झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा अध्ययन अगाडि बढाउन अनुरोध गरेका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन्। प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुप¥यो ।” प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताएको सुवेदीले जानकारी दिए…

Read More

प्राणघातक रोग क्यान्सर भन्ने बित्तिकै जो कोहीको मन डराउँछ । बदलिँदो जीवनशैली तथा प्रदूषणलगायतका कारण पछिल्लो समयमा विश्वमा क्यान्सर रोगीहरुको संख्यामा समेत वृद्धि हुँदै गएको तथ्यांक छ । आधुनिक युगमा मानिसका लागि डरलाग्दो रोग करोडौँ वर्ष अघिचाहिँ पृथ्वीमा रहेका विशालकाय जीवहरुमा समेत रहेको तथ्य पत्ता लागेको छ । पृथ्वीमा भएको प्रलयका कारण करोडौँ वर्षअघि लोप भएको मानिएको डाइनोसरमा समेत क्यान्सर जस्तो प्राणघातक रोग हुने गरेको वैज्ञानिकहरुले निष्कर्ष निकालेका छन् । सन् १९८९ मा क्यानडाको अल्बर्टा प्रान्तमा डाइनोसरको हड्डी फेला परेको छ । ७ करोड ६० लाख वर्ष पुरानो उक्त हड्डीमा देखिएको एउटा असाधारण बनोटका विषयमा वैज्ञानिकहरुले अध्ययन जारी राखेका थिए…

Read More

झापा, २४ साउन । सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ ओटा देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार २५ र सबैभन्दा कम इरान, आर्मिनिया र चेक गणतन्त्रबाट दुई–दुईजना छन् । त्यसैगरी साउदी अरेबियाबाट ६ हजार ५८२, मलेशियाबाट ६ हजार ४६४, कुवेतबाट ६ हजार ३२० र कतारबाट ४ हजार ७१८ जनाको उद्धार भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार हालसम्म प्रदेश नं १ का ९ हजार ४१८, प्रदेश नं २ का…

Read More

झापा, २४ साउन । नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई÷तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलको भनाइ छ । “केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ”, मौसमविद् कँडेलको भनाइ छ । मौसमविद्का अनुसार यस वर्ष मनसुन बढी सक्रिय भएको छ । यस वर्ष निरन्तर वर्षा भइरहेको छ । मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको बताइएको छ । आज रातिबाट दुई÷तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै…

Read More

विराटनगर, २४ साउन । विराटनगरमा एक सातायता कोरोना समुदायस्तरमा फैलिसकेको छ। प्रदेश प्रहरी कार्यालय, विराट अस्पताल र कोशी अस्पताल हुँदै कोरोना समुदायस्तरमा पुगेको हो। गत साउन ७ गतेदेखि सरकारले लकडाउन खोलेसँगै कोरोनाको स्थानीय संक्रमणले टाउको उठाएको हो। करिब ४ महिना लामो लकडाउनको अवधिमा विदेशबाट आएकामा मात्रै देखिएको कोरोना अब ट्राभल हिस्ट्री नभएकामा पनि देखिन थालेको हो। पछिल्लो पटक नेपालका वीरगञ्‍ज, जनकपुर, नेपालगञ्‍ज र विराटनगरमा कोरोना समुदायस्तरमा देखिन थालेको छ। शुक्रबार विराटनगरका तीनजना पत्रकारमा पनि कोरोना देखिएको छ। यसअघि स्थानीय चिकित्सक, कर्मचारी र प्रहरीहरूमा देखिएको कोरोना फिल्डमा खटिएर रिपोर्टिङ गर्ने पत्रकारमा पनि देखिएको हो। विराटनगरका पत्रकार सञ्‍जीव खनालले आफूलाई पनि कोरोना…

Read More

मेचीनगर, २४ साउन । मेचीनगर नगरपालिकाको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको शुक्रबारको बैठकले नगरका दुईवटा वडा अर्को निर्णय नभइञ्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरका विभिन्न वडामा समेत समुदायमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण देखा परेपछि शुक्रबार राति १२ बजेदेखि लागुहुने गरी मेचीनगर–९ र १० नम्बर दुईवटा वडालाई अर्को निर्णय नभईञ्जेल लकडाउन गर्ने निर्णय गरेको हो । साथै मेचीनगर ९ र १० का सबै क्षेत्रमा हिडडुलमा समेत कडाइ गरिएको छ । कार्यदल संयोजक विमल आचार्यको अध्यक्षता र प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीसहित नगरका क्रियाशील राजनीतिक दलका प्रमुख प्रतिनिधिसहितको बैठकले वडा नं।९ र…

Read More

बिर्तामोड, २४ साउन । हात छोएको निहुँमा कुटपिट गरी हत्या गर्ने एक फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले साविक जलथल गाविस–८ का दुर्गा मगर भनिने दुर्गाबहादुर थापामगरलाई घटनाको १७ वर्षपछि बिहीबार पक्राउ गरेको हो । अभियुक्त थापामगरले २०६० साल मंसिर ३० गते झापा गाउँपालिका–४ (साविक टाघनडुब्बा–४) का ४५ वर्षीय बिरिकलाल माझीको कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । फरार अभियुक्त खोजी कार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालयले दुर्गाबहादुरलाई बिहीबार मेचीनगर–१२ शहरेडाँगीस्थित आफन्त घरबाट लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रमुख कोइरालाले बताउनुभयो । “घटनापछि अभियुक्त थापामगर…

Read More

झापा, २४ साउन । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ । पछिल्लो ३६ दिनयता शुक्रबार मात्रै सबैभन्दा धेरै ४ सय ६४ जना संक्रमित थपिएका छन् । शुक्रबार मात्रै थप ५ जनाको मृत्यु भएको छ । मृतकको उमेर समूह अधिकांशको ४० देखि ६० वर्ष छ । पछिल्लो एक साताको अवधिलाई आधार मान्दा दैनिक ३ सय ४९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । गत…

Read More

झापा, २४ साउन । वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार न्यूनचापीय रेखा उत्तरतर्फ सर्दैछ । त्यसपछि नेपाल नजिक आइपुग्नेछ । त्यसैका कारण शनिबारदेखि नेपालमा मनसुन सक्रिय हुने क्रम बढ्ने उनले बताए । विशेषगरी प्रदेश १, २ र बाग्मती प्रदेशमा वर्षा हुने सम्भावना छ । यस क्षेत्रका केही स्थानमा ठूलो वर्षा हुनेछ । मनसुनी रेखा नेपालतर्फ अगाडि बढ्दा त्यसको असर भने शुक्रबारदेखि नै…

Read More

काठमाडौं, २४ साउन । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अद्यावधिक गरिएसँगै त्यस्तो बाटो खुलेको हो । हाल राष्ट्रिय भवन संहिता १०५ः१९९४ कार्यान्वयनमा रहेकामा मन्त्रिपरिषद् बैठकले अद्यावधिक राष्ट्रिय भवन संहिता १०५ः२०२० लाई स्वीकृत गरेसँगै अब नयाँ मापदण्डसहितको संहिता कार्यान्वयनमा आउनेछ । अद्यावधिक राष्ट्रिय भवन संहिता मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कतिपय अवस्थामा भारतीय संहितामा भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ । नेपालमा २०७२ सालमा गएको भूकम्प, विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न मुलुकमा…

Read More