
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, २३ साउन । इलामको माई नगरपालिका–२ का १४ वर्षीय बालक रुबिन मगर माई खोलाले बगाएर बेपत्ता भएका छन् । गाईबस्तु हेर्न गएका मगर बिहीबार दिउँसो ४ बजेको समयमा माई खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएको भन्ने जानाकरी पाए लगत्तै प्रहरी चौकी दानावारीबाट प्रहरी टोली खटि गई स्थानीयबासी समेतको सहयोगमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
रोहित काफ्लेभद्रपुर, २३ साउन । कोरोना भाइरस संक्रमण पुष्टि भई २१ दिनसम्मको उपचारपछि निको भएर घर फर्किएका झापा भद्रपुरका ख्यामबहादुर खत्रीले कलबलगुरी सामुदायिक क्वारिन्टिनलाई लुगा धुने वासिङ मेशीन सहयोग गरेका छन् । आफ्ना दाजु ओमसँगै बिहीबार क्वारिन्टिन पुगेका ख्यामबहादुरले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठमार्फत क्वारेन्टिनमा ५० हजार मूल्य बराबरको वासिङ मेशीन र ३५ थान तन्ना उपलब्ध गराएका थिए । आफ्नै व्यवसाय सञ्चालन गर्नेक्रममा लामो समयदेखि भारतको गुजरातम बस्दै आएका ३९ वर्षीय खत्री भारतमै रहँदा बिरामी परेपछि लकडाउनकै समयमा काँकरभिट्टा नाका हुँदै घर आएका थिए । नेपाल आएर क्वारिन्टनमा बसेका उनको दोस्रोपटकको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि धरानको विपि कोइराला स्वास्थ्य…
धरान, २३ साउन । जिल्ला खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठलाई पक्राउ पूर्जी आदेश जारी भएको छ । खानेपानी परियोजनाको पाइप तोडफोड गरेको भन्दै उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आदेश दिएको छ । धरान उपमहागरपालिका खानेपानी व्यवस्थापन बोर्डले मंगलवार हर्क साम्पाङ र खानेपानी संस्थानका प्रमुख श्रेष्ठलाई किटानी जाहेरी दिएपछि सामपाङ घरबाटै पक्राउ परेका छन् भने श्रेष्ठ अझै फरार छन् । पक्राउ परेका साम्पाङलाई सार्वजनिक सम्पत्ति नोक्सान गरेको अभियोगमा सुनसरी जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ । फुस्रे सिस्टममा सर्दु र खर्दुको खानेपानीको मुहान क्षेत्र तोडफोड गरेको आरोपमा साम्पाङलाइ प्रहरीले मंलवार पक्राउ गरेको थियो । सार्वजनिक सम्पत्ति हानीनोक्सानीको…
विराटनगर, २३ साउन । प्रदेश नं १ मा यस वर्षको साउन तेस्रो सातासम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जानकारी दिएको छ । गत वर्ष यसै अवधिमा ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाजस्ता कारणले रोपाइँ बढेको निर्देशनालयले बताएको छ । निर्देशनालयका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमीनमध्ये २२ हजार ९८३ हेक्टर क्षेत्रफलमा अर्थात् ९५ प्रतिशत रोपाइँ भएको छ । यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंगा र खोटाङ गरी ९० हजार ९१६…
काठमाडौँ, २३ साउन । वीरगन्जमा बिहीबार कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ बर्षका पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । बिहिबार बिहान करिब ८ बजे मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा बिहीबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । मृतक मुटुरोगी, निमोनिया र श्वास प्रश्वासको समस्या देखिएपछि गत मगंलवार दिउँसो कोभिड अस्पतालमा लगेर भर्ना गरिएको मेसु डाक्टर उपाध्यायले बताए । यस्तै गत साउन २०…
काठमाडौं, २३ साउन । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको कुनै अत्तोपत्तो छैन । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् । इडिसिडीले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका…
झापा, २३ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा शुल्क सम्बन्धित विद्यार्थी अध्ययन गर्ने विद्यालयमा फिर्ता गर्नुपर्ने माग सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले गरेको छ । विद्यार्थीको नतिजा प्रकाशन विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गरिने निर्णयपछि अब शुल्क फिर्ता गर्नुपर्ने आफूहरूको माग रहेको महासङ्घका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । विद्यार्थीसित सरकारले जम्मा छ सय रुपियाँ परीक्षा शुल्कबापत लिने गरेकोमा यसअघि नै एक सय रुपियाँ सम्बद्ध विद्यालयले राख्ने गरेको छ ।…
झापा, २३ साउन । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो। देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन्। अहिले कांग्रेसमा करिब पाँच लाख क्रियाशील सदस्य छन्। अब पाँच लाख क्रियाशील सदस्य थपिनेछन्। पदाधिकारी बैठकमा भएको सहमतिलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन्। ‘छिट्टै केन्द्रीय समिति बैठक बसेर औपचारिक निर्णय हुनेछ’, कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले भने। पार्टीका पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक बसेको हो। विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने…
झापा, २२ साउन । नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो। यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन्। तीमध्ये ३ जना ९०।३५ प्रतिशत०को मृत्यु भएको छ। ‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर निकै ठूलो हो। कोरोनाले बालबालिकालाई केही असर गर्दैन भन्ने सन्देश सुरुआती दिनमा गयो। त्यो सच्चिनुपर्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा। सुरेश तिवारीले भने, ‘बालबालिकालाई सुरक्षित राख्न अभिभावकीय कर्तव्य हुनुपर्छ। जनस्वास्थ्यका दृष्टिले यो विशेष सन्देश हो।’ वृद्धवृद्धामा भने रोग प्रतिरोधात्मक क्षमता नै न्यून हुन्छ। ‘संख्यात्मक हिसाबले २ जनाको मृत्यु…
झापा, २२ साउन । कोरोना संक्रमणबाट गत शुक्रबार ललितपुर–१४ थसिखेलकी ६७ वर्षीया महिलाको मृत्यु भयो । वीरगन्जबाट फर्किएको केही समयपछि मृतक महिलालाई कोरोना पुष्टि भएको थियो । उनको परिवारका अन्य पाँच जनालाई पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । कार्यालय प्रमुख खगेश्वर गेलालका अनुसार ती महिला तराईबाट आएपछि क्वारेन्टाइनमा बसिनन् । घर बस्दा न्यूनतम स्वास्थ्य सावधानी पनि नअपनाइएकाले सो परिवारका अन्यलाई पनि संक्रमण भएको थियो । वीरगन्जबाट आएको केही दिनमा कोरोनाका लक्षण देखिन थालेपछि मात्रै ती महिला अस्पताल पुगेकी थिइन् । उनी उच्च रक्तचापको बिरामीसमेत थिइन् । कोरोना संक्रमण पुष्टि भएको केही दिनमा पाटन अस्पतालमा उनको मृत्यु…