
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २० भदौ । आज झापामा पाँच जनामा कोरोना पुष्टि भएको छ । बिर्तामोड, शिवसताक्षी र दमकका पाँच जनामा कोरोना पुष्टि भएको हो । जसमा एक महिला र चार पुरुष छन् ।
झापा, २० भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको उनले बताए । यसैगरी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् । यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा,…
झापा, २० भदौ । झापाको शिवसताक्षी नगरपालिका १९ का २९ वर्षीय गोमन सिंह मगरको उनका साथीले गुडिरहेकै मोटरसाईकलमा घाँटी रेटेर हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले शुक्रबार शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय मनकुमार लिम्बूलाई नियन्त्रणमा लिएपछि सो रहस्य खुलेको हो । लिम्बुलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । घाँटी काटिएको शव भदौ १७ गते बिहान शिवसताक्षी ११ स्थित जङ्गलमा फेला परेको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालयबाटको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापाको टोली, सङ्घीय प्रहरी कार्यालय धरानबाट डग शाखाको केनाईन टोलीले गरेको अनुसन्धानपछि लिम्बूलाई पक्राउ गरिएको हो । अभियुक्त शिवसताक्षी नगरपालिका…
चितवन, २० भदौ । कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए । नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे । शव नदेख्दासम्म उनमा अलिअलि डर थियो। अस्पतालको कोभिड आईसीयूको ढोकामा पुगेर शव नियाले। जब शवनजिक पुगे तब डर र त्रास हरायो। कतै केही भइहाल्छ कि भन्ने डरलाई जिम्मेवारीले जित्यो। निर्धक्कसाथ उनले शवलाई प्लास्टिकले बेरेर बाहिर निकाले। त्यसपछि तोकिएको स्थानमा शव व्यवस्थापन गर्न लगे। शवलाई अन्तिम सलामी दिई गाडेर फर्किए। लमजुङ बेसीसहरका ३८ वर्षीय गुरुङले सेनामा रहेर देशको सेवा गरेको १८ वर्ष भयो। उनी पाँचवटा शव व्यवस्थापनामा सहभागी भइसकेका छन्। ‘आफन्तले…
झापा, २० भदौ । सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न पनि अदालतले फैसलामा भनेको छ । विवरण सार्वजनिक गर्नु प्रचलित संविधान, गोपनीयताको हकसम्बन्धी ऐन, मुलुकी फौजदारी संहिता तथा अदालतबाट प्रतिपादित नजिरविपरीत हुने फैसलामा उल्लेख छ । अधिवक्ताद्वय रोशनी पौड्याल र सरोजकृष्ण घिमिरेको रिटको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै अदालतले सङ्क्रामक रोग नियन्त्रणका लागि वर्तमान कानुनी संरचनाको अध्ययन र पुनरवलोकन गर्न पनि आदेश गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले…
काठमाडौँ, २० भदौ । कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २० प्रतिशतसम्म नेपाली श्रमिकको माग आउने जनाएको छ । यता वैदेशिक रोजगार व्यवसायी कम्पनी ९म्यानपावर०हरूले भने माग यसअघि नै आइसकेकाले सुरक्षित रूपमा विदेश पठाउन सक्नु अहिलेको चुनौती भएको बताउँदै आएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालका सबै श्रम गन्तव्य मुलुक कोभिड–१९ बाट प्रभावित भएकाले भर्खर ठूलो सङ्ख्यामा माग आउने सम्भावना नभएको बताए । उनले भने,…
काठमाडौं, २० भदौ । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठनको काम नरोकेपछि असन्तुष्ट पक्ष थप रुष्ट बनेको छ। सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा करिब १ सय सदस्य मनोनयन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित बनेको हो । पौडेल समूहले सभापतिका निर्णय फिर्ता गराउन दबाब दिने कार्यक्रम तय गर्न शनिबार आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएको छ। ती निर्णय खारेज गर्न सशक्त प्रतिरोधमा उत्रिनुपर्ने आवाज पौडेल समूहमा उठेको छ। ‘तत्कालीन सभापति सुशील कोइरालाले तीन–साढे तीन वर्षमा विभाग गठन गर्दा उहाँ ९देउवा०ले तीव्र विरोध गर्नुभएको थियो। त्यतिबेला उहाँले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिएर अनशन र सत्याग्रहमा बस्ने चेतावनी दिएपछि निर्णय…
काठमाडौँ, २० भदौ । शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९) को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको छ । केही दिनअघि नेपाल–भारत सीमा क्षेत्रबाट २९ जना महिला तथा किशोरीको उद्धार गरियो । भारतबाट नेपालमा सामान लिएर आएका कन्टेनरले फर्कंदा दलालका सहायताले नेपालका महिला र बालबालिकालाई बेचबिखनका लागि त्यसतर्फ लगिएका घटना सार्वजनिक भइरहेका छन् । बन्दाबन्दीको समयमा एक पुरुष र दुई जना महिला बेचबिखनको आरोपमा पक्राउ परेका छन् । त्यस्तै, यही बीचमा भारतको दिल्लीबाट छ र मनीपुरबाट २१ सहित २८ जना बेचबिखनमा परेका किशोरीसहितको उद्धार…
झापा, २० भदौ । मोरङमा दुईसहित कोरोना भाइरसबाट थप ४ जनाको मत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका ४ बस्ने ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । कोशी अस्पताल बिराटनगरमा उपचारको क्रम्ममा गएराति उनको मृत्यु भएको भएको प्रहरीले जनाएको छ । यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा पनि एक ४३ वर्षीया महिलाको मृत्यु भएको छ । उनको पनि गएराति नै मृत्यु भएको हो । यसैगरी रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ४० बर्षीय पुरुषको मृत्यु भएको…
भद्रपुर, २० भदौ । भद्रपुर-१० स्थित सत्य लक्ष्मी कृषि सहकारी संस्था लिमिटेडले तरकारीजन्य उत्पादनमा आत्मनिर्भर बनाउन बिउ बिजन बितरण गरेको छ । संस्थाले पहिलो चरणमा हिउँदे तरकारीका १० प्रजाति छनौट गरी शेयर धनीहरूलाई बिउ बिजन बितरण गरेको हो । संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एक सय जना व्यक्तिलाई घर घरमै पुग्ने गरी बिउ बिजनको पोका वितरण गरिएको थियो ।