झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २० साउन । झापामा आज थप आठ जना कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट फर्किएका हुन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट भएको पिसीआर परीक्षणमा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । कचनकवल गाउँपालिकाका ३ जना, भद्रपुर नगरपालिका–८ का १ जना, गौरीगञ्ज गाउँपालिकाका २ जना र दमक नगरपालिकामा २ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरुको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार हुने भएको छ । बिर्तामोड र अर्जुनधाराका पाँच जना संक्रमितको पनि मेची अस्पतालमा उपचार भइरहेको छ । यो सँगै झापामा संक्रमितको संख्या ३ सय ८३ पुगेको छ…

Read More

झापा, २० साउन । मेची अस्पताल भद्रपुरमा कोरोना भाइरसको नमूना परीक्षणसँगै संक्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पीसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले दुईओटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ । अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमवारदेखि संक्रमितको उपचार र पीसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताए । अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो । प्रयोगशालामा भइरहेको कोरोना भाइरसको परीक्षण नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र बुधवारदेखि नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले बताए । अस्पतालको आइसोलेसनमा यसअघि कोरोना भाइरसका संक्रमितलाई राख्ने गरिएको…

Read More

काठमाडौं, २० साउन । ३२ अर्ब लागत अनुमान गरिएको रेलमार्गको ठेक्का प्रक्रिया रोकिएको छ । रेल विभागले आह्वान गरेको उक्त ठेक्का प्रक्रियाप्रति असहमति जनाउँदै याक्थुम्बहाङ निर्माण सेवासहित ५ वटा निर्माण कम्पनीले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरकालीन आदेश दिँदै यो प्रक्रिया अघि नबढाउन भनेको हो । अदालतको न्यायाधीश शान्ता सेढाइँ सापकोटाको एकल इजलासले सोमबार त्यस्तो आदेश जारी गरेको उच्च अदालत पाटनले जनाएको छ । अदालतको यो आदेशसँगै रेल्वेको ठेक्का प्रक्रिया यथास्थितिमै रोकिने भएको छ । गत असार १३ र १७ गते रेल विभागले सुनसरीको इनरुवादेखि झापाको काँकडभिट्टासम्म रेलवेको ट्रयाक निर्माणका लागि ५४ वटा ठेक्काको लागि बोलपत्र आह्वान गरेको थियो…

Read More

झापा, २० साउन । पछिल्लो २४ घण्टामा मुलुकभरमा २५९ जना संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २५९ जना संक्रमित थपिएको जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको उनले बताए । जसमध्ये हालसम्म १५ हजार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ सय ३४, प्रदेश नम्बर २ मा २ हजार ४ सय २७, बागमती प्रदेशमा ७ सय १६ र गण्डकी प्रदेशमा…

Read More

गोरखा, २० साउन । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको उनले बताए । “पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो”, प्रहरी उपरीक्षक अधिकारीले भने, “पक्राउ परेका रानाभाटविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।” पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको…

Read More

झापा, २० साउन । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य मंगलवार प्रतितोला रू ९९ हजार ८०० पुगेको छ । सोमवार सुनको मूल्य स्थिर रहेता पनि आइतवारको तुलनामा मंगलवार रू ३०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला रू ९९ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बतएको छ । यसैगरी महासंघले मंगलवारका लागि तेजाबी सुनको मूल्य भने रू ९९ हजार ३६५ तोकेको छ । चाँदीको भने मंगलवार प्रतितोला रू।१ हजार २३० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर बढीरहेको व्यवसायीहरुले बताएका छन् । अन्तरराष्ट्रियस्तरमा नै लगानीका लागि सुरक्षित क्षेत्रको…

Read More

ममता थापाकाठमाडौं, २० साउन । बन्दाबन्दी अन्त्य भएको करीब २ साता बितिसक्दा पनि बैंकबाट प्रवाह हुने नयाँ कर्जा बढ्न सकेको छैन । बैंकहरूले कर्जाको ब्याजदर घटाए पनि बैंकमा नयाँ कर्जा लिन ऋणीहरू खासै नआएको बैंकरहरू बताउँछन् । वाणिज्य बैंकहरूबाट गत असारमा थप ८६ अर्ब रुपैयाँको कर्जा प्रवाह भए पनि साउनको १६ दिनमा ३६ अर्ब ९५ करोड रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ । गत असारसम्म २७ ओटा वाणिज्य बैंकबाट प्रवाहित कर्जाको उठ्न बाँकी रकम रू। २९ खर्ब ३ अर्ब रहेको छ । साउन १६ गतेसम्ममा यस्तो कर्जा २८ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ छ । थप कर्जा प्रवाह हुन नसक्दा…

Read More

लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा जेलमा रहेको एउटा बिरालोले जेलब्रेक गरेर भागेको छ । श्रीलंकाको एक मुख्य जेलमा थुनिएको उक्त बिरालो सोमबार भागेको हो । सो बिरालो लागुऔषध र मोबाइल फोनका सिमकार्ड तस्करीको प्रयास गर्दागर्दै पक्राउ परेको थियो । सुरक्षा अधिकारीहरुले श्रीलंकाको वेलिकाडा जेलमा गत शनिवार सो बिरालोलाई सिमकार्ड, लागु औषध र मेमोरी कार्डसहित पक्राउ गरेका थिए । उक्त बिरालोको घाँटीमा दुई ग्राम हेरोइन, दुईवटा सिमकार्ड तथा मेमोरी एउटा प्लास्टिकको झोलामा बेरिएको अवस्थामा फेला परेको थियो । अवैधानिक काममा संलग्न गराइएको सो बिरालोलाई प्रहरीले समाएर जेलकै एउटा कोठामा हिरासतमा राखेका थिए । तर सोमबार आफूलाई राखिएको कोठाबाट सो बिरालो भाग्न…

Read More

झापा, २० साउन । प्रदेश नम्बर १ मा सोमवार ५७ जनामा संक्रमण देखा परेको छ । प्रदेश नं १ मा सोमवार गरिएको ९५१ जनाको पीसीआर परीक्षणमध्ये १८ महिलासहित ५७ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताए । संक्रमित देखिएकामध्ये मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जना रहेका छन् । मोरङको विराटनगरका ६ महिलासहित २२, रङ्गेलीका ९ महिलासहित २२, कटहरीका २ महिला, झापाको अर्जुनधाराका ५, विर्तामोडका १ महिला, सुनसरीको इटहरीका ३, धरान र इनरुवामा १÷१ जना रहेका छन् । प्रदेशमा संक्रमितको संख्या एक हजार १२८ पुगेको छ । प्रदेशबाट सोमवार ८ जना संक्रमित निको भई…

Read More

भद्रपुर, २० साउन । मेची अस्पताल भद्रपुरमा कोरोना भाइरस परीक्षणका लागि को पिसीआर ल्याब तयार भएको छ । पिसीआर ल्याब तयार भएसँगै अस्पतालका ल्याब टेक्निसियनले दुई दिनसम्म नमुना परीक्षण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिनुुभयो । तालिम प्राप्त ल्याब टेक्निसियनले गरेको नमुना परीक्षण सफल भएको र ल्याबलाई चाहिने किट आउन बाँकी रहेकोले सेवा सुचारु गर्न केहि ढिलाई हुन गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ठाकुरले बताउनुभयो । ल्याबलाई चाहिँने आरएनए एक्स्ट्र्याक्सन किट र पिसीआर किट स्वास्थ्य मन्त्रालयसँग माग गरिसकेको र विराटनगरसम्म दुवै किट आइपुगेको जानकारी प्राप्त भएकोले मंगलबार विहानसम्म किट आइपुग्ने उहाँले बताउनुभयो । किट आइपुगेपछि पुनः मंगलबार…

Read More