएनन्। ‘कोरोनाको बारेमा जानकारी दिएर भय सिर्जना गरेको भए हजुरआमाले चिन्ता लिन सक्नुहुन्थ्यो’, उनका एक नातिले भने, ‘त्यसले अरू जटिलता थपिन सक्थ्यो।’ यद्यपि, ती हजुरआमा घरका सदस्यलाई भनिरहन्छिन्, ‘मास्क लगाऊ, नत्र को¥यो (कोरोना) हुन्छ।’ उनी कोरोनालाई को¥यो भन्छिन्। कोरोना लागेपछि के हुन्छ भन्ने पत्तो छैन। न अहिले देखिएको त्रासकै बारेमा जानकारी छ। सुरुमा एक जना नातिमा कोरोना देखिएपछि ती…
बिर्तामोड, २७ भदौ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड सेवा केन्द्रले आज आफ्ना ११ जना सदस्य र तिनका परिवारलाई उपचार सहयोग हस्तान्तरण गरेको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेत र बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालको नेतृत्वमा अन्य कर्मचारी र बजार प्रतिनिधिहरु सम्मिलित टोलीले २६ सयदेखि १५ हजार रुपैयाँसम्म उपचार सहयोग हस्तान्तरण गरेको हो । सदस्य स्वयम्को, उसका श्रीमान् वा श्रीमतीको, बुवा वा आमाको, छोरा छोरीको उपचार गर्दा लागेको खर्च राहतस्वरुप प्रदान गर्ने संस्थाको सदस्य राहत नीतिमा उल्लेख छ । सिम्रिकका शेयर सदस्यले गर्ने नियमित कारोबार, शेयर लगानी, आवधिक बचत आदिका आधारमा सदस्य राहत प्रदान गर्ने…
काठमाडौं, २७ भदौ । महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ। ‘१४ औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त रूपमा उठाउँछौं’, केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘हिन्दू धर्म नेपालको राष्ट्रिय पहिचान हो। हाम्रो राष्ट्रियता हो। यसलाई स्वीकार गर्नेलाई पार्टीमा स्थापित गराउनु हाम्रो अभियान हुनेछ।’ संविधानमा रहेको धर्मनिरपेक्षताप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता खुमबहादुर खड्काले पार्टीभित्र र बाहिर हिन्दूराष्ट्रको पक्षमा बहस चलाएका थिए। तर, उनको निधनपछि उक्त मुद्दा पार्टीमा मलिन रूपमा उठे पनि त्यसले दबाब सिर्जना गर्न सकेन। खड्कानिकट केन्द्रीय सदस्य भण्डारीलगायत नेताले हिन्दूराष्ट्रका पक्षमा…
विराटनगर, २६ भदौ । विद्याभूमि स्कुल (बीभीएस+२) ले प्रदेश नं. १ मै पहिलो पटक यस शैक्षिक सत्रदेखि फेशन डिजाइनको कक्षा सुरु गरेको छ । प्लसटुका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले नयाँ कोर्षको उद्घाटन गर्दै फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी आर्टस्) र सेवा सत्कार व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) विषय यस वर्षदेखि थप गरिएको जानकारी दिनुभयो । विगत ४ वर्षदेखि होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिज्म अध्ययन गराउँदै आएको विद्यालयले यस वर्षदेखि पूर्वमै पहिलो पटक फेशन डिजाइन र कुलिनरी आर्टस् र हस्पिटालिटी म्यानेजमेन्ट थपेर होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बनाइएको उहाँको भनाइ छ । विद्यालयका प्राचार्य पराग ढुंगानाले यस वर्षदेखि…
झापा, २६ भदौ । आज देशभर हालसम्मकै धेरै १४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको पनि गौतमले बताए । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ। बितेको २४ घण्टामा ९७२ जना निको भएका छन् भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ। बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।
बिर्तामोड, २६ भदौ । झापाका तीन स्थानीय तहका १४ जनामा आज आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेचीनगर, बिर्तामोड र दमक नगरपालिकाका १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बिर्तामोडका स्थानीय एक महिला एक पुरुष, मेचीनगरका २ महिला र १ पुरुष र दमकमा ६ महिला र ३ पुरुषमा संक्रमण देखिएको हो । जिल्लामा शुक्रबारसम्ममा २२ हजार ८ सय १२ जनाको पिसिआर स्वाब संकलन गरिएको छ । जिल्लामा कूल संक्रमितको संख्या ७ सय २५ , उपचारपछि डिस्चार्ज ५ सय २५ र हिजोसम्म आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ सय ९७ रहेको छ भने मृत्यु हुनेको…
काठमाडौँ, २६ भदौ । कोरोना संक्रमणको संटकमा विद्यार्थीहरुको पठन पाठनलाई सुचारु राख्न सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । सो निर्देशिका अनुसार असोज १ देखि विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेर स्कूलको कक्षाकोठामा गरिने अध्यापनको विकल्पमा प्रविधिका साधान प्रयोग गरेर पठन पाठनलाई अघि बढाउने तयारी गरिएको छ । गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको सो निर्देशिकामा प्रविधिको आधारमा विद्यार्थीलाई ५ समूहमा वर्गिकरण गरिएको छ । जसमा सबै किसिमको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएको विद्यार्थी समूह, टेलिभिजनमा पहुँच भएको विद्यार्थी समूह, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह र इन्टरनेट तथा…
झापा, २६ भदौ । आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताइन् । “प्रदेश न १ र २ वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ”, मौसमविद् पोखरेलले भनिन् । वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुनेछ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ । आज काठमाडौँ…
काठमाडौँ, २६ भदौ । केन्द्रीय कारागारका ४ जना कैदीबन्दीलाई मृत्युपछि कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप चारजना कैदीबन्दीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले बताए । मृत्युपछि संक्रमण पुष्टि भएकाहरुमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष छन् । उनीहरुको वीर अस्पतालमा मृत्यु भएको थियो । ३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृत्यु भएको थियो ।