
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १६ साउन । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको साउन १५ गते मृत्यु भएको हो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो । यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ का ३५ वर्षका पुरुषको साउन…
भद्रपुर, १६ साउन । संघीय सरकारको निर्णय विपरित भद्रपुर नगरपालिकाका क्षेत्रमा विद्यालय सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले बन्द गराएको छ । सरकारले सबै क्षेत्र खुल्ला गरेपछि शिक्षा क्षेत्रका विषयमा निर्णय लिने बताइ रहेका बेला भद्रपुर नगर शिक्षा समितिको साउन ८ गतेको बैठकले विद्यालय सञ्चालन गर्न दिएपछि सञ्चालनमा आएका विद्यालयहरू शुक्रवारबाट बन्द गराइएको हो । भद्रपुर नगरपालिकाका क्षेत्र भित्रका अधिकाम्स संस्थागत तथा केही सामुदायिक विद्यालयले ९ र १० कक्षाको पढाइ शुरु गरेका थिए । साउन ८ गतेयता विद्यालय आउन थालेका विद्यार्थीहरूले साउन १६ गतेबाट सरकारको निर्णय नआएसम्म विद्यालय आउन नपाउने भएका छन् । भद्रपुर क्षेत्रमा विद्यालय खुल्ला रहेको हल्ला…
मोरङ, १६ साउन । चिसाङ खोलाको बीच टापुमा फसेका मोरङको लेटाङ नगरपालिका–३ का ४५ वर्षीय सन्तोष राईलाई सकुशल उद्धार गरिएको छ । आज दिउँसो सवा ४ बजे चिसाङ खोलाको बीच टापुमा दाउरा टिप्न गएको अवस्थामा एक्कासी पानीको बहाब बढी टापुमै फसेको भन्ने जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले अन्य सुरक्षा निकाय समेतको सहयोगमा पौने ५ बजे सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । गाँजा बिक्री बितरण गर्ने दुई जना पक्राउयसैबीच, मोरङको पथरी शनिश्चरे नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध गाँजा बिक्री बितरण गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको छ । स्थानीय ३२ वर्षीय बर्ममोहन यादवले लागुऔषध गाँजा बिक्री वितरण…
इलाम, १६ साउन । इलामको माङसेबुङ गाउँपालिका–५ का २८ वर्षीय चन्द्रबहादुर थेगिमको माई खोलाले बगाएर मृत्यु भएको छ । आज बिहान साँढे १० बजेको समयमा परिवारसहित माई खोलामा पुजा गर्न गएको र पुजा गर्नु अगाडी खोलामा नुहाउने क्रममा अचानक खोलाले बगाउँदा थेगिमको मृत्यु भएको भनी आफन्तले खबर गरेसँगै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, १६ साउन । नेपाली बजारका सुनको मूल्यले शुक्रवार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा बिहीवारको तुलनामा रू. ३०० ले वृद्धि भएको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रू ९९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रू।९८ हजार ८६५ मा कारोबार भइरहेको छ । शुक्रवारको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । विगत एक सातादेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ । उता चाँदीको मूल्य भने प्रतितोला रू २५ घटेर रू १ हजार २०० मा कारोबार भइरहेको छ । गत बिहीवार…
मोरङ, १६ साउन । मोरङको बुढी गंगा गाउँपालिका–२ विराटनगर इटहरी सडक खण्डमा बिहीवार राति साँढे ८ बजे भएको बस दुर्घटनामा परी बस चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । विराटनगरबाट ईटहरी तर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस आफै अनियन्त्रीत भई सडकको डिभाइडरमा ठोक्किन गई दुर्घटना हुँदा घाइते भएका चार जनालाई उपचारको लागि टिचिङ अस्पताल गंगा चोक लगिएकोमा उपचारको क्रममा बसका चालक धनकुटाको साँगुरी गढी गाऊँपालिका(७ का २९ बर्षीय जोशन राईको मृत्यु भएको हो । अन्य तीन जना घाइते सोही अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
इलाम, १६ साउन । इलाम नगरपालिककाको कार्यालयमा बृद्ध भत्ता लिन गई घर फर्कदै गरेकी देउमाई नगरपालिका–४ की ७२ बर्षीया सन्च रानी लिम्बु देउमाई नगरपालिका–२ मा रहेको सार्की खोलामा मृत फेला परेकी छन् । बिहीवार अपरान्ह साँढे ५ बजे उक्त खोलामा बृद्धा मृत अवस्थामा रहेको भन्ने जानाकरी पाए लगत्तै इलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटि गई मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
कलाकार हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ । आचार्यको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो पनि बनेको छ । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनीतिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ । सागरराज शर्माको निर्देशन रहेको भिडियोमा हरिवंश आचार्य, सशिकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी ९बुलेट०, सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय रहेको छ । भिडियोमा हरि हुमागाईंको छायाँकन र सुशिल न्यौपानेको सम्पादन रहेको छ ।
बाख्रीले दुध दिनु त अनौठो कुरा भएन । तर जब बोकाले दुध दिन थाल्दछ, तब त्यो दुनियाकै आठौँ आश्चर्य नबन्ने कुरा भएन । यस्तो अकल्पनीय घटना भारतको राजस्थानमा भएको छ । राजस्थानको धौलपुर जिल्लास्थित गुर्जामा एकजना किसानले घरमा पालेको एउटा बोकाले दिनहुँ दुध दिने गरेको छ । बोकाबाट दुहेको दुधलाई उसका मालिकले निकै स्वाद मानेर पिउने गरेका छन् । राजवीर नामका स्थानीय व्यक्तिले घरमा पालेको बोकाले दिनहुँ आधा लिटर दुध दिन्छ । राजवीरले १६ महिना अगाडि स्थानीय हाट बजारबाट अढाई हजार भारुमा सो बोका किनेका थिए । उनले किनेको उक्त बोका घरमा ल्याएको १० महिना पछि परिवर्तन हुन थाल्यो ।…
झापा, १६ साउन । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि शुक्रवारदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन शुक्रवारदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो । नेपालका दुई एयरलाइन्स नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान तालिका बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले सो अवधिसम्म जम्मा १८ उडान गर्नेछ । युएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेशियाको क्वालालम्पुर र जापानको नारितामा चार्टर उडान…