
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अर्जुनधारा नगरपालिकाको लागि आवश्यक एक थान ट्रयाक्टरको ट्रली खरिद सम्बन्धी शिलबन्दी कोटेशन पेश गर्ने सम्बन्धी सूचना !
बिर्तामोड, २५ साउन । झापाको बिर्तामोड नगरपालिकाले जारी गरेको बन्दाबन्दी आज राति १२ बजेदेखि खुल्ने भएको छ । नगरस्तरीय कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन समितिको आज बसेको बैठकले साउन २५ गते १२ बजेपछि बन्दाबन्दी खुला गर्ने निर्णय गरिएको हो । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि सोको नियन्त्रणका लागि साउन १८ गतेदेखि नगरक्षेत्रमा बन्दाबन्दी घोषणा गरिएको थियो । “समुदायस्तरमै कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गरिएको थियो”, नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले भन्नुभयो, “कोरोना संक्रमणको जोखिममा परेका व्यक्तिहरुको मास स्क्रिनिङ सकिएपछि लकडाउन खोल्न लागिएको हो ।” बन्दाबन्दीको अवधिमा तीव्र गतिमा जोखिममा परेकाहरुको कन्ट्याक ट्रेसिङ, स्वाब संकलन र पिसिआर परीक्षणको गरिएको नगरप्रमुख शिवाकोटीले बताउनुभयो । नगरपालिकाले…
मितिः २०७७।०४।२५ आदरणीय नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरु,विश्वमा महामारीको रुपमा बढ्दै गएको कोभिड १९(कोरोना)को संक्रमण रोकथामका लागि सरकारी तथा समुदायबाट विभिन्न प्रयासहरु भइरहेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रमा पनि यसको संक्रमण बढेर गएको अवस्थामा यसको नियन्त्रण र निराकरणका लागि नगरको स्वास्थ्य यूनिट अहोरात्र नगरबासीहरुको स्वास्थ सुरक्षाका लागि अहोरात्र लागिरहेको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्र्दे नगरस्तरमा गठित कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन समितिको निर्णय अनुसार बिर्तामोडलाई सुरक्षित र जोखिममुक्त राख्नका लागि गत साउन १८ गते राति १२ बजेदेखि लागू गरिएको लकडाउन साउन २५ गते राति १२ बजेदेखि लागू हुने गरी खुल्ला गरिएको सर्वप्रथम जानकारी गराउँछौ । यस अबधिमा नगरपालिकाले नगरबासीहरुको…
झापा, २५ साउन । आज देशभर ३८० जना संक्रमित थपिएका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४० संक्रमित डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कुल संख्या १६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सन्तोष शर्माझापा, २५ साउन । झापामा समुदायस्तर (स्थानीय) मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि यहाँका स्थानीय तह सोको नियन्त्रणका लागि सक्रिय भएका छन् । ‘ट्राभल हिष्ट्री’ नभएकाहरु स्थानीयबासी ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि नियन्त्रणका लागि यहाँका स्थानीय तह तीव्र गतिमा सक्रिय भएका हुन् । पछिल्लो समय जिल्लाको अर्जुनधारा, बिर्तामोड, मेचीनगर, कनकाई, भद्रपुर नगरपालिका लगायतका स्थानीय तहमा ‘ट्राभल हिष्ट्री’ नभएकाहरुमा समेत कोरोना संक्रमण देखिएको छ । समुदायस्तरमै कोरोना संक्रमित देखिएपछि सम्बन्धित वडा र स्थानीय तह नै शील गरिनुका साथै संक्रमितको कन्ट्याक टे«सिङ, स्वाब संकलन तथा पिसिआर परीक्षण तीव्र गतिमा अघि बढाइएको छ । केही स्थानीय तहमा आंशिक एवम् केहीमा…
धनुषा, २५ साउन । धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता छन् । धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । प्रजिअ भट्टराईकाअनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब सङ्कलन गर्ने काम भइरहेको छ । बिदामा गएका बेला उनी अचानक बिरामी भएका थिए । त्यसैगरी धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय नेपाली काँग्रेसका नेताको पनि जनकपुरधामस्थित काव्य…
नयाँदिल्ली, २५ साउन । भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ८६१ जनाको मृत्यु भएको छ । भारतमा यो सहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३७९ पुगेको छ । साथै कूल संक्रमितको संख्या पनि २१ लाख ५३ हजार नाघेको छ । स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १४ लाख ८० हजार ८८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि ६ लाख २८ हजार ७४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् । भारतीय चिकित्सा…
काठमाडौं, २५ साउन । राजधानीको गोंगबु गणेशस्थानमा हत्या गरेको अवस्थामा फेला परेका पुरुष केही दिनयता सम्पर्कबिहीन भएको पाइएको छ । महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले ती पुरुष केही दिनदेखि सम्पर्कबिहीन भएको खुलेको जानकारी दिए । थापाले भने, ‘केही दिनदेखि ती पुरुष हराएको खुलेको छ, हामी व्यक्ति पहिचानको नजिक पुगेका छौं ।’ ती पुरुष अन्दाजी ४०–४५ वर्षको उमेरका भएको बताइएको छ । उनको टाउको एक ठाउँमा र शरीर टुक्राटुक्रा पारेर फालिएको अवस्थामा फेला परेको छ । घटनास्थलमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ भने घटनास्थलमा तालिम प्राप्त कुुकुरको पनि प्रयोग गरिएको छ । यसैगरी शव पोस्टमार्टमका लागि…
काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको भनाइ सार्वजनिक भएपछि शर्माले यसको विरोध गरेका हुन् । ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ प्रवक्ता शर्माले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु¥याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन ।’ २०७२ सालमा नेपालमा नाकाबन्दी लगाउँदा विदेश सचिव रहेका जयशंकरले शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा गौतम…
ताप्लेजुङ, २५ साउन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ का हर्क बहादुर लिम्बुका १५ वर्षीय छोरा शुक्रबिर लिम्बु तमोर नदिले बगाएर बेपत्ता भएका छन् । शनिबार दिउँसो १२ बजे साथीहरुसंगै तमोर नदीमा पौडी खेल्न गएका बालकलाई अचानक नदीले बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शिवाबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।