
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ साउन । क्वारेन्टाइनमा बसिरहेका, कन्ट्याक्ट ट्रेसिङमा परेका, कोरोना प्रभावित क्षेत्रमा यात्रा गरेका र संक्रमित धेरै रहेको स्थानमा बसिरहेका व्यक्ति उच्च जोखिममा पर्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेलका अनुसार परीक्षणका क्रममा संक्रमणको जोखिममा रहेको वर्गलाई प्राथमिकता दिनु पर्छ। ‘परीक्षण कसको गर्ने–नगर्ने विषय निर्देशिका बनाउँदा ध्यान दिनुपर्छ’, डा प्याकुरेल भन्छन्, ‘सम्भावित व्यक्ति छुट्नु भएन। मापदण्डभित्र नपर्नेलाई परीक्षण गर्नु पर्दैन भनेर फर्काइदिन सक्नुपर्छ।’ उनका अनुसार परीक्षण गर्ने मौका यही हो भनेर कतिपयले कन्ट्याक्ट ट्रेसिङमा परेको देखाएर अनावश्यक रूपमा परीक्षण गर्न सक्छन्। जनस्वास्थ्यविद् डा समीरमणि दीक्षित पनि जोखिम समूहको पहिचान गरेर परीक्षण गर्नुपर्नेमा जोड दिन्छन्। ‘क्वारेन्टाइनमा…
झापा, २८ साउन । कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो । यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक तह अध्ययन गर्ने बाटो खुल्नेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ का विद्यार्थीको परीक्षा सञ्चालन तथा प्रमाणीकरणका बारेमा सरकारसित निरन्तर संवाद भइरहेको र अब केही दिनमै निकास दिने गरी तयारी भइरहेको जानकारी दिए । परीक्षा विधिमै बहसकक्षा १२ का विद्यार्थीको परीक्षा कुन…
मेचीनगर, २७ साउन । कोरोना त्रासले रेफर गरिएका मेचीनगरका एक बालकको हस्पिटल डुलाउँदा डुलाउँदै मङ्गलबार मृत्यु भएको छ । मेचीनगर–५ का पासाङ तामाङका ११ वर्षीय छोरा सागर तामाङको मृत्यु भएको हो । आइतबार ज्वरो आएपछि सागरलाई उपचारका लागि सबैभन्दा पहिला कनकाई हस्प्टिल बिर्तामोड लगिएको थियो । स्थानीय दिनेश तामाङका अनुसार कनकाईले सामान्य उपचार गरेर घर पठाएको थियो । सोमबार ज्वरो बढेकोले उनलाई उपचारका लागि राति १ वजे नै फेरि कनकाई हस्पिटल पुर्याइएको थियो । कनकाईले बालकलाई वीएन्डसी हस्प्टिल लैजान सिफारिस ९रेफर० गरेको थियो । त्यसपछि बालकलाई बीएन्डसी हस्पिटल लगिएको थियो । बीएन्डसी हस्पिटलले इमर्जेन्सीमा भर्ना गरेर उनको उपचार सुरु गरेको…
झापा, २७ साउन । झापाको मेची प्रदेशीक अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवकको आज बिहान मृत्यु भएको छ । झापा कन्काई नगरपालिका–५ का १७ वर्षीय एक युवकको मेची अस्पतालबमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन डाक्टर पिताम्बर ठाकुरले जानकारी दिए । केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएका युवालाई सोमबार साँझ मेची अस्पताल पु¥याइएको थियो । उनमा छाती दुख्ने, रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सुपरिटेन्डेन डाक्टर ठाकुरले जानकारी दिए । रिर्पोट नआए सम्म शवलाई अलग्गै ब्यवस्थित रुपामा राखिएको बताइएको छ ।
बिर्तामोड, २७ साउन । झापाका दुई भिन्न स्थानबाट प्रहरीले करिब रू २० लाख बराबरको अवैध सामान बरामद गरेको छ । झापाको मेचीनगरबाट आज ओरियन्स कम्पनीको औषधि (सब्लिमेन्ट्री), लत्ताकपडा र कचनकवल गाउँपालिकाबाट युरिया मल गरी उक्त मूल्य बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । मेचीनगर–१५ बाट रू १८ लाख ७९ हजार छ सय बराबरको ओरियन कम्पनीको औषधि, कुर्ता सुरुवाल र बाबा खैनी गरी रू ६८ हजार ३७० र कचनकवल गाउँपालिका–६ स्थित बनियानी पुलबाट रु. ३१ हजार पाँच सय बराबरको समान युरिया मल बरामद गरिएको हो । बरामद सामग्री आवश्यक कारबाहीका…
अर्जुनधारा, २७ साउन । अर्जुनधारा नगरपालिकाले आइसोलेशन वार्ड सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमित व्यक्तिका उपचार गरिरहेका प्रदेशका कोभिड अस्पतालमा बिरामीको भरिभराउ भएपछि अर्जुनधाराले सरकारको अवधारणा अनुरुप नै आइसोलेशन वार्ड सञ्चालन गर्न लागेको हो । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका २ जना संक्रमित व्यक्ति आइसोलेशन वार्डमा बेड अभाव भएपछि तीन दिनसम्म क्वारेन्टाइनमै राख्नु परेको थियो । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको मंगलबार बसेको बैठकले नगरमै आइसोलेशन वार्ड सञ्चालन गर्ने निर्णय गरेको कमिटीका संयोजक तथा नगर प्रमुख हरिकुमार रानाले जानकारी बताए । उनका अनुसार अर्जुनधारा वडा नम्बर ४ मा रहेको अर्जुनधारा स्वास्थ्य चौकीको भवनमा सञ्चालन गर्ने नगरले तयारी…
झापा, २७ साउन । सरकारले भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीको लागि १० वटा सीमा नाका मात्रै खुला गरेको छ । यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा अहिले घटाएर १० वटा सीमा नाका कायम गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार झापाको काँडडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर नाका, रौतहटको गौर नाका, पर्साको वीरगन्ज, रुपन्दहीको बेहलिया, कपिलवस्तुको कृष्णनर, बाँके जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइने निर्णय भएको छ । कोरोना संक्रमणको जोखिमका कारण अन्य नाकाबाट भने नेपाल प्रवेश गर्न नदिने सरकारको निर्णय छ ।
झापा, २७ साउन । प्रदेश १ माएकै दिन अहिलेसम्मकै धेरै कोरोना सक्रमित भेटिएका छन् । मंगलबार एकै दिन झापामा दुई सहित ९८ जना कोरोना संक्रमित थपिएका हुन् । यो अहिले सम्मकै उच्च संख्या भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसअनुसार मोरङ जिल्लामा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए । उनका अनुुसार झण्डै १५ सयको पीसीआर परीक्षण गर्दा ९८ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । जसमध्ये विराटनगरका मात्रै ५० जना छन् । विराटनगरका २१ महिला र…
काठमाडौं, २७ साउन । नेपालमा मंगलवार थप ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ८३ जनाको मृत्यु भएको छ । पत्रकार सम्मेलनमा उनले १८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण रहेको बताए । पर्सा, महोत्तरी, रौतहट र काठमाडौं जिल्लामा ५०० जनाभन्दा बढी कोरोना संक्रमित रहेका छन् । उनका अनुसार काठमाडौंमा जिल्लामा मात्रै ११० जना कोरोना संक्रमित थपिएका छन् । यसैगरी…
बिर्तामोड, २७ साउन । झापाको दमक नगरपालिकामा सोमबार राति करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इलामको साक्फारा घर भई दमक–१ मा डेरा गरी बस्दै आएका २८ वर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार राति ९ बजे घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि दमकस्थित एड्भान्स अस्पताल लगिएकोमा सोही क्रममा राति १० बजे मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।