
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २१ साउन । भद्रपूर नगरपालिकाको नगर युवा परिषदको कार्यकारी उपाध्यक्षमा सरोज ढकाल नियुक्त भएका छन् । भद्रपुर नगर कार्यपालिकाको निर्णयले युवा अभियन्ता, संघीय युवा संजाल सदस्य एवं प्रदेश १ इन्चार्ज तथा संघीय युवा संसद २०७६ का प्रतिपक्ष दलका नेता समेत रहेका ढकाललाई नियुक्त गरेको हो । नगर कार्यपालिकाले गतवर्षको फाल्गुन १५ गते नै ’नगर युवा परिषद कार्यविधि’ पारित गरेतापनि कोरोनाका कारण उत्पन्न असहज परिस्थिका बाँकी कानुनी प्रक्रिया अगाडि बढाउन ढिलाई भएको थियो । प्रकृया पूरा गरेर असार ८ गतेको कार्यपालिका बैठकले कार्यकारी उपाध्यक्षमा ढकाललाई नियुक्ती गर्ने निर्णय गरेको थियो । बुधवार औपचारिक रूपमा ढकाललाई पदभार ग्रहण गराइएको छ ।…
कनकाई, २१ साउन । शिवसताक्षी नगरपालिकाले नगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाट बजार बन्द गरेको छ । कोरोना नियन्त्रण तथा राहत व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले लकडाउन खुकुलो भएपछि साप्ताहिक रुपमा लाग्दै आएको बजार बुधबारदेखि बन्द गर्ने निर्णय गरेको हो ।जिल्लाका बिर्तामोड र अर्जुनधारा नगरपालिकामा स्थानीय पालिकाले लकडाउन गरेपछि त्यसको प्रभाव शिवसताक्षी नगरका बजारमा समेत परेको हो । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सातामा लाग्ने बजार भदौ २ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको बताए । उनले भने, ‘कोरोनाको संक्रमण फैलन नदिन नगरका बढी भिडभाड हुने बजार र धार्मीक तथा पर्यटकीय स्थल बन्द गरिएको हो ।’ समितिको निर्णयलाई अटेर गरेर…
झापा, २१ साउन । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य रू १ लाख नाघेको छ । पछिल्लो समय लगातार सुनको मूल्य बढेकोमा बुधवार भने एकैदिन रू १ हजार ६०० ले बढेर नयाँ उचाई कायम भएको छ । नेपला सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला रू १ लाख १ हजार ४०० मा कारोबार भइरहेको छ । त्यसैगरी तेजाबी सुन भने प्रतितोला रू १ लाख ९०० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा रू ६५ बढेर प्रतितोला रू १ हजार २९५ मा कारोबार भइरहेको छ ।अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३० डलरमा पुगेको छ…
झापा, २१ साउन । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि झापासहित देशभरका १४ ओटा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ ओटा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, बझाङ, दार्चुला, सर्लाही, सप्तरी, धनुषा, नुवाकोट, बाँके, पर्सा, बारा, महोत्तरी र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ । पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ । यस्तै सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएकोे छ…
काठमाडौँ, २१ साउन । नेपालमा आज थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५७ र ललितपुरका ५ सहित ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको छ । कोरोनाबाट थप २ को मृत्यु, मृतकको कुल संख्या ६० पुग्योआज देशभरिका अस्पतालमा ६ हजार १ सय ७३ जना संक्रमित उपचाररत रहेका छन । प्रवक्ता डा। गौतमका…
वीरगञ्ज, २१ साउन । पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । कोरोना…
अष्ट्रेलियाको एक चिडियाखानामा रहेको जिराफले गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएको छ । ‘फरेस्ट’ नामक उक्त जिराफले विश्वकै अग्लो जिराफको कीर्तिमानी दर्ज गरेको हो । १२ वर्ष उमेरको उक्त जिराफलाई दुनियाकै सबैभन्दा अग्लो जीवित जिराफ घोषित गरिएको गिनिज वल्र्ड रेकर्डस्ले जनाएको छ । यो जिराफ यति धेरै अग्लो छ कि त्यसको जिउको उचाइ नाप्न निकै मुस्किल पर्यो । गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अधिकारीहरुले उक्त जिराफको मापनका लागि एउटा नापवाला विशेष खम्बा बनाएका थिए । यो जिराफको उचाइ १८ फिट ८ इन्च छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड चिडियाखानामा फरेस्ट नामको यो कीर्तिमानी जिराफ छ । अस्ट्रेलियाका वन्यजन्तु संरक्षणकर्मी स्टिभ इरविनको…
भद्रपुर, २१ साउन । झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समिति झापाको संयुक्त आयोजनामा जिल्ला समन्वय समिति भद्रपुरको सभा हलमा मङ्गलवार सम्पन्न एक कार्यक्रमका बिच झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन । स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै २०७७ साल असार ३१ गते जिल्लाका १५ वटा स्थानीय तहमध्ये ८ नगरपालिका र ७ गाँउपालिकाहरुबाट प्राप्त विवरणका आधारमा झापालाई पूर्ण खोप…
काठमाडौँ, २१ साउन । लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले कम्तीमा ७० जनाको मृत्यु भएको पुष्टि गर्दै ४ हजार व्यक्ति घाइते भएको जानकारी दिएका छन् । लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक दिवस घोषणा गरेका छन् । अधिकारीका अनुसार भारी बिस्फोटक पदार्थ भण्डार गरिएको एक गोदाममा बिस्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले ट्वीट गर्दै २ हजार ७ सय ५० टन बिस्फोटक नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्विकार्य भएको बताएका छन् । बिस्फोट कसरी भयो यसको अनुसन्धान जारी छ । घटनास्थलमा भएका बीबीसी पत्रकारका अनुसार शव छरिएका छन् र भारी क्षति भएको छ । प्रधानमन्त्री…
काठमाडौं, २१ साउन । यतिबेला वर्षा गराउने मनसुनी ट्रफ अर्थात् न्यून चापीय रेखा नेपालभन्दा पर दक्षिणतिर सरेको छ । मौसम पूर्वानुमान महाशाखाको मौसमी विवरणमा उल्लेख रहेको यस सूचनाले नेपालका धेरै भूभागमा मौसम सफा छ भन्ने जानकारी दिन्छ । अर्थात् पानी परेको छैन । सधैँ चर्चा भइरहने न्यून चापीय रेखा के हो त ? मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनमा माथिल्लो वायुमण्डलमा बन्ने एउटा मौसमी रेखा नै न्यून चापीय रेखा हो । यो रेखा पृथ्वीको भूमध्यरेखा, अक्षांश र देशान्तर रेखाजस्तो तटस्थ रेखा हैन । यसले भौगोलिक विवरण हैन मौसमी विवरण बताउँछ । मानन्धरका अनुसार जमिनबाट करिब १२ देखि १८ किलोमिटरमाथिको वायुमण्डलमा बन्ने…