
झापा, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि शनिबार झापा आउने भएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक झापा आउन लाग्नुभएको हो ।
प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्नुभएका ओली चुनावी प्रचारप्रसारका क्रममा लामो समय निर्वाचन क्षेत्रमा बस्नुभएको थियो । ओलीका सचिवालय प्रमुख निरुदेवी पालका अनुसार अध्यक्ष ओली शनिबार बिहान पहिलो उडानबाट झापा जाउने कार्यक्रम रहेको छ ।
Facebook Comments Box


