झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

धरान, ३१ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई जना नर्समा कोरोना संक्रमण देखिएको छ। बिरामीको उपचारमा संलग्न भएका दुबै जनाको स्वाब संकलन गर्दा कोराना संक्रमण पुष्टि भएको हो। उनीहरुलाई कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रतिष्ठानको मेडिसन विभाग प्रमुख प्रा. डा सञ्जीवकुमार शर्माले जानकारी दिए। प्रतिष्ठानको एमआईसियुमा उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना पोजिटिभ देखिएको थियो । महिलामा कोरोना देखिएपछि कन्ट्रयाक ट्रेसिङका आधारमा दुवै नर्सको स्वाब संकलन गरिएको थियो।

Read More

झापा, ३१ साउन । मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्को पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ । प्रदेश २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९९.०५ घरपरिवारमा विद्युत् पुगेको छ । प्राधिकरणले कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत विद्युतीकरण गरेको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेको ठाउँमा सौर्य, लघु जलविद्युत (माइक्रोहाइड्रो) लगायतमार्फत पनि विद्युतीकरण गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको तथ्याङअनुसार, अहिले ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । ‘आव २०७२–०७३ मा ६२.१६…

Read More

झापा, ३१ साउन । पार्टीभित्र चुलिएको विवाद समाधानको गृहकार्य गर्न गठित नेकपाको कार्यदलले अध्यक्षहरूको जिम्मेवारी बाँडफाँड, पार्टी र सरकार सञ्चालनसँग जोडिएको विधि–पद्धतिदेखि महाधिवेशन तयारीसम्मका प्याकेज प्रस्ताव बनाउने भएको छ । कार्यदलले बनाउने प्रस्तावबारे दुई अध्यक्षबीच मौखिम सहमति बनिसकेको स्रोतको भनाइ छ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिअनुसार महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार गठित कार्यदलले विवाद समाधानको समग्र प्याकेज प्रस्ताव तयार गर्ने जिम्मेवारी पाएको हो । कार्यदलले बनाएको प्रस्तावमा सचिवालयमा सहमति जुटाएर स्थायी कमिटीबाट निर्णय गराउने अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति छ । पार्टीभित्रको त्रिपक्षीय शक्ति सन्तुलनलाई सम्बोधन गर्ने गरी कार्यदलमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ…

Read More

झापा, ३१ साउन । १४ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा सभापति शेरबहादुर देउवा र इतर पक्षका गतिविधि बढेका छन् । सभापति देउवाले संगठनका आन्तरिक काम प्राथमिकतापूर्वक अगाडि बढाएपछि संस्थापन इतर पक्षले आपत्ति जनाउँदै आएको छ । तर, इतर पक्षको जतिसुकै विरोध आए पनि सभापति देउवाले एकतर्फी कदम चालेकोचाल्यै छन् । महाधिवेशन कार्यतालिका आएपछि संस्थापन पक्षले विभाग गठन, भ्रातृ संस्थाको म्याद थप, समायोजनमा मनोमानी र सदस्यतामा बदमासी गरेको इतर पक्षको आरोप छ । आरोपबीच सभापति देउवा रोकिएका छैनन् जसले कांग्रेसभित्रको विवाद चर्काउँदै लगेको छ । दुवै पक्ष एक–अर्काको कदममाथि प्रश्न उठाउँदै आफ्नो कदमलाई जायज ठहराइरहेका छन् । महाधिवेशन कार्यतालिकापछि सभापति देउवाले…

Read More

झापा, ३१ साउन । कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब रुपियाँले घटेको छ । प्रतिवेदन अनुसार गत आवको वैशाखदेखि असार मसान्तसम्म टेलिकमले ९ अर्ब २२ करोड २४ लाख रुपियाँ आम्दानी गरेको छ । यसमध्ये सेवा बिक्रीबापत ७ अर्ब ७३ करोड ८० लाख र अन्य तर्फ एक अर्ब ४८ करोड ४३ लाख रुपियाँ आम्दानी भएको छ । त्यसको अघिल्लो आव २०७५र७६ को सोही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड ३२ लाख रुपियाँ…

Read More

झापा, ३१ साउन । बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ । बैङ्कका काम गर्दागर्दा सङ्क्रमणमा परेका कर्मचारीलाई आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका सङ्क्रमित कर्मचारीको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ । राष्ट्र बैङ्क, व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा गर्भनर महाप्रसाद अधिकारीबाट स्वीकृत भएको ‘कोभिड–१९ सङ्क्रमण जोखिमको व्यवस्थापन र बैङ्कको सेवा सुचारु राख्ने कार्ययोजना, २०७७’ लाई परिमार्जन गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूलाई सर्कुलर गरेको हो । बैङ्क तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका…

Read More

काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले भिडभाडजन्य सबै गतिविधि रोक लगाउने निर्णय गरेको हो । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि १५ भदौसम्म भिडभाड जन्य सबै प्रकारका गतिविधि गर्न निषेध गरिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । यस्तै सभा र जुलुस गर्न, जात्रा महोत्सव संचालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि निषेध…

Read More

वि.सं.२०७७ साल साउन ३१ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–एकादशी,१३ घडी ३६ पला,बिहान ११ बजेर ०१ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–आद्रा,५९ घडी २८ पला,रातको ०५ बजेर २२ मिनेट उप्रान्त पुनर्वसु । योग–हर्षण,०६ घडी ४७ पला,बिहान ०८ बजेर १७ मिनेट उप्रान्त बज्र । करण–बालव,बिहान ११ बजेर ०१ मिनेट उप्रान्त कौलव,बेलुकी ११ बजेर ०५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर ३४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३२…

Read More

झापा, ३१ साउन । वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरेको हो । विभागले संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवाहरूमध्ये इजाजतपत्र नवीकरणको निवेदन र प्रगति विवरण बुझ्ने तर नवीकरण भइसकेका इजाजतपत्र अर्को सूचना जारी भएपछि मात्र प्रदान गर्ने निर्णय गरेको छ । राहत, उद्धार र अनुसन्धान तथा मुद्दासँग सम्बन्धित उजुरी विभागको इमेलमार्फत मात्र लिने, उद्धार राहत सेवा लिन विभाग पुग्नैपर्ने भएमा अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने, विभागले प्रदान गर्ने सेवासम्बन्धी जानकारी लिन विभागको टेलिफोन प्रयोग गर्न…

Read More

बिर्तामोड, ३० साउन । शुक्रबार झापाका ९ सहित प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमितमध्ये ७६ पुरुष र २८ जना महिला रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सबैभन्दा धेरै संक्रमित हुनेमा मोरङका ६२ जना रहेका छन् । मोरङको विराटनगरमा २० पुरुष र १३ महिला गरि ३३ जना, रंगेलीमा १९ पुरुष र ९ महिला गरि २८ जना संक्रमित छन् भने सुन्दरहरैचामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै सुनसरीमा २२ जनामा संक्रमण देखिएको छ । जसमा ४ जना महिला छन् । सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २…

Read More