
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
युएई, २८ साउन । कोरोनाका कारण युएईमा समस्यामा परेकामध्ये १३ हजार ७ सय ८५ जना नेपाली स्वदेश फर्किएका छन् । युएईस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म विभिन्न एयरलाइन्सको ८२ वटा चार्टर उडान मार्फत उनीहरु नेपाल फर्किएका हुन्। विदेशबाट स्वदेश फर्कने अन्य मुलुकहरुको तुलनामा यो सबैभन्दा धेरै संख्या हो। कोरोना भाइरस (कोभिड–१९) कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो । गत जुन १९ देखि अगष्ट ११ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज, एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडानमार्फत युएईको तीन शहर शारहजा,अबुधावी र दुबईबाट…
काठमाडौं, २८ साउन । नेपाली बजारमा बुधवार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला रू ६ हजार २०० ले घटेको छ । महासंघले बुधवारका लागि छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला रू २२५ ले घटेको छ । बुधवारका लागि चाँदीको मूल्य प्रतितोला रू १ हजार २१० निर्धारण गरिएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू।१ लाख १ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला…
काठमाडौं, २८साउन । नेपालमा बुधवार थप ४८४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ८ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ९१ जनाको मृत्यु पुष्टि भएको छ । उनले हालसम्म कुल पीसीआर परीक्षण संख्या ४ लाख ७३ हजार १७९ पुगेको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४८२ ओटा पीसीआर परीक्षण गरीएको छ । त्यसैगरी बुधवार मात्रै थप ६४ जना डिस्चार्ज भएका छन्…
झापा, २८ साउन । पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट थप आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
धरान, २८ साउन । सुनसरीको धरान उपमहानगरपालिका–२० बिष्णुपादुकाबाट नियन्त्रित लागुऔषध गाँजासहित १ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले पाख्रिबास नगरपालिका–८ धनकुटाका २९ वर्षीय सन्दिप राईलाई ५ केजी गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
सुनसरी, २८ साउन । जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १३ वर्षपछि पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१ साउन २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय सुनाइएका बक्लौरी–६ का ३२ वर्षीय तुलसी चौधरी र २० वर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ वर्षीय टाइसन भनिने मिङमा दोर्जे शेर्पालाई पक्राउ गरेको हो । पक्राउ परेका यी दुवै जना प्रतिवादीले २०६४ साल वैशाख २८ गते साथीको विवाहमा जन्ती गएको समयमा एकम्बा गाउँ विकास समिति–४ का सुनेरकुमार ठाकुरलाई सामान्य बादबिबादको विषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट…
काठमाडौं, २२ साउन । लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो। काठमाडौंमा पाँच सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘संक्रमितको संख्या दैनिक वृद्धि भइरहेको छ। यस अवस्थामा बढ्दा बेड अभावको स्थिति पनि छ’, मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने। उनका अनुसार काठमाडौंसहित पर्सा, रौतहट, महोत्तरीमा पाँच सयभन्दा बढी संक्रमित छन्। साउन ६ गते लकडाउन अन्त्य गरिँदा संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ थियो। अहिले बढेर २३ हजार…
झापा, २८ साउन । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल र रेस्टुरेस्टमा बसेर खान नपाइने निर्णय गरेको हो भने ‘टेक अवे’ सुविधा भने खुला गरेको छ । अब होटल र रेस्टुरेस्टबाट सामान प्याक गरेर लैजान मात्र पाइने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले १५ साउनदेखि होटल तथा रेस्टुरेस्ट सञ्चालन गर्न अनुमति दिएको थियो । सरकारले अत्यावश्यकबाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने निर्णय पनि गरेको छ । यस्तै, दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला…
झापा, २८ साउन । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको रेमडिसिभिर औषधि दर्ता प्रक्रिया आलटाल गर्दा सो औषधि अवैध तरिकाले भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले रेमडिसिभिर नामक औषधि कोलकाता हुँदै नेपाल भित्र्याउने गरेका छन् । त्यसतो त, पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ । रेमडिसिभर नामक औषधति दर्ता गर्न औषधि व्यवस्था विभागले आलटाल गर्दा गैरकानुनी तरिकाले भित्रिएर कालोबजारी हुने देखिएको छ । अहिले परभाइल ४० देखि ५० हजार रुपैयाँसम्म किन्नुपर्ने बाध्यता छ । रेमडिसिभिर औषधी दार्ता हुनसके परभाइल सात हजार रुपैयाँसम्म ल्याउन सकिने आयातकर्ता बताउँछन् । अमेरिकाको जिलिड फर्माले उत्पादन गरेको…
झापा, २८ साउन । अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ । त्यसैले अबको वर्षा नेपालको पश्चिममै बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारभन्दा पनि रोकिँदै पर्दै झरी पर्ने जनाइएको छ । अझै केही दिन देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा हुनेछ । मनसुनी वायु सक्रिय रहेकाले वर्षाको अवधि बढेको मौसमविद् शान्ति कँडेलले बताए । देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि पश्चिमका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना औँल्याइएको छ । बुधबार, बिहीबार र शुक्रबारसम्म बदली र वर्षा हुने औँल्याइएको छ…