
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बाग्लुङ, २३ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताएका छन् । जनयुद्धका शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति दिवसमा यहाँ उनले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने बताए । “पार्टीमा अब विवाद छैन, स्थायी समिति बैठक पनि बस्दैछ, एकता सुदृढ बन्छ”, नेता पौडेलले भने, “शहीदका बलिदान खेर जान नदिन पार्टीलाई एकताबद्ध गर्नुको अर्को विकल्प छैन ।” गणतन्त्र स्थापनादेखि पछिल्लो राजनीतिक, सामाजिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानलाई कसैले पनि कम आँक्न नहुने उनको भनाइ छ । “कसैले हिजोको आन्दोलन र बलिदानलाई लिएर तुच्छ टिप्पणी गरेको हामी पाउँछौँ,…
झापा, २३ भदौ । बितेको २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ। त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन् । यस्तै आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको छ । यसैगरी पछिल्लो…
झापा, २३ भदौ । सन्तानलाई गरिने माया र सन्तानले आमाबुवासँग गर्ने भरोसा सबैभन्दा ठूलो सत्य हो । यही सत्यमा जीवन चलेको हुन्छ । जब सन्तान जन्मन्छ तब सन्तान सुखले परिवारमा खुसी ल्याउँछ । सन्तानलाई बुढ्यौलीको सहारा ‘लौरो’ भनिन्छ । तर केहिको जिवनमा भने यस कुराले मेल खाइरहेको छैन । बैतडीका महेश अवस्थीले आप्mना दुईमहिने छोरालाई कलेजो दान गर्नुपरेको छ । आफ्ना दुईमहिने छोरालाई कलेजो दान गर्ने बैतडीका महेश अवस्थीको जीवनमा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ। छोरा शिवांश अवस्थीलाई भारतको चेन्नईस्थित डा. रेला अस्पतालमा लगेर आफ्नो कलेजो प्रत्यारोपण गराई बचाउने बाबुको वास्तविक कथामा म्युजिक भिडियो बनाइएको हो । संगीतकार कमला…
भद्रपुर, २३ भदौ । दुई वर्षयता स्तरीकरणको काम अलपत्र परेपछि भद्रपुर–१० चाँदनी टोलको सडक हिँड्न नसकिने भएको स्थानीयको दुखेसो छ । पटक–पटक नगर सरकारसित गिटी बालुवा लगाइदिन गरिएको अनुरोध नसुनिएपछि पानी पर्दा खोला जस्तै सडकमा पानी बग्ने गर्दा सास्ती सहनु परेको पीडितहरूको गुनासो आएको हो । स्थानीय किशोर पौडेलका अनुसार सो सडक स्तरीकरणका लागि दुई वर्षयता गरिएको प्रयास सरकारी पक्षले अस्वीकार गरेकै कारण हिलोले सडक हिड्न नसकिने अवस्था निर्माण भएको हो । सो सडकमा पानी निकासका लागि व्यवस्थित नाली समेत नहुँदा वर्षादको पानी सडकमै जम्ने अवस्था आएको त्यहाँका बासिन्दाको भनाइ छ ।
झापा, २३ भदौ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेका हुन् । “लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछौँ”, अध्यक्ष कटुवालले भने । महासङ्घले एक वर्षदेखि…
सोलु, २३ भदौ । सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थान स्थितमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन । हिजो दिउँसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछि मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछि राती पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण–११ स्थितमा रहेको एक होटलबाट उनले चोरी गरी लगेको मुर्ती सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको…
झापा, २३ भदौ । पूर्व-पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माणको ठेक्का तोडिएको छ । रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै असार १३ र १७ गते आह्वान गरिएको ठेक्काको सबै प्रक्रिया तोडेको जनाएको हो । विभागले ठेक्काको क्लज नम्बर ३७.१ को सेक्सन १ बमोजिम ठेक्का प्रक्रिया रद्द गरेको जनाएको छ । रेलमार्ग निर्माण परियोजनाका लागि निर्माण स्थलको धरातल तय नभइ सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली विपरीत खुला प्रतिष्पर्धा नगराइ केही निश्चित ठेकेदार कम्पनीलाई पोस्ने गरी ठेक्का दिन लागिएको भन्दै आलोचना भएको थियो । त्यस्तै, रेलमार्गमा पर्ने बजार क्षेत्रको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपयोग गरेको जग्गाको मुअब्जा वितरण समेत नगरी निर्माणको…
बैतडी, २३ भदौ । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । सिगासको एक विद्यालयमा कक्षा–८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको हो । केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनै जनाले ती छात्रामाथि पटक–पटक बलात्कार…
झापा, २३ भदौ । शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ । सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड नियन्त्रण, प्राकृतिक विपत्ति तथा दुर्घटनामा ‘रेस्क्यु’का लागि तत्कालै पुग्नुपर्ने प्रहरीमाथि अन्य सुरक्षा संगठनमा भन्दा बढी जोखिम देखिएको छ । अझै काठमाडौं उपत्यकामा खटिएका प्रहरीमा अन्यत्रको भन्दा संक्रमणको जोखिम धेरै देखिँदै आएको छ । गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ यात्राको भीड नियन्त्रणका क्रममा खटिएका १८ प्रहरीमा भोलिपल्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन प्रहरीले पुल्चोकबाट पक्राउ गरेका १७ जनामध्ये ६ जनामा सोमबार संक्रमण…
काठमाडौं, २३ भदौ । सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनीले कारबाही गर्दा नै ती कम्पनीलाई कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया थालिने बताएको थियो । कानुनअनुसार कालोसूचीमा राखिएका कम्पनीले भविष्यमा कुनै पनि काम गर्न सक्दैनन् । त्यसैले कम्पनी सञ्चालकहरू प्रक्रिया लम्बाएर कालोसूचीमा राख्नका लागि रोक्ने खेलमा लागेको पाइएको छ । यसमा उनीहरूलाई सत्तारूढ दल नेकपा र प्रमुख विपक्षी कांग्रेसका उच्च तहका नेताहरूको साथ रहेको स्रोतको दाबी छ । ठेक्का रद्ध भएका कम्पनीमध्ये सैलुङ इन्टरप्राइजेजका मालिक शारदाप्रसाद अधिकारी हुन् भने होनिको कम्पनीका ठेकेदार हुमनाथ कोइराला हुन्…