झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

वासिङ्टन, २६ भदौ । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सो विश्वविद्यालयका अनुसार यस भाइरसबाट नौ लाख ७९ जनाको निधन भएको देखाइएको छ । साथै यस भाइरसबाट संक्रमित हुनेहरु २ करोड ७६ लाख ९५ हजार १३० पुगेको पनि सो विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा देखाइएको छ । त्यस्तै उक्त तथ्यांकअनुसार यस भाइरसबाट १ करोड ८६ लाख ६० हजार ४७४ जना संक्रमण मुक्त भएका…

Read More

चितवन, २६ भदौ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक बिरामीलाई दिइसकिएको छ । बाँकी ‘ओ’ र अर्को ‘बी’ रक्तसमूहको दुई प्लाज्मालाई तयारी अवस्थामा राखिएको छ । यसअघि दिइएको दुई युनिट प्लाज्मा ‘बी’ समूहको थियो । मानिसको शरीरमा ‘ए’, ‘बी’, ‘ओ’ र ‘एबी’ समूहको रगत चढाइन्छ । पौडेलले चारवटै रक्तसमूहको कम्तीमा पाँच युनिटका दरले प्लाज्मा तयार गरी बैंकको रूपमा राख्न लागिएको जानकारी दिए । यसका लागि केन्द्रले प्रक्रिया…

Read More

काठमाडौं, २६ भदौ । विश्व बैंकले पछिल्लो एक दशकमा नेपालमा ४० लाख जनशक्तिका लागि रोजगारी सिर्जना भएको रिपोर्ट सार्वजनिक गरेको छ । ‘नेपाल जब डाइग्नोष्टिक रिपोर्ट’मा विश्व बैंकले कृषिबाट ठुलो जनशक्ति विस्तारै अन्य क्षेत्रतर्फ आकर्षित हुँदै गएको जनाएको छ । कृषि बाहेक अन्य क्षेत्रको आकर्षणले नै नेपालको ठूलो जनशक्तिमा रोजगार सृजना गराएको रिपोर्टमा उल्लेख छ । तर गुणस्तरीय काम भने पाउन नसकेको उल्लेख गरिएको छ । त्यसमाथि पनि महिलाहरुले श्रमको उचित ज्याला पाउन नसकेको रिपोर्टमा उल्लेख छ । पछिल्लो समय वैदेशिक रोजगारमा जानेहरु उल्लेख्य बढेका छन् । त्यस्तै निर्माण क्षेत्रमा ठुलो संख्यामा पुरुषहरुले काम गर्न थालेका छन् । धेरैजसो मानिसहरु…

Read More

सुरुङ्गा, २६ भदौ । झापालाई विविध कृषि उत्पादनको उर्वराभूमि मानिन्छ । ‘अन्न भण्डार’का रुपमासमेत चिनिएको झापाको एक लाख ५९ हजार ९०२ हेक्टर कूल क्षेत्रफलमध्ये ९० हजार हेक्टर क्षेत्रफलमा खाद्यान्न, तरकारी तथा नगदेबाली लगाइएको सरकारी तथ्याङ्क छ । तर, व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या भने न्यून छ । अझैपनि झापाका अधिकांश किसान परम्परागत खेतीमै निर्भर हुँदा सोचे अनुसारको प्रतिफल किसानले लिन नसकेको जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । व्यावसायिक र आधुनिक खेती गर्ने किसानले सोचेभन्दा राम्रो प्रतिफल लिइरहेको बाह्रदशी गाउँपालिकाका कृषि शाखा प्रमुख देवनारायण यादवले बताउनुभयो । गाउँपालिका– ७ डाडाँगाउँको मदन कृषि फार्म गाउँपालिकाकै नमूना भएको यादवले बताउनुभयो ।…

Read More

अर्जुनधारा, २६ भदौ । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्ट (पानी शुद्धिकरण गर्ने मेसिन) शिलान्यास गरिएको छ । विद्यालयका विद्यार्थी र आसपासका स्थानीयबासीमा शुद्ध पानीको पहुँच पु¥याउने उद्देश्यले वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न लागिएको हो । उक्त प्लान्टको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको छ । गैर सरकारी संस्था वर्क फर नेपालको ६ लाख रुपैयाँको लागतमा प्लान्ट निर्माण हुन लागेको हो । प्लान्ट निर्माण सम्पन्न भएपछि विद्यालयका करिब पाँच सय विद्यार्थी र आसपासका स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुने वर्क फर नेपालका उपाध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा अर्जुनधारा–१० नम्बर वडाध्यक्ष बलदेव गोम्देन, ९…

Read More

उदयपुर, २६ भदौ । उदयपुरको चौदण्डीगडी नगरपालिका–५ की ६१ बर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ८ बजेको समयमा आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने मोटर संचालन गर्ने क्रममा उक्त मोटरमा जडान गरिएको तारबाट अचानक करेन्ट लाग्दा चौधरीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Read More

ज्ञानमणि भूर्तेल‘राम राम मन्त्री मालिक !!’बीपी बाटिकाको कांग्रेस पोखरी डिलमा टोलाई रहनुभएका उहाँ झसङ्ग हुनु भो ! पुलुक्क हेर्नु भो र मधुरो स्वरमा बोल्नु भो– ‘के छ उत्तम ? आइज बस् !!’ छेउमा बस्यो उत्तम ! उत्तम रिक्सावाला ! मूल घर बिहार भए तापनि अहिले नेपाली नागरिक ! त्यो पनि बंशजको !! पेशाले रिक्साचालक भए पनि उहाँको प्रियपात्र !!! बमबम चोकको रैथाने !!!! निकै अघि एकपटक मन्त्री हुनुभएकोले उत्तम जस्ताले मन्त्री मालिक भनेर गरेको सम्बोधन उहाँलाई प्रिय लाग्छ !! यस्तो सम्बोधन गर्नेलाई विशेष महत्व पनि दिनुहुन्छ । अरुलाई त्यो महत्व प्राप्त हुन्न !! उहाँ… अर्थात् हाम्रो डफेदार !!! ‘मन्त्री मालिक…

Read More

काठमाडौं, २६ भदौ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेका कैदीबन्दीलाई छोड्न आदेश दिएको छ । त्यसका लागि माफी मिनाहाको सुविधा उपलब्ध गराउन परमादेश जारी गरेको छ । सर्वोच्चको फैसलामा महामारीमा कैदीबन्दीको ज्यान जोगाउने हिसाबले निर्णय गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । जसमा केही अपराधमा कैदीको कैद मिनाहा गर्न सकिने जनाएको छ । आदेशमा भनिएको छ, ‘वर्तमान कानुन लागू हुनुअघि नकारात्मक सूचीमा नरहेका कसुरहरूको हकमा साबिकका कसुरदारहरूलाई माफी मिनाहाको सुविधा उपलब्ध गराउनू भनी कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयका नाममा परमादेश जारी गरिएको छ ।’ जन्मकैदको सजाय भएको, बलात्कार, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसारपसार, अपहरण, सम्पत्ति शुद्धीकरण जस्ता अपराधलाई नकारात्मक सूचीमा राखिएको…

Read More

झापा, २६ भदौ । सरकारले खाडी तथा मलेसियाबाट दिनमा चार हजारसम्म नेपाली श्रमिकलाई ल्याउने भएको छ । रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीले प्रवासी भूमिमा सरकारविरुद्ध नारा लगाउन थालेपछि बिहीबार उडान संख्या थप गर्न अनुमति दिइएको हो । यसअघि सरकारले दिनमा ८ सय जना मात्रै कोटा तोकेको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच भएको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री पोखरेलबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने समझदारी भएको छ । नयाँ नीतिलाई बिहीबारबाटै कार्यान्वयनमा ल्याएको बताए । तत्कालका लागि पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्रै विमानले…

Read More

काठमाडौँ, २६ भदौ । बाढीपहिरोले बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ। बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ। बाढीले बगाएकाहरू कतिपय बाढीमै बिलाएका छन्। पहिरोले पुरिएकाहरू पहिरोभित्रै हराएका छन्। यसले गर्दा परिवारका सदस्यलाई पीडा हुने गरेको छ। आफन्तले मृतकसरह मानेर काजकिरिया गरे पनि आउने आशा भने मार्न छाड्दैनन्। २०६८ सालयता बाढीपहिरोमा परी ८ सय २८ जना बेपत्ता भएका छन्। सबैभन्दा बढी २०७१ सालमा २ सय ६९ जना बेपत्ता भएका थिए। २०७० मा १ सय ६४, २०६८ मा १ सय २९ जना हराएको गृह मन्त्रालयको तथ्यांक छ। मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीका अनुसार…

Read More