
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २६ भदौ । सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफलपश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय भएको हो । आन्तरिक उडान पनि खोलिनेबिहीबार नै आयोजित एक भर्चुअल कार्यक्रममा मन्त्री भट्टराईले आन्तरिकतर्फको नियमित उडान सञ्चालनको तयारी पनि भइरहेको जानकारी दिए । जसका लागि बिहीबार नै आफूले सीसीएमसी सचिवालयमा…
काठमाडौंँ, २६ भदौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीको शैक्षिक सत्रलाई सदुपयोग गर्ने वैकल्पिक विधिको पठनपाठनलाई औपचारिक रूपमा मान्यता दिएको छ । शिक्षण सिकाइ कार्यलाई निरन्तर, प्रभावकारी र व्यवस्थित गर्ने तथा दूर र खुला शिक्षा लगायतका प्रणालीलाई तत्काल सिकाइ सहजीकरणको प्रणालीका लागि मान्यता दिन ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७’ जारी गर्ने निर्णय गरेसँगै निजी विद्यालयले स्थानीय तहको स्वीकृतिमा शुल्क उठाउन पाउने छन् । यसअघि मन्त्रालयले नै शुल्क उठाउन रोकेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले नियमित भौतिक कक्षा सञ्चालन हुन नसकेको अवस्थामा वैकल्पिक विधिलाई नै सिकाइको मूलधार मान्न निर्देशिकाले मान्यता दिएको जानकारी…
काठमाडौँ, २६ भदौ । यस वर्षको मनसुन अवधिमा हालसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ८५ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोका ५ सय ७ घटनाको मुख्य कारण नै अव्यवस्थित रुपमा निर्माण गरिएका ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोको मुख्य कारण भएको भूगर्भविद्ले बताएका छन् । यस वर्षको मनसुन गत १२ जुनमा भित्रिएलगत्तै मुलुकभर सक्रिय भएको वर्षाले ठूलो मात्रामा जनधनको क्षति गरेको छ । गृह मन्त्रालयले आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यस वर्षको मनसुन अवधिमा पहिरोबाट २ सय ४९ र बाढीबाट ३६ जनाको ज्यान गएको छ । आजको राजधानी दैनिकमा…
काठमाडौं, २६ भदौ । नेकपामा पार्टीका दुई अध्यक्षले स्थायी समिति बैठकमा पेस गर्ने साझा प्रस्तावमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने भएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्नेलगायत विषयमा साझा प्रस्ताव तयार पारेका छन्। यस्तै कतिपय वैचारिक राजनीतिक पक्षका विवादलाई एकता महाधिवेशनमा लगेर टुंगो लगाउने समझदारीका साथ साझा प्रस्ताव तयार पारेपछि नेता नेपालले प्रस्तावमाथि आलोचनात्मक टिप्पणी गर्ने भएका हुन्। उनले पार्टी एकताको ५ महिनायता निरन्तर उठाउँदै आएको पार्टी विद्यमानको धारा ४६ ९क०मा उल्लिखित व्यवस्थाअनुसार…
विराटनगर, २५ भदौ । संकट र विवादको भुमरीमा परेको विराटनगर जुटमिलमा कार्यरत ६ जना सुरक्षा गार्डले विगत ४ वर्षदेखि तलब नपाएको सेक्युरिटी कम्पनीले जनाएको छ । अर्जुनदृष्टि सेक्युरिटी सर्भिसेज प्रा.लि.का ६ सुरक्षा गार्डको १९ लाख ५६ हजार रुपैयाँ तलब दिन बाँकी रहेको हो । ०७१ सालदेखि सुरक्षा प्रदान गर्दै आएको उक्त सेक्युरिटी कम्पनीले आउँदो असोज १ गतेदेखि सुरक्षा गार्डको बाँकी तलब भुक्तानी नगरे सेक्युरिटी गार्ड हटाउने भन्दै जुटमिललाई पत्राचार समेत गरेको छ । ‘जुटमिलमा हामीले २०७१ सालदेखि सुरक्षा गार्ड उपलब्ध गराउँदै आएका हौं,’ सेक्युरिटी कम्पनीका प्रमुख व्यवस्थापक तिर्थराज घिमिरेले भन्नुभयो, ‘०७३ सालदेखि १ रुपैयाँ पनि गार्डले तलब पाएका छैनन्, बाँकी…
बिर्तामोड, २५ भदौ । झापामा आज ६ वर्षीयसहित १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका पाँच स्थानीय तह शिवसताक्षी–६ मा २ महिला र ३ पुरुष गरी ५ जना, कमल–६ मा २ पुरुष, बाह्रदशी–५ मा २ पुरुष, भद्रपुरमा २ पुरुष र दमक–१० मा भारतबाट आएका एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुरका संक्रमित भारतबाट आएका हुन् । उनीहरुमध्ये १ जनाको ठेगाना हेटौँडा हो भने अर्का मुगु हो । कुल संक्रमित मध्ये ३ जना भारतबाट आएका हुन् भने बाँकी स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बाह्रदशीमा भेटिएका कोरोना संक्रमित एक जना कनकाई ठेगाना भएको…
काठमाडौं, २५ भदौ । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । नेपालमा कुल संक्रमितको संख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् । यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८…
काठमाडौँ, २५ भदौ । भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन ९५ हजार सात सय ३५ जनामा सङ्क्रमण देखिएको हो । भारतमा एकैदिन सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । कोभिड–१९ सङ्क्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा एक हजार एक सय ७२ जनाको ज्यान गएको छ । अब भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४४ लाख ६५ हजार पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘भारतमा अहिले नौ लाख १९ हजार १८ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ३४ लाख ७१ हजार सात सय ८४ जना सङ्क्रमित…
भद्रपुर, २५ भदौ । भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका बालकको परिवारलाई भदौ मसान्तभित्र नगरपालिकाले राहत दिने भएको छ। गत साउन ७ गते सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षीय छोरा अङ्कुश तामाङ, बिर्तामोड नगरपालिका ९ हाल भद्रपुर मावाला बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो । ३५ दिनभित्र राहत दिने पाँच बुँदे सहमतिअनुसार नै भद्रपुर नगरपालिकामा पुनः भदौ १७ गते पीडित पक्ष, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भएको थियो। सोही छलफलमा चारबुँदे सहमति गर्दै दुई चरणमा राहत…
कनकाई, २५ भदौ । झापाको कनकाई नगरपालिका–४ मा रहेको कोटीहोममा स्थापना गरिएको पिसिआर ल्याव सञ्चालनमा आएको छ । सहारा नेपाल लगायातका यहाँका संघ–संस्थाले चन्दा सहयोग उठाएर सञ्चालनको तयारी गरिसक्दा पनि अन्तिममा सरकारी मान्यता नपाउँदा ल्याव सुरु हुन पाएको थिएन । हाल कनकाई नगरपालिकाले कर्मचारी खर्च व्यहोर्ने गरी प्रादेशिक अस्पताल भद्रपुरको मातहतमा रहने गरी ल्याब सञ्चालनमा आएको हो । हालसम्म २ सय जनाको स्वांव संकलन गरी चेक गरिएको ल्याव संचालन समितिले जनाएको छ । ती सबै स्वाब कनकाई नगरपालिकाको हो । तर, पोजेटिभ केश आएको खण्डमा त्यसलाई क्रस चेक गर्न पुनः प्रदेश ल्याब विराटनगरमा लैजानुपर्ने हुन्छ । त्यसकारण सो ल्याबको नतिजा…