झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २५ साउन । प्रधानमन्त्रीले केपी ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । राम मन्दिरका लागि बजेटको कुनै कमी हुन नदिने भन्दै प्रधानमन्त्रीले चेपाङका घरको विषयमा भने अध्ययनपछि मात्र भन्न सकिने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले माडी–९ कुसुमखोलामा चेपाङका घरमा हात्ती लगाएर भत्काएको विषयमा माडी नगरपालिकाले संघीय सरकारसँग आपत्ति जनाइरहेको थियो । माडी नगरपालिका प्रवक्तासमेत रहेका वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदीसँग शुक्रबार टेलिफोनमा संवाद गर्दै प्रधानमन्त्रीले तुरुन्तै काठमाडौं आउन भनेका थिए । प्रधानमन्त्रीको आमन्त्रणपछि मेयर ठाकुरप्रसाद ढकालको नेतृत्वमा एउटा टोली शनिबार बालुवाटार पुगेको थियो । टोलीमा उपमेयर ताराकुमारीकाजी महतो, अयोध्या खोज अनुसन्धान तथा…

Read More

झापा, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४ औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । कांग्रेसले कोरोना संक्रमणको कारण निर्धारित मितिमा महाधिवेशन हुने अवस्था नभएको र क्रियाशील सदस्यतासहित पार्टी संगठनको समायोजनको काम नसकिएको भन्दै मिति सार्ने तयारी गरिरहेको हो । कांग्रेस उच्च स्रोतका अनुसार महाधिवेशन सार्ने विषयमा शीर्ष नेताहरुबिच करिब करिब सहमति भएको छ । तर, महाधिवेशन सारेर जेठ कि भदौमा गर्ने भन्ने टुंगो लागेको छैन । ‘पछिल्लो पटक तल्ला तहका अधिवेशनका मिति हेरफेर गर्दा नै महाधिवेशनको मिति पनि हेरफेर गर्ने विषयमा केन्द्रीय समितिमा कुरा उठेको…

Read More

भोजपुर, २५ साउन । रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो । वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए । ‘लकडाउनले मजदुरी टुटेपछि परिवारको छाक टार्न धौधौ भएका बेला राहतमा पनि कुहिएको चामल पाइयो । योभन्दा ठूलो विडम्बना अरू के हुन्छ रु ’, उनले भने । गाउँपालिकाले ६ वडाका २ हजार १ सय ८४ परिवारलाई राहत दिएको थियो । वडा नम्बर ४ दलगाउँमा बाँडिएको चामलमा पनि ढुंगा, कनिका, चुराको टुक्रा र प्रशस्त बिया भेटिएको स्थानीयको गुनासो छ । राहतका नाममा सडिएको चामल पाएपछि…

Read More

झापा, २५ साउन । नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिने भएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको छ । कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा आवश्यक पर्ने दुई करोड २५ लाख रुपियाँको औषधि भारतसँग खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न नसकेको तर कोरोना नियन्त्रण तथा उपचार गर्न आवश्यक पर्न सक्ने औषधि लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति हुन थालेपछि भारतसँग औषधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिए । उनले…

Read More

झापा, २५ साउन । भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ । यातायात व्यवसायीले सामाजिक दूरी कायम गर्ने विषयमा अनभिज्ञता प्रकट गरेका छन् । प्राविधिक विषयमा नै विवाद रहे पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण भदौ १ देखि नै लामो दूरीका यातायात चल्ने विषयमा पनि प्रश्न रहेको छ । चल्ने भएको खण्डमा आफूहरू लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी चलाउन तयार रहेको भए पनि सुरक्षा मापदण्डबारे कुनै जानकारी नै नभएको महासङ्घका महासचिव सरोज सिटौलले बताए । उनले भने, “गाडी चलाउने तयारीमा…

Read More

झापा, २५ साउन । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भाइरसको सङ्क्रमण न्यून भई विद्यालय सञ्चालन गर्न अनुकूल भएको स्थानमा समेत विद्यालय खोल्न स्थानीय तहलाई अनुमति दिन नसकिने स्थितिमा पुगेको छ । मन्त्रालय पनि माथिल्लो तहसित निर्देशन एवं समन्वयको प्रतीक्षामा रहेपछि अन्योल बढेको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले केही जिल्ला तथा स्थानीय तहमा सङ्क्रमणको अवस्था न्यून भए पनि विद्यालय सञ्चालन गर्न मन्त्रालयले अनुमति दिन नसकिने बताए । उनले स्थानीय तहबाट यस खालको प्रस्तावसमेत आएको छैन भनी स्पष्ट…

Read More

झापा, २५ साउन । राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा- कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ। ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले कोरोना जितेका छन्। जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। तीमध्ये ६ हजार २ सय ६ जना उपचारका क्रममा छन्। १६ हजार ३ सय १३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन्। मुलुकमा कोरोना संक्रमण ह्वात्तै…

Read More

बिर्तामोड, २४ साउन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न कनकाई नगरपालिकाले हाट बजार बन्द गरेको छ । नगरपालिकाको आजको नगर कार्यपालिकाको निर्णय बमोजिम आगामी भदौ ५ गतेसम्मका लागि नगर क्षेत्रका सबै हाट बजार बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिनुभयो । ‘बढ्दो संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न अर्को सूचना नहुञ्जेलका लागि आइतबारदेखि हाटबजार बन्द गर्ने निर्णय भएको हो’, उहाँले भन्नुभयो । अन्य पसल, बैंक तथा वित्तीय संस्थाहरु बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मका लागि मात्र खुल्ला गर्न पाइने नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । ‘कोरोनाको संक्रमणबाट नगरबासीलाई बचाउनु हाम्रो दायित्व हो’,…

Read More

झापा, २४ साउन । देशभर आज थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कुल निको हुने संख्या १६ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७८८ जनाको परीक्षण भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार…

Read More