
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० साउन । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्यो । चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटकपटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए । हुर्केकी छोरीसम्मलाई बोहोराले गलत नजरले हेर्न थालेपछि आफू उक्त अपराध गर्न बाध्य भएको पौडेलले बयानमा खुलाएकी छन् । फिल्मी शैलीमा पौडेलले गरेको उक्त अपराधबारे अनुसन्धान गर्ने प्रहरी र स्थानीयबासीले आश्चर्यप्रकट गरे । एउटी महिला कसरी पासविक हत्यामा उत्रिन सक्छिन् भनेर। घटनाः २२०७६ असार १६ गते आफ्नो प्रेममा बाधक बनेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका…
झापा, ३० साउन । कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार दिनअघिसम्म देशभर १ सय ८३ जना स्वास्थ्यकर्मी संक्रमित थिए। त्यसयता पनि देशभरका विभिन्न अस्पतालहरूमा थप स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यो संख्या दिनहुँ बढ्दो क्रममा छ। हालसम्म प्रदेश १ मा आठजना स्वास्थ्यकर्मी संक्रमित छन्। त्यस्तै प्रदेश २ मा ७८ जना र बागमती प्रदेशमा १६ जना स्वास्थ्यकर्मी संक्रमित भएको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेशमा संक्रमित स्वास्थ्यकर्मीको संख्या २० पुगेको छ भने प्रदेश ५ मा महिला १२…
झापा, ३० साउन । कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि सरकारका विभिन्न निकायमा रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया सुरु हुने संकेत देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारका विभिन्न मन्त्रालय, निकाय, आयोग तथा सचिवालयमा रिक्त सहसचिव र उपसचिवको संख्या पठाउन बिहीबार पत्राचार गरेको छ । मन्त्रालयले आगामी १० भदौभित्र सबै रिक्त पदको विवरण पठाउन ती निकायलाई पत्राचार गरेको हो । मन्त्रालयले पदपूर्ति प्रक्रियाका लागि रिक्त दरबन्दीको विवरण माग गरेकाले सहसचिव र उपसचिवमा लोकसेवा आयोगको वार्षिक क्यालेन्डरअनुसार नै परीक्षा हुन सक्ने देखिएको हो । मन्त्रालयका अनुसार हाल सबै निकायमा गरेर सहसचिवतर्फ अप्राविधिक ९प्रशासन० तर्फ ५२…
झापा, ३० साउन । कम्पनी रजिस्ट्रार कार्यालयले भदौदेखि लागू हुनेगरी आफ्ना सबै सेवा डिजिटलाइज गर्दै अनलाइन मार्फत प्रवाह गर्ने भएको छ । २०७० देखि अनलाइन प्रणाली शुरू गरेको कम्पनीले भदौ १ गतेदेखि लागू हुनेगरी अनलाइन सेवा अनिवार्य गर्न लागेको हो । कार्यालयले कम्पनी ऐन २०६३, अनुसार दर्ता भएका सबै कम्पनीलाई अनलाइन प्रक्रिया अनिवार्य गरेको हो । यो प्रक्रिया शुरू भएपछि कार्यालयमा दर्ता हुने नयाँ कम्पनीले दर्ताका लागि सम्पूर्ण कागजात र विवरण अनलाइन मार्फत पेश गर्नुपर्नेछ । यसअघि कार्यालयमा दर्ता हुने कम्पनीको छुट्टै फाइल बनाइने गरिएकोमा यो प्रक्रिया लागू भएपछि कम्पनीका सबै विवरणको विद्युतीय अभिलेख राखिने र सोही अनुसार काम गरिने…
झापा, ३० साउन । नेपाल राष्ट्र बैंकले कर्मचारीको पीसीआर परीक्षण गर्दा लाग्ने खर्च बैंक तथा वित्तीय संस्थाले व्यहोर्नु पर्ने बताएको छ । केन्द्रीय बैंकले बिहीवार जारी गरेको सूचनामा आईसोलेशनमा बसेका कर्मचारीहरुलाई आईसोलेशनमा बसेको अवधिभरतको तलब तथा अतिरिक्त विदा तथा क्वारेन्टाइनमा रहने समयअवधिमा घरबार्ट काम गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । त्यसैरी केन्द्रीय बैंकले २०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लाहरुमा बढीमा ५० प्रतिशत कर्मचारीबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यसैबीच, नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागका…
झापा, ३० साउन । नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् । सन् २०१८ को अप्रिल १४ का दिन पहिलो पल्ट यो देखिएको थियो । यस कछुवाको वैज्ञानिक नाम लिसाइमा पौङ्टाटा एन्डरसोनी हो । यस प्रजातिको कछुवाको प्रायजसो रङ हरियोमा केही पहेँला धब्बा भएका हुन्छन् । नयाँ फेला परेको कछुवा पूरै सुनौलो रङको छ । त्यसैले यसको नेपाली नाम नै सुनौलो कछुवा भनेर राखिएको छ । सुनौलो रङ बाहेक अन्य रङका कछुवा प्रायजसो मानिसले खाने र…
अर्जुनधारा, २९ साउन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६ र ९ स्थित माता मन्दिरदेखि प्रणामी मन्दिरसम्मको निर्मित कालोपत्रे सडकको उद्घाटन गरेका छन् । मुख्यमन्त्री ग्रामीण सडक योजना अन्तर्गत निर्मित डेढ किलोमिटर लम्बाईको नवनिर्मित सडकको आज मुख्यमन्त्री राईले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले सरकार खोज्न पहिला–पहिला जस्तो सिंहदरबार जानु नपर्ने सरकार आफैँ जनताको घर दैलोमा विकास लिएर आइसकेको बताए । बिर्तामोडमा रहेको शान्ति निर्माण सेवाले उक्त सडक निमार्ण गरेको हो । निमार्ण कम्पनीले २०७७ बैशाख २२ गते सम्झौता गरी ०७७ असार २१ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।…
धरान, २९ साउन । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बेडको लेभल थ्री कोभिड १९ अस्पताल सञ्चालनमा ल्याइएको छ । आजदेखि सञ्चालनमा आएको सय बेडको क्षमताको लेभल ३ अस्पतालमा गम्भीर प्रकृतिका कोरोना विरामीलाई उपचार गरिने भएको छ । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले विज्ञप्ति मार्फत उक्त जानकारी दिएका हुन् । विस्तार गरिएको लेभल ३ अस्पतालमा डाइलाइसिस चाहिने संक्रमित, भेन्टिलेटर सहित आइसियु चाहिने संक्रमित, प्रसुती सेवा चाहिने संक्रमित, अप्रेशन गर्नुपर्ने संक्रमित लगायत गम्भीर प्रकृतिका लक्षणयुक्त विरामीहरुलाई उपचार सेवा प्रदान गरिने उनले बताए ।
अर्जुनधारा, २९ साउन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद चाँडै समाधान हुने बताएका छन् । झापाको अर्जुनधारा नगरपालिकामा बिहीबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पार्टीको एकताको महाधिवेशनसम्म दुई जना अध्यक्ष मिलेर चलाउनुको विकल्प नभएको बताएका छन् । उनले ठुलो पार्टीमा सामान्य विवाद हुने भन्दै यस्ता विषयमा नेतृत्वले निकास निकाल्ने दावी गरे ।सो भेटघाटमा कोरोना भाइरस संक्रमण नियन्त्रण र संक्रमितको उपचारबारे प्रदेश सरकारले गरिरहेका प्रयासबारे मुख्यमन्त्री राईले जानकारी गराएका थिए । उनले कोरोना नियन्त्रणका लागि गरेका प्रदेश सरकारले गरेका प्रयासमा सफलता हात पारेको दावी पनि गरेका थिए ।पीसीआर जाँचको अभावमा प्रदेश…
भद्रपुर, २९ साउन । झापाको कचनकवल गाउँपालिकामा वडागत बजेट विनियोजनमा विभेद गरिएको भन्दै चार वडाध्यक्षसहित १४ जना जनप्रतिनिधिले पाँच दिने अल्टिमेटम दिएका छन् । उनीहरुहले वडालाई न्युन बजेट दिएको भन्दै निर्णय सच्याउन ज्ञापनपत्र सहित पाँच दिने अल्टिमेटम दिएका हुन् । गाउँपालिका अध्यक्षले कार्यपालिका बैठक नै नराखी आफूखुसी बजेट छुट्याएर वडाको अधिकार समेत खोस्न खोजेको भन्दै चार जना वडाध्यक्षसहित १४ जना परिषद सदस्यले गाउँपालिका, जिल्ला समन्वय समिति झापा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । असन्तुष्टि जनाउँदै ज्ञापनपत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षहरूमा वडा नम्बर २ का अध्यक्ष मेखबहादुर भट्टराई, ४ का परमानन्दसिंह राजवंशी, ६ का अध्यक्ष कुलबहादुर कार्की र वडानम्वर…