झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ भदौ । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन् । यस्तै, भारतबाहेक तेस्रो मुलुकबाट ११ चैतयता मंगलबारसम्म ५७ हजार नेपाली स्वदेश आएका छन् । प्रतिनिधिसभातर्फ काठमाडौंबाट निर्वाचित सांसदहरूको मंगलबार ज्ञापनपत्र बुझ्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउन सुरु भएयता मात्रै विभिन्न नाका हुँदै भारतबाट मात्रै १० लाख बढी नेपाली स्वदेश आएको बताए । ‘नेपाली श्रमिकहरू भारतलगायत विभिन्न मुलुकमा छन्, लकडाउन सुरु…

Read More

झापा, २४ भदौ । कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले विद्यालय शिक्षाको पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्यमा विषयगत समितिमा विज्ञहरूले काम गरिरहेको जानकारी दिए । भदौभित्र यसको काम पूरा गरी संश्लेषित पाठ्यक्रम विद्यालय र शिक्षकसम्म पु¥याउने योजना छ । यस वर्षको शैक्षिक सत्रको झन्डै पाँच महिना बितिसकेकाले यस अवस्थामा पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन…

Read More

झापा, २४ भदौ । केही महिनायताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत बिहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आक्रोशित भावमा पेश भए । ‘यो तपाईंको विरोध होइन डाक्टरसा’ब’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडालाई ढाडस दिएर भने, ‘यो आक्रोश मप्रतिको हो ।’ राजीनामा त यसअघि प्रधानमन्त्रीका प्रियपात्र मानिने गोकुल बाँस्कोटादेखि शेरबहादुर तामाङहरूले पनि दिएका थिए । उनीहरूको राजीनामाप्रति प्रधानमन्त्रीले त्यस्ता कुनै सहानुभूतिको शब्द खर्चिएका थिएनन् तर युवराजको राजीनामाले उनलाई निकै नै पोलेजस्तो बुझिन्थ्यो, उनकै शब्दबाट । प्रधानमन्त्रीले युवराजतिर हेरेर भने, ‘देशको आर्थिक उन्नति हुन नदिन, राजनीतिक स्थायित्व कायम रहन नदिन, समृद्ध नेपाल, सुखी नेपाली देख्न नचाहनेहरूको खेल हो…

Read More

झापा, २४ भदौ । कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो । कोभिड–१९ ले श्रम बजार ९स्वदेश वा विदेश०मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा पाइएको जनाइएको छ । प्रतिवेदनमा समेटिएको त्यो सङ्ख्या कोभिड–१९ का कारण छ महिनादेखि रोजगारी, व्यापार, व्यवसाय बन्द भएर समस्यामा परेकाको रहेको उल्लेख छ । भारतबाहेक विभिन्न देशमा वैदेशिक रोजगारीमा ३२ लाख आठ हजारभन्दा बढी नेपाली रहेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ…

Read More

काठमाडौं, २३ भदौ । नेपाली काँग्रेसले जननेता बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती कोरोना भाइरस सङ्क्रमणको प्रतिकूलताबाट सुरक्षित रहँदै विशेषरुपमा मनाउने भएको छ । काँग्रेसले यही भदौ २४ गते तथा यही साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र विदेशस्थित जनसम्पर्क समितिलाई परिपत्र गरिसकेको जनाएको छ । कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरी अनिवार्यरुपले भौतिक दूरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअलरूपमा कार्यक्रम गर्न सूचित गरिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । दिवसका अवसरमा राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रमसमेत समाविष्ट रहने पार्टी कार्यालयले जनाएको छ । केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको र…

Read More

झापा, २३ भदौ । नेपाल प्रहरीको प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी ईश्वरबावु कार्कीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कार्कीलाई कोरोना पुष्टि भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका एक अधिकृतले जानकारी दिए । उनी अहिले प्रदेश प्रहरी कार्यालयमा आइसोलेशनमा छन् । यसअघि, गण्डकी प्रदेशका डिआईजी घनश्याम अर्याललाई पनि कोरोना संक्रमण भएको थियो । अर्याल गण्डकी प्रदेश प्रहरी कार्यालयको आईसोलेशनमा छन् । आर्याल बस्ने क्वार्टर सिल गरिएको छ । रातोपाटीबाट

Read More

झापा, २३ भदौ । आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ । मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम बदली भई ठाउँठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं १ देखि प्रदेश नं ५ सम्म नै मौसम बदली भहेको छ । हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही माथि नेपाल नजिक ९उत्तरतर्फ० सरेको र स्थानीय…

Read More

बिर्तामोड, २३ भदौ । झापा आज १४ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका पाँच स्थानीय तहका सात महिला र सात पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो । बिर्तामोड–४ र ९ नम्बर वडाका एक/एक जना महिला र पुरुष (स्थानीय र भारतबाट आएका), गौरीगञ्ज–१ का एक/एक जना महिला र पुरुष (भारतबाट आएका), शिवसताक्षी–५ र ६ का दुई महिला र दुई पुरुष गरी चार जना (एक स्वास्थ्यकर्मी र तीन जना स्थानीय), दमक–५, ९ र १० नम्बर वडाका तीन महिला र दुई पुरुष (तीन स्थानीय, दुई स्वाथ्यकर्मी) र बाह्रदशी–३ नम्बर वडाका एक पुरुष (स्थानीय)मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय…

Read More

बिर्तामोड, २३ भदौ । झापा आज दुई जनामा कोरोना पुष्टि भएको छ । बिर्तामोड नगरपालिकामा एक जना स्थानीय र एक जना भारतबाट आएकामा एक जना पुरुष र एक जना महिलामा कोरोना देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बिर्तामोड–४ र ९ नम्बर वडाका उनीहरु ३० र ५२ वर्ष उमेरका रहेका छन् ।

Read More

नुवाकोट, २३ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन् । आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए । “अहिले पनि सङ्क्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन गराउन सकिन्छ तर सङ्क्रमण विद्यालयस्तरमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न सकिँदैन । हाम्रा स्वास्थ्य स्रोत साधन कम छ । त्यसैले वैकल्पिक रुपमा दूर शिक्षाको माध्यमबाट न्यूनतम सिकाइलाई अघि बढाउन आवश्यक छ”, मन्त्री पोखरेलले भने, “विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन…

Read More