झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २७ साउन । रोटरी क्लब अफ भद्रपुरले सोमबार कैदी वन्दीहरुलाइ निःशुल्क औषधी र मास्क वितरण गरेको छ । जिल्ला कारागार भद्रपुरमा रहेका कैदी वन्दीहरुलाइ कोरोनाको संक्रमणबाट रोकथाम साथै अन्य रोगबाट बच्न मद्दत पुगोस भन्ने हेतुले क्लबले एक हजार पिस तिन लेयर सर्जिकल मास्क र एक लाख मूल्य बराबरको औषधी वितरण गरिएको भाइस प्रेसिडेन्ट डाक्टर नवराज कोइरालाले बताउनुभयो । क्लबका इमिडेट पाष्ट प्रेसिडेन्ट टिकाराज ढकालको अध्यक्षता भएको संक्षिप्त कार्यक्रमको सञ्चालन रोटरीयन विनोद चापागाइले गर्नुभएको थियो ।

Read More

झापा, २६ साउन । पछिल्लो २४ घण्टामा देशभर ३३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १६ हजार ४९३ जना पुगेको छ । योसँगै अब सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ भने आज ८ हजार ४३२ जनाको परीक्षण भएको छ । हालसम्म निको हुनेमा प्रदेशगत रुपमा प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर…

Read More

मोरङ, २६ साउन । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का ६३ वर्षीय डम्बरसिंह राईको डाँस खोलामा डुबेर मृत्यु भएको छ । आइतबार साँझ सवा ६ बजेको समयमा उक्त खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

दमक, २६ साउन । झापाको दमकमा रहेको दमक हस्पिटल बन्द गरिएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीका एक पुरुष हस्पिटलमा जाँच गराउन गएको खुल्न आएसँगै हस्पिटल बन्द गरिएको अस्पताल श्रोतले बताएको छ । उनको दमक नगरपालिकाबाट स्वाब संकलन गरी बुधबार पीसीआर परीक्षणका लागि पठाइएको थियो । दमकबाट पठाइएका एक सय ७ जनामध्ये आज ४७ जनाको रिपोर्ट आएको थियो । जसमा उनको मात्र रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो । हस्पिटलमा उनी दिउँसो जाँच गराउन गएको श्रोतले बतायो । उनी साथीसँग गएको र उनमा रुगा लागेको अबस्थामा अस्पताल गएको श्रोतले बतायो ।…

Read More

काठमाडौँ, २६ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको वार्तासमेत दुई अध्यक्षको बीचमा हुन सकेको छैन । केही दिनअघि ओलीविरुद्ध अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विधिअनुसार बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्ने चेतावनी दिएपछि सोही दिनका लागि तय भएको ओली–प्रचण्ड वार्ता स्थगित भएको थियो । बिहीबारका लागि वार्ता तय भए पनि चार नेताको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै वार्ता स्थगित गरेका थिए । दुई अध्यक्षबीच पुनः वार्ता गराउन नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ,…

Read More

काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको बताउँछन् । सर्वसाधारणको लापरबाहीका कारण सङ्क्रमण टोल, गल्ली र बस्तीमा फैलिइसकेको आशङ्का बढेकाले उच्च सतर्कता जरुरी भएको हो । पीसीआर परीक्षण गर्दा ‘पोजेटिभ रिपोर्ट’ आएकाको यात्रा विवरण हेर्दा बाहिरबाट आउनेको सङ्ख्या ६० प्रतिशत र कहीँ कतै नगएको विवरण उल्लेख गर्नेहरूको सङ्ख्या ४० प्रतिशत छ । बन्दाबन्दी हटेसँंगै असुरक्षित आवागमनका कारण सङ्क्रमण फैलिएको बुझाइ…

Read More

झापा, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको सेवा नै समाज र राष्ट्रको पनि सेवा भएको बताएका छन् । उनले नेपालको संविधान बालबालिकाको हितमा रहेको र सोहीअनुसार सरकारले काम गरिरहेको चर्चा गर्दै बालबालिका भविष्यका कर्णधार मात्र होइन वर्तमानको हकदार भएको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान आयोजित अभिभावक गुमाएका तीन बालिकाको संरक्षकत्व प्रदान कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले अभिभावकविहीन भएर बालबालिकाले सडकमा बस्नुपर्ने दिनको अन्त्य गर्न सरकारले हर तरहले प्रयत्न गरिरहेको स्पष्ट पारे । उनले भने, “घरवार र अभिभावकविहीन भएर सडकमा मागेर अब खानुपर्दैन । सडकमा रात बिताउनु पर्ने, मागेर खानुपर्ने दिनको अन्त्य…

Read More

झापा, २६ साउन । कोरोना भाइरस संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै गएको गएको छ । पछिल्लो एक सातामा २ हजार ६ सय ४० संक्रमित थपिएकामा डिस्चार्ज हुनेको संख्या भने १ हजार ७ सय ५० मा रहेको छ । पछिल्लो एक सातामा ५२ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ६ सय ४० संक्रमित थपिएका हुन् । गत सोमबार ४ सय १८ जना, मंगलबार २ सय ५९ जना, बुधबार ३ सय ८१ जना, बिहीबार ३ सय ६० जना, शुक्रबार ४ सय ६४ जना, शनिबार ३ सय ७८ जना र हिजो आइतबार ३ सय ८० संक्रमित थपिएका…

Read More

बिर्तामोड, २५ साउन । झापाको भद्रपुर वडा नं. ३ मेचीपारिमा भारतबाट काम गरेर फर्केकी एक महिलामा ज्वरो आएपछि उपचारको साटो कुटपिट भएको छ । भारतको एक चिया फ्याक्ट्रीमा काम गर्ने ती महिलालाई ज्वरो आएको थाहा पाएपछि स्थानीयले जनप्रतिनिधिलाई खबर गरेका थिए । स्थानीयबासीले फोन गरेर खबर गरेपछि आफू ज्वरो आएको महिलाको घरमा पुगेको भद्रपुर–३ नम्बरका वडा सदस्य अरुण राजवंशीले जानकारी दिनुभयो । “स्थानीयबासीले खबर गरेपछि आज असई सा’बलाई लिएर ती महिलाको घरमा गएँ”, उहाँले भन्नुभयो, “घरमा गएर तपाईं भारतमा गएर काम गर्नुहुन्छ, तपाईंलाई ज्वरो पनि आएको रहेछ चेकजाँच र उपचार गर्नुपर्छ भन्दा हाम्रै अगाडि ती महिलालाई उसको आमाले कुटपिट गर्नुभयो…

Read More