
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २७ साउन । प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ। तीन दिनअघि गोंगबुुमा भएको एक पुुरुषको हत्या घटनामा आमाछोरीको संलग्नता रहेको निस्कर्षमा पुगेको प्रहरीले आज एकजनालाई सार्वजनिक गरेको हो। सो आरोपमा प्रहरीले ३७ वर्षीया कल्पना मुडभरी ९पौडेल० लाई चितवनबाट पक्राउ गरेको जनाएको छ। गत आइतबार दाङका कृष्णबहादुर बोहोराको हत्या गरिएको कोठामा डेरा गरी बस्ने कल्पना र उनकी १५ वर्षीया छोरीलाई चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको हो। उनीहरुको बयानका आधारमा प्रहरी उनीहरुले नै हत्या गरेको निस्कर्षमा पुुगेको हो। प्रहरीले मृतकको पहिचानका लागि सोमबार मृतकको फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो। प्रहरीले हत्यामा थप व्यक्तिको संलग्नताको आशंका गरे…
धनकुटा, २७ साउन । धनकुटाको चौबिसे गाउँपालिका–५ का ३३ बर्षीय महेन्द्र याक्खा तमोर नदीले बगाएर बेपत्ता भएका छन् । सोमबार दिउँसो छिमेकीको मृत्यु भए पश्चात मलामी गएका याक्खा नुहाउने क्रममा अचानक नदीले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटि गई स्थानीयबासी समेतको सहयोगमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बिर्तामोड, २७ साउन । झापाका सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवैध सामान प्रहरीले धमाधम बरामद गर्न थालेको छ । प्रहरीले लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, सुपारी, खाद्यान्न लगायत सामग्री धमाधम बरामद गर्न थालेको हो । मेचीनगरबाट प्रहरीले एकसाताभित्र करिब रू सात लाख मूल्य बरामबरको २७ थान मोबाइल सेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । प्रहरीले नेपाल–भारत सीमा मेचीनगर–७ स्थित गौरीगाउँबाट सोमबार भन्सार छलेर ल्याइएको रू दुई लाख नौ हजार पाँचसय बराबरको आठ थान मोबाइल सेट बरामद गरेको प्रनाउ थापाले बताउनुभयो । दशगजा क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी…
ललितपुर, २७ साउन । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको मृत्यु भएको छ । उपत्यकामा संक्रमणको सन्त्रास बढेसँगै यहाँका सबै महानगरपालिका र नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा तीन साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिसकेका छन् । राजधानीमा नै सर्वसाधारण त्रसित बन्न पुगेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चालेका प्रयासहरू निरर्थक देखिएका छन् । संक्रमणका कारण काठमाडौंमा सात र ललितपुरमा दुई जनाको मृत्यु भएको हो । सोमबार मात्रै काठमाडौंमा…
काठमाडौं, २७ साउन । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा हत्या भएको निष्कर्ष निकालेको हो । प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थानभन्दा ५०…
झापा, २७ साउन । जग्गा प्रशासन र भूसेवासम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण हुन थालेपछि सङ्घीयता कार्यान्वयनले थप गति लिएको छ । सोमबार कलङ्की मालपोत कार्यालयको जग्गा प्रशासन र भूसेवासम्बन्धी सेवा नागार्जुन नगरपालिकामा हस्तान्तरण गर्दै भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले जग्गा प्रशासन स्थानीय तहमा हस्तान्तरण हुनुले सङ्घीयता कार्यान्वयन प्रारम्भ भएको बताए । उनले भने, “मालपोत ऐन संशोधन क्रममा रहेको र उक्त ऐन संशोधन गरी प्रमुख मालपोत अधिकृतले गर्ने काम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको व्यक्तिले गर्ने गरी संशोधन भएपछि मालपोतको अधिकांश काम स्थानीय तहबाटै हुन्छ । ” मालपोत कार्यालय कलङ्कीले आफ्नो कार्य क्षेत्रभित्र पर्ने काठमाडौँको…
झापा, २७ साउन । सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस ९कोभिड–१९० उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पताललाई २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउने व्यवस्था गरेको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० प्रतिशत बेड छुट्याएर हब अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जानकारी गराउन निर्देशन दिइएको जानकारी दिए । कोरोना उपचारका लागि तोकिएका अस्पताल हब हुन् भने अन्य अस्पताल स्याटेलाइट हुन् । उपत्यका लगायत देशभर पुनः कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सबै अस्पतालले २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले हब र स्याटेलाइट अस्पतालका बिरामीलाई…
सप्तरी, २७ साउन । भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पछिल्लोपटक थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लौनियामा सङ्क्रमितको सङ्ख्या ४२ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । तिलाठी कोइलाडी गाउँपालिका भरिमा भने १२ महिलासहित ८८ सङ्क्रमित छन् । सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ६७ महिलासहित ५७६ पुगेको छ । सप्तरी जिल्लामै सबभन्दा बढी सङ्क्रमित भएको स्थानीय तहमा तिलाठी कोइलाडी दोस्रो स्थानमा छ । तिलाठी…
अर्जुनधारा, २७ साउन । अर्जुनधरा नगरपालिकामा गत साउन १८ गतेदेखि जारी लकडाउन सोमबार राति १२ बजेदेखि हटाइएको छ । नगरमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै लकडाउन गरिएको थियो । वडा नं. १ का एक ब्यक्तिमा कोरोना भाइरस पुष्टी भएपछि कन्ट्याक टे«सिङ गर्न सहज बनाउनका लागि नगरले लकडाउन गर्ने निर्णय गरेको थियो । कन्ट्याक टे«सिङमा रिपोर्ट नेगेटिभ आएपछि लकडाउन खोल्ने नगरले निर्णय गरेको हो । नगरले लकडाउन खुकुलो बनाए पनि सवैले स्वास्थ्यका मापदण्ड अनुरुप सामाजिक दुरी कायम गर्दै व्यवसाय सञ्चालन गर्न नगर प्रमुख हरिकुमार रानाले आव्हान समेत गरेका छन् । कुनै पनि व्यवसाय सञ्चालकहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दा साबुन पानी, सेनेटाइजर,…
गौरादह, २७ साउन । गौरादह नगरपालिकामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको आशंकामा तीन वटा वडा सिल गरिएको छ । गौरादह नगरपालिकाको वडा नं. ६, ७ र ८ मा सोमबार सशस्त्र प्रहरीसहित पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि ती वडा सिल गरिएको हो । नगरपालिकामा सोमबार बसेको सर्वपक्षीय बैठकले उक्त वडाहरुमा राति १२ बजेदेखि लागुहुने गरी पुर्णरुपमा सिल गर्ने निर्णय गरिएको छ । नगरपालिकाका नगर प्रमुख रोहित कुमार शाहको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले वार्ड नं. ६, ७, ८ को प्रगति चौकदेखि उत्तरको सम्पुण क्षेत्र, वार्ड नं. ५ को स्कुलचौन बजार क्षेत्र र वार्ड नं. ३ को केही क्षेत्र संक्रमित…