
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, २४ भदौ । झापाको कनकाई नगरपालिकाका एकै परिवारका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कनकाई–३ का एक परिवारका ११ जना सबै सदस्य कोरोना संक्रमण पुष्टि भएको कनकाई नगरपालिका कोरोना सूचना तथा सञ्चार समितिका सदस्य लक्ष्मी अधिकारीले बताए । उक्त घरमा १४ वर्षको नातीदेखि ८४ बर्षकी हजुर–आमासम्मलाई कोरोना पुष्टि भएको छ । घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले घरमै खाद्यान्न र अस्पतालमा रहेका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । उक्त घरमा मात्रै नभएर कनकाई–३ को गाउँमा नै कोरोना संक्रमण फैलिएको छ । कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिसकेको छ । पछिल्लो दुई चरणमा संकलन…
सिराहा, २५ भदौ । सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार बुधबार आएको कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि गरेको हो । कार्यालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा कारागारका ५९ जना कैदीबन्दीमध्ये सबै पुरुष रहेको छ चोहर्वास्थित शेरगन नेपाली सेनाका सातजना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरू २० देखि ५८ वर्ष उमेर समूहका ६५ पुरुष र एक महिला रहेको स्वास्थ्य…
भद्रपुर, २४ भदौ । वीपी कोइरालाको १०७ औं जन्म जयन्तिको अवसर पारेर नेपाल विद्यार्थी संघ भद्रपुर नगर समितिले दीप प्रज्वलन गरेको छ । संघका नगर सभापति सन्तोषजंग थापाको सभापतित्व तथा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेलको प्रमुख आतिथ्यमा भद्रपुरको सगरमाथा चौकमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस झापा जिल्ला सदस्य विजय रिजाल, लता कार्की, क्षेत्रीय समितिका पदाधिकारी, नगर समितिका पदाधिकारी लगायत नेपाल विद्यार्थी संघ नगर समितिका विद्याथी नेताहरूको सहभागिता रहेको थियो ।
बिर्तामोड, २५ भदौ । देशभरि कोरोना संक्रमित बढ्दै गएको बेला झापामा जनस्तरमा रकम संकलन गरी स्थापना गरिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार रुपैयाँ सहयोग गरेको छ । नेपालमा लकडाउन शुरु भएपछि जिल्लामा संकटमा परेकाहरुलाई राहत पुर्याउन सञ्चालन गरिएको एकका लागि एक अभियानको अगुवाइमा जनस्तरबाट पहिलो पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनको तयारी गरिएको थियो । सबै क्षेत्रबाट स्वतःस्फूर्त रुपमा सहयोग प्राप्त भएपछि कनकाई नगरपालिकाको समर्पण भवनमा प्रयोगशाला स्थापना गरिएकोमा प्रक्रिया पुर्याएर चाँडै सञ्चालनमा ल्याइने अभियानका सह संयोजक विनोद वस्नेतले जानकारी दिएका छन् । शिक्षा सहकारीले आफ्नो प्रतिबद्धता अनुरुप ५१ हजार रुपैयाँको चेक बुधबार अभियानका सहसंयोजक वस्नेत…
काठमाडौं, २५ भदौ । भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको स्वतन्त्रता दिवसको अवसर पारेर १५ अगस्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएसँगै संवादहीनता तोडिएको थियो । सीमाको विषयलाई लिएर झन्डै ८ महिना दुई देशबीच संवाद नै नभएको अवस्था थियो । गत वर्ष १६ कात्तिकमा कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै विवाद बढेको थियो । त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभागलाई समेटेर गत ७…
काठमाडौं, २५ भदौ । आधा कार्यकाल वित्दा पनि सत्तासीन नेकपाको संसदीय बोर्ड गठन र दलको सचिव नियुक्ति हुन सकेको छैन। संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरिक्षवेण गर्न र सांसदलाई क्रियाशिल बनाउन नेकपाले विधानमै २३ सदस्यीय बोर्डको व्यवस्था गरेको छ। तत्कालीन एमाले र माओवादी केन्दबीच पार्टी एकतापछि बनेको संसदीय दलको विधानमा संसदीय बोर्ड, सचिव, संसदीय समिति र प्रदेश समन्वय समितिको व्यवस्था गरिएको छ। तर यी कुनै पनि संरचना गठन नहुंदा संसदीय कामकारवाहीमा नेकपाका सांसदहरुमा एकरुपता पाइदैन । विधेयक र अन्य नितिगत छलफलमा नेकपाका सांसदहरु पूर्व एमाले र पूर्व माओवादी कित्तामा बांडिएर धारणा राख्ने गरेका छन। यसअघि राज्य व्यवस्था समिति र लेखा…
काठमाडौं, २५ भदौ । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा अघि सारिएको बताए। संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा थेरापी वरदान सावित भएको संघले जनाएको छ। एक पिन्ट प्लाज्माबाट हजारौंलाई जोगाउन सकिने चिकित्सक बताउँछन्। ‘कोरोना संक्रमितका साथै अन्य व्यक्तिमा त्रास फैलँदै गएकोेले मनोबल बढाउन पनि यो अभियान अघि सारिएको हो’, डा। कार्कीले भने, ‘संक्रमणपछि निको भएकाहरूलाई हेप्ने, छिःछिः दुरदुर गर्ने प्रवृत्ति देखिएको छ। समाजमा दुव्र्यवहार हुँदा लुकेर बसेका छन्। दुव्र्यवहार होइन सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन पनि अभियान सुरु गरिएको हो।’…
इलाम, २४ भदौ । अलैँचीको बारेमा सम्भवतः सबैभन्दा बढी छलफल भएको विषय हो, अलैँची सुकाउने भट्टी । कहिले पराम्परागत त कहिले आधुनिक र कहिले सुधारिएको भट्टी । यसैबारे सधैँ तर्कबाजी र बहस चल्छ । कसैले गुणस्तरको नाममा त कसैले खर्चको नाममा तर्कबाजी गर्ने विषय भएको छ अलैँचीको भट्टी । यहाँ एक किसिमको भट्टीलाई उत्तम र अरूलाई ‘बेकामे’भन्ने चलन सधैँ चलिरहन्छ । पाँच वर्षअघि आधुनिक भट्टीभन्दै विभिन्न सङ्घरसंस्थामार्फत विदेशी भट्टी गाउँ पु¥याइयो । तिनै भट्टीलाई गुणस्तरीयको नाम दिँदै किसानलाई भिराइयो पनि । अन्ततः गुणस्तरहीन भट्टी भन्दै किसान पराम्परागत भट्टीमै फर्किए । अहिले ती भट्टीलाई खुलेरै कृषि विज्ञ र अलैँची व्यवसायी ‘कमिसनको…
विराटनगर, २४ भदौ । प्रदेश न १ मा पछिल्लो २४ घण्टामा १५५ कोरोना सङक्रमित थपिएका छन् । थपिएकामा महिला ६३ र पुरुष ९२ छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा पाँच, धनकुटामा चार, झापामा पाँच, ताप्लेजुङ, उदयपुर तथा प्रदेश बाहिरका एकएक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा ७० जनामा सङ्क्रमण देखिएकोेमध्ये ३० महिला र ४० पुरुष छन् । थपिएकामा मोरङको लेटाङमा एक महिला र तीन पुरुष, पथरीशनिश्चरेमा तीन पुरुष, उर्लाबारी र सुन्दरहरैचामा एकएक पुरुष, ग्रामथानमा एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । धरानमा १३ महिला र नौ पुरुष, इटहरीमा नौ…
बिर्तामोड, २४ भदौ । झापाको कनकाई नगरपालिका–९ स्थित बिरिङ खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–९ घैलाडुब्बाका १५ वर्षीय गोबिन्द साह रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । आज दिउँसो भैंसीलाई पानी खुवाउनका लागि खोलामा लगेको बेला साहलाई सोही खोलाले बगाएको उहाँले बताउनुभयो । स्थानीयले खोलाबाट उद्धार गरी उपचारार्थ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।