झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ भदौ । कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ । खाद्य कम्पनीका केही कर्मचारीले व्यापारीसँगको मिलेमतोमा चलखेल गरेर महँगोमा चामल खरिद गरेका हुन् । बजारमा प्रतिक्विन्टल ५ सय रुपैयाँ सस्तो मूल्यमा पाइने चामललाई ५ सय रुपैयाँभन्दा बढी मूल्य तिरेर खाद्य कम्पनीले १ लाख क्विन्टल चामल खरिद गरिरहेको छ । कम्पनीले सोना मन्सुली, अरुवा मोटा र स्टिम जिरा मसिनो गरी १ लाख क्विन्टल चामल खरिद गरेर विराटनगर, लाहान, वीरगन्ज, काठमाडौँ, नेपालगन्ज, सुर्खेत र धनगढीमा भण्डारण गर्ने तयारी गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, २१ भदौ । झापा हल्दिबारी–३ जलथलका ४७ वर्षीय खड्ककुमार राईको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो सोही स्थानमा रहेको जुसुडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा राई आफैँलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करेन्ट लागेर बेहोस भएका राईको ओम साई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ, २१ भदौ । रुसले बनाएको कोरोना भाइरसविरूद्धको खोपको प्रभावकारिता बढेको छ । रूसी वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्। मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको दाबी गरिएको बीबीसीले जनाएको छ । खोपको वैज्ञानिक नतिजा नआइ अगस्ट महिनामा नै स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न दिएको रूसको उक्त खोपले काम गर्नेमा आशंका गरिएको थियो । तर, यो परिणामले उक्त खोपको विश्वसनियता केही हदसम्म बढाए पनि अझै पनि यसको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्न भने अझै अरू…

Read More

भद्रपुर, २१ भदौ । झापामा समुदाय स्तरमा कोभिड १९ संक्रमण सुरू भएयता महामारी नियन्त्रणका लागि सरकारका विभिन्न तहले प्रहरी प्रशासनलाई सीमामा कडाइदेखि हाट, बजार तथा चौक चौकमा हुने भीड नियन्त्रणको जिम्मेवारी दिएका छन् । प्रदेश १ को भारतबाट नेपाल आउने पहिलो प्रवेशद्वार काँकडभिट्टा नाकामा भारतीय सीमा क्षेत्रसम्म सहज आवागमन तथा चौक चौकमा खुलेआम भारू तथा नेरूको सटही हुने गरेको पाइएको छ । नेपाल प्रहरीकै अगाडि दर्जनभन्दा बढी महिला र केही पुरुष सडकमा नै बसेर नेपालबाट भारत जाने भारतीय नागरिक र विषेश कामले पानीटङ्की चेकपोष्टसम्म जाने नेपालीहरूलाई तानातान गरेर रकम साट्ने गरेको पाइएको हो । कानुन अनुसार सडकमा बसेर विना इजाजत…

Read More

बिर्तामोड, २१ भदौ । झापाका चार स्थानीय तहका ३२ जनामा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेचीनगर, बिर्तामोड, कमल र कनकाईका ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मेचीनगर–६ र ७ नम्बर वडामा एक महिलासहित पाँच जना रहेका छन् । उनीहरुमध्ये दुई जना सुरक्षाकर्मी र तीन जना भारतबाट आएका रहेका छन् । त्यस्तै, बिर्तामोड–३, ५, ६ र ९ नम्बर वडाका १२ स्वास्थ्यकर्मी र तीन जना स्थानीयमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरुमध्ये एक/एक जना कनकाई–३ र अर्जुनधारा–१० का स्वास्थ्यकर्मीसमेत रहेका छन् । संक्रमित नौ वर्षदेखि ४७ वर्षसम्मका छन् । कमल–३…

Read More

बिर्तामोड, २१ भदौ । झापाको बिर्तामोड नगरपालिकामा आज १२ जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना पुष्टि भएको छ । बिर्तामोड वडा नं. ३, ५, ६ र ९ नम्बर वडाका १२ स्वास्थ्यकर्मी र तीन जना स्थानीयमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरुमध्ये एक/एक जना कनकाई–३ र अर्जुनधारा–९ का स्वास्थ्यकर्मीसमेत रहेका छन् । संक्रमित नौ वर्षदेखि ४७ वर्षसम्मका छन् । १२ स्वास्थ्यकर्मी बिएण्डसी हस्पिटल बिर्तामोडका रहेका छन् भने तीन जना प्रभु बैंकका कर्मचारी रहेका छन् ।

Read More

झापा, २१ भदौ । आज देशभर ९८० जनामा संक्रमण पुष्टि भएको छ । २९० महिला र ६९० पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा…

Read More

काठमाडौँ, २१ भदौ । राष्ट्रिय समाचार समितिका बरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भौतिक आक्रमण भएको छ। आक्रमणपछि टाउकोमा गम्भिर चोट लागेकोले उनको अहिले धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। कार्कीमाथि भक्तपुर निवासी उद्धव कार्कीले आक्रमण गरेको जनाइएको छ । आक्रमणकारी सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी कार्कीको पहिचान समेत भइसकेको हुँदा उनलाई तत्काल पक्राउ गर्न काभ्रेका पत्रकार हरुले आग्रह गरेका छन् । कार्की प्रेस युनियनका केन्द्रीय समेत हुन् ।

Read More

झापा, २१ भदौ । कोरोना भाइरसको संक्रमणका कारण झापामा थप एकजना महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी महिलाको मृत्यु भएको हो । झापाको कनकाई नगरपालिका–३ की ४५ वर्षीय महिलाको मृत्यु भएको कनकाई नगरपालिकाका कोरोना सूचना समिति सदस्य लक्ष्मी अधिकारीले बताए । भदौ १५ गते पेट फुलेर उपचारका लागि अंञ्जली अस्पताल बिर्तामोड गएकी उनलाई त्यहाँ उपचार सम्भव नभएपछि मेची प्रादेशिक अस्पताल भद्रपुर हुँदै थप उपचारका लागि उनलाई धरान लगिएको थियो । परीक्षणका क्रममा दुई दिनअघि ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । नगरभित्र संक्रमण बढ्नुका साथै मानवीय क्षति पनि भएपछि नगरपालिकाले लक डाउनलाई…

Read More

मोरङ, २१ भदौ । मोरङको सुनवर्सी-८ स्थित एरियाबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनवर्सी-४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी-८ का १८ बर्षीय भीम कुमार मण्डल रहेका छन । आज विहान ११ बजे को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाइ नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट ६ बोतल ESKUF र १९० गोटी laborate(VIBEL प्रतिबन्धित औषधी) फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More