
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २४ भदौ । झापामा आज पाँच जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको मेचीनगर, कनकाई र शिवसताक्षीका पाँच जनामा कोरोना पुष्टि भएको हो । शिवसताक्षी–६ का २६ र ३२ वर्षीय दुई महिला, कनकाई–२ र ३ का १४ र २० दुई पुरुष स्थानीय र मेचीनगर–६ का ४७ एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कायालय झापाले जनाएको । कार्यालयका अनुसार संक्रमित पाँचै जना स्थानीय हुन् ।
झापा, २४ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनले हालसम्म संक्रमितको कुल संख्या ४९,२१९ पुगेको पनि जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ९१८ जना संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४…
भद्रपुर, २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता महामानव वीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली काँग्रेस भद्रपुर नगर समितिले विविध कार्यक्रम सम्पन्न गएको छ । कांग्रेस नगर समितिको आयोजनामा भद्रपुर १० चन्द्रगढी स्थित वीपी चौकमा रहेको कोइरालाको शालिकमा माल्यापर्ण तथा सरसफाई गरिएको हो । नगर उपसभापति ज्ञानबहादुर चौहानको सभापतित्व तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमनत्री कोइरालाको लोकतान्त्रिक समाजवाद स्थापनामा रहेको योगदानको स्मरण समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले विश्व राजनीतिमा प्रजातान्त्रिक समाजवादी नीतिका लागि वीपीको योगदान अविस्मरणीय रहेको स्मरण गर्दै गरीवको उन्नतिका लागि वीपी चिन्तन अपरिहार्य रहेको बताएका…
शिवसताक्षी, २४ भदौ । झापाको शिवसताक्षी नगरपालिका भदौ महिना भरका लागि बन्द भएको छ। नगरपालिका बोर्डको बुधबार बिहान बसेको बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै भदौ महिनाभरि कार्यालय बन्द गरेको हो । मंगलबार नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि बोर्ड बैठकले कार्यालय बन्द गर्ने निर्णय गरेको ९ नम्बर वडाका वडाध्यक्ष छविलाल पाठकले बताए। तर, नगरपालिकाका ११ वटै वडा कार्यालय भने खुल्ने भएका छन् । यसअघि वडा कार्यालय बन्द थिए। यो नगरपालिकामा जम्मा ६ जनालाई मात्रै कोरोना संक्रमण देखिएको छ। अत्यावश्यक काम टार्न वडा कार्यालयहरू खोल्ने निर्णय भएको पाठकले बताए ।
झापा, २४ भदौ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको बुधबार १०७ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिए। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं…
झापा, २४ भदौ । झापा गाउँपालिकाको ठुलो माइको तटमा अनौठो अंजगको माछो फेला परेको छ । स्थानीय भाषामा बगाह जातको २५ किलो भन्दा बढी तौलको यो माछो झापा गाउँपालिका–२ निवासी स्थानीय अशोक मुखिया र उनको परिवारले सो माछा खोलामा आइतबार दिउँसो फेला पारेका हुन । उनले सो माछालाई मोटरसाइकलमा हालेर स्थानीय झापा बजारमा ल्याएर प्रतिकिलो एक हजारका दरले बिक्री गरेका थिए । अनौठो माछो हेर्न र किन्न मानिसको भिड बडेको थियो । आफुले २५ किलो विक्री गरेर केही खानका लागि घर समेत लगेको मुखियाले बताउनुभयो ।
काठमाडौं, २४ भदौ । बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई अबको क्याबिनेट बैठकबाट निर्णय गराएर सांसदमा लाने तर उहाँ र नारायणकाजी श्रेष्ठजस्ता नेता राष्ट्रियसभा सदस्य भए पनि संविधानतः मन्त्री बन्न नसक्ने तर्क गर्नुभएको छ । यसबीच यदि यी दुई नेता मन्त्री हुनै लागेछन् भने पनि तुरुन्तै रिट बोकेर सर्वोच्च पुग्ने गरी वकिलहरूको एउटा समूह तयारी हालतमा छ । पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको…
झापा, २४ भदौ । सरकारले आगामी बिहीबारसम्म मूल्य अभिवृद्धिकर (भ्याट) बुझाउन ताकेता गरेपछि अहिले व्यवसायी एवं सरोकारवालाले तीव्र असन्तुष्टि जनाउँदै निषेधाज्ञाबीच तोकिएको समयभित्र तिर्न नसक्ने भन्दै आगामी २ महिनासम्म म्याद थप्न माग गरेका छन् । उद्योगी व्यवसायीले तोकिएको समयभित्र मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाएमा विलम्ब शुल्क र ब्याज तिर्नुपर्ने हुन्छ । सरकारले पछिल्लोपटक जारी राखेको निषेधाज्ञाको समयावधि पनि बुधबार राति १२ बजेसम्म कायमै छ । यस्तो अवस्थामा व्यवसायीले बिहीबारभित्र भ्याट विवरण नबुझाए विलम्ब शुल्क र ब्याज तिर्नुपर्ने आन्तरिक राजस्व विभागको चेतावनी छ । अहिले बढ्दो कोरोना संक्रमणको त्रासले कडा निषेधाज्ञा कायमै रहेका बेला सरकारले भ्याट तिर्न यस्तो ताकेता गर्नु गलत…
झापा, २४ भदौ । ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले थप व्यवस्थित बनाएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । नयाँ निर्देशिकाले ब्याजदरलाई व्यवस्थित र पारदर्शी ढङ्गले मात्र परिवर्तन गर्न सकिने बनाएको छ । नेपाल राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत पत्र प्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७६ मा संशोधन/परिमार्जन थप व्यवस्था मङ्गलबार जारी भई कार्यान्वयनमा आएको हो । निर्देशिकाले उद्यम व्यवसायमा लगानी गर्ने ऋणीका साथै ऋणमा घर जग्गा र सवारी साधन जोडेका सर्वसाधारणलाई समेत राहत पुग्ने भएको छ । नयाँ व्यवस्थाले पटक–पटक बैङ्क तथा…
झापा, २४ भदौ । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत डिस्चार्ज भएका छन् । ३२ हजार ९ सय ६४ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो साता सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । मंगलबारसम्म देशभर १४ हजार ८ सय ६८ सक्रिय संक्रमित उपचाररत छन् । गत बिहीबार १८ हजार ४ सय १३, शुक्रबार १८ हजार ४ सय ४, शनिबार १७ हजार ८…