झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएको प्रदेश–३ प्रहरी कार्यालयका डिआईजी बसन्त लामाले बताए । हालसम्म एकजनाको शव फेला परेको छ । घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको छ । माथिबाट आएको पहिरोले घर बगाएका घर भोटेकोशीमा मिसिएको छ । घट्नास्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्दै छन् । नागपुजेभन्दा माथि भीरखर्कमा पनि घर बगाएको प्रारम्भिक सूचना आएको डिआईजी लामाले बताए । ‘भिरखर्कमा पनि प्रहरी पुग्दै छ’ डिआईजी लामाले भने– ‘क्षतिको यकिन विवरण आउन बाँकी छ ।’ यता, बाह्रबिसे नगरपालिकाकी उपमेर सुशीला पाख्रिनका अनुसार…

Read More

कलाकार देवीराम पराजुली (भोकलाग्य) लाई कोरोना पोजेटिभ भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’ उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । पराजुलीले थुप्रै टेलिसियल तथ फिल्ममा अभिनय गरेका छन्

Read More

काठमाडौँ, २७ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत् विकास गरी विश्वकै शान्तिग्राम बनाउने गरी काम भइरहेको बताएका छन् । यसलाई संसारकै आस्था र शान्ति केन्द्रको रुपमा विकास गर्न सरकारले प्राथमिकताका साथ काम अगाडि बढाएको मन्त्री भट्टराईले बताए । समग्र रुपन्देहीको पर्यटन विकास तथा निर्माणधीन आयोजनाको स्थलगत निरिक्षणमा आएका मन्त्री भट्टराईले मायादेवी मन्दिरको दर्शन गर्नुका साथै निर्माणाधीन पाँच हजार मानिस अट्ने अन्तराष्ट्रिय सम्मेलन केन्द्र र रोयल थाइ विहार, चीन, म्यानमार लगायतका विहारहरुको अवलोकन गरेका छन् । दर्शनपछि लुम्बिनीको निरीक्षण गर्दै मन्त्री भट्टराईले केन्जो टाँगेले बनाएको लुम्बिनी विकास कोषको गुरुयोजनाको बाँकी काम अबको साढे २ वर्षमा…

Read More

काठमाडौँ, २७ भदौ । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिनुभयो । उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ । आजसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सिराहामा देखिएको छ । त्यहाँ ११० जनामा परीक्षण गर्दा ८६ मा पोजिटिभ रहेको र त्यसमध्ये…

Read More

झापा, २७ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा १२०१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै हालसम्म ५३ हजार १२० संक्रमितको संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शनिबारको नियमित प्रेस व्रिफिङमा १२०१ संक्रमित थपिएको जानकारी दिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ । यसतै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

Read More

बिर्तामोड, २७ भदौ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि। नवौँ वर्षमा प्रवेश गरेको छ । २०६९ भदौ २५ मा बचत तथा ऋण सहकारी संस्थाको रुपमा ‘शिक्षा’ डिभिजन सहकारी कार्यालय झापामा दर्ता भएको थियो । संस्थाले बिहीवार आठौँ वर्ष पूरा गरेको हो । २०७२ चैत ३० गते बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा रुपान्तरण भएपछि संस्थाले उद्येश्य अनुकुल आफ्नो दीर्घकालिन योजना कार्यान्वयनका लागि प्रयास गरिरहेको जनाएकोछ । संस्थाले बिर्तामोड–२ मा १० कठ्ठा जग्गा खरिद गरेको र सहकारी विद्यालय सञ्चालनको संस्थागत अवधारणा अनुसार प्रक्रिया अघि बढेको जनाएको हो । ‘बिर्तामोड–१ मा मण्टेश्वरी अवधारणामा आधारित ‘शिक्षा शिकोप निकेतन’ सञ्चालनको तयारीमा रहेको छ । यी सबै…

Read More

बिर्तामोड, २७ भदौ । झापाको बिर्तामोड बगरपालिका–३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–३ मा गोपाल गौतमले सञ्चालन गरेको गोपाल एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोवार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा शुक्रवार दिउँसो ४ बजे ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटबाट २२ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो । लागुऔषध ब्राउनसुगर बरामद भएसंगै एग्रोभेट संचालक ३० बर्षीय गोपाल गौतमलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Read More

मोरङ, २७ भदौ । मोरङको दुई स्थानबाट नियन्त्रित लागुऔषध गाँजा र ट्याब्लेट सहित चार जना पक्राउ परेका छन् । शुक्रवार अपरान्ह ५ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रित लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी–१० गैह्रीगाउँमा पैदल हिँडिरहेका धरान–१५ का १९ वर्षीय अजय तामाङ, २२ वर्षीय च्यामन राई र लेटाङ नगरपालिका–७ का १८ वर्षीय रोहन तामाङलाई चेकजाँच गर्दा निजहरुको साथबाट एक केजी गाँजा बरामद भएको थियो । त्यसैगरी इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्याब्लेटसहित एक भारतीय नागरीकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो ४ बजे भारत पिप्राहा बिष्णुपुर…

Read More

काठमाडौं, २७ भदौ । लकडाउन तथा निषेधाज्ञासँगै अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेको छ । झन्डै ६ महिनादेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लागेका कारण ११ लाख श्रमिक ३ लाख ६० व्यवसायीसँग प्रत्यक्ष आश्रित ४५ लाखभन्दा बढीको जीवन संकटमा परेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजुदर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई भेटेर ‘अब सार्वजनिक यातायात बन्द गरेर बस्न नसकिने’ भन्दै ‘असोज १ गतेदेखि चलाउने अनुमति नपाए एकलौटी सञ्चालन गर्ने’ चेतावनी दिएका छन् । चारै संगठन अध्यक्षले मन्त्री…

Read More

काठमाडौं, २७ भदौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ । कम्पनीको चामल खरिद गर्ने क्रममा उच्च पदस्थ कर्मचारीले व्यापारीसँग कमिसन खाने लोभमा पुराना कर्मचारी हटाएर आफू अनुकूलका कर्मचारीलाई खरिदको जिम्मेवारी दिन थालेका छन् । आफ्नो इसारामा काम नगर्ने कर्मचारीलाई कार्यालयबाट हटाएर आफ्नो इसारामा काम गर्ने कर्मचारी ल्याउन थालिएको छ । यस कार्यको चाँजोपाँजो कम्पनीका नायब महाप्रबन्धक मोतीराज ज्ञवालीले गर्ने गरेको कम्पनीका एक अधिकारीले बताए । कम्पनीका अनुसार महाप्रबन्धक ज्ञवालीले चामल खरिद गर्दा सेटिङ मिलाउनकै लागि…

Read More