
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ असार । धेरैलाई लाग्न सक्छ– लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ पराइले ओगटेको यो भागले। २०५८ सालमा दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक सीमा विवाद नियाल्न कालापानीसम्म गए। ठूलै अनुरोध गरेर उनी त गए, तर सुरक्षाकर्मी लैजान पाएनन्। भयंकर खानतलासीपछि गएका लेखक सम्झिन्छन्, ‘सैनिक बलमै भारतले त्यो इलाका कब्जा गरेको ग¥यै छ।’ उत्तर चीनको सिमानामा करिब ७० किलोमिटर हिमाली पर्वत शृंखला छ। त्यसलाई लिम्पियाधुरा पर्वत शृंखला भनिन्छ। त्यसको पश्चिमको अग्लो…
झापा, २ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा २ हजारदेखि ५ हजार, तेस्रो चरणमा ५ हजारदेखि १० हजार र चौथो चरणमा १० हजारभन्दा माथि संक्रमितलाई आधार मानेर स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना बनाइएको थियो । संक्रमितको संख्यालाई आधार मान्दा अहिले तेस्रो चरणको कार्ययोजना लागु हुनुपर्ने हो । – ट्रेसिङ, ट्र्याकिङ र टेस्टिङ अझै सुस्त– निजी अस्पताल अझै उपयोगमा ल्याइएन– जिन सिक्वेन्सिङ खोइ ?– क्वारेन्टिन संक्रमणको स्रोत बन्दै– खर्च मितव्ययी नहुँदा प्रश्नै प्रश्न– संक्रमित दिन…
काठमाडौं, २ असार । विदेशी टेलिभिजन च्यानल प्रसारकहरूले कात्तिक ८ गतेबाट अनिवार्य रूपले ‘क्लिनफिड’ प्रविधि लागू गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले सोमबार यस्तो सूचना जारी गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ६ को उपदफा १ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको हुनाले सो सूचना जारी गरिएको जानकारी दिए । नेपालमा प्रसारणका लागि डाउनलिङ्कको अनुमति लिने च्यानलको सङ्ख्या १४७ छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा, १ असार । सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको जनाउनुभएको छ । उहाँले सो घटनाका सम्बन्धमा विस्तृत छानबिन तथा अनुसन्धानपछि न्यायिक निरुपणका लागि अभियोजन भइसकेको जनाउनुभएको छ । उहाँले मृतकको परिवार तथा घाइतेलाई मनासिव क्षतिपूर्ति भराउन अदालतमा माग दाबी भई पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको बताउनुभयो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती भन्ने स्थानमा गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४…
संसारको सबैभन्दा महँगो काठ के होला ? रक्तचन्दन, खयर, सिसौ, चाँप आदि भन्नुहोला । तर हामीकहाँ पाइने यी काठहरुको मूल्यभन्दा कैयन् गुणा बढी मूल्य पर्ने दुनियाँकै महँगो काठचाहिँ अफ्रिकामा पाइन्छ । अफ्रिकन ब्लाकउड प्रजातिको रुखको काठ नै विश्वको सबैभन्दा महँगो काठ हो । यो पृथ्वीमा उपलब्ध सबैभन्दा मूल्यवान सामग्रीहरु मध्ये एक हो भन्दा अत्युक्ति नहोला । किनकि यो रुखको केवल १ किलो काठलाई ८ हजार पाउण्ड अर्थात् ११ लाख रुपैयाँभन्दा धेरै मूल्य पर्दछ । अफ्रिकन ब्लाकउडको रुख पृथ्वीमा वास्तवमै दुर्लभ छ । यो वनस्पतीको उचाइ २५ देखि ४० फिटसम्म हुन्छ । मध्य र दक्षिण अफ्रिकी महादेशका विभिन्न २६ वटा देशमा…
झापा, १ असार । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा वार्ताको वातावरण निर्माणका लागि भारतीय नेतासँग आफूले छलफल गरिरहेको समेत बताउनुभयो । उहाँले भारतीय नेताहरुले वार्ताको वातावरण बनाउन आफूलाई पटकपटक आग्रह गरेकोसमेत जानकारी दिनुभयो । “भारतका विदेशमन्त्री जयशङ्कर, अर्थमन्त्री निर्मला सीतारमन जेएनयुकै सहपाठी हुुनुहुन्छ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, “उहाँहरुसँग भावनात्मक सम्बन्ध पनि भएकाले बेलाबेलामा सम्पर्क भइरहेको छ ।” उहाँले भन्नुभयो, “अब त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार ढङ्गले लाग्नुपर्छ ।” उहाँले वार्ताको नेतृत्व सरकारले गर्नुपर्ने भन्दै आफू सहजीकरण गर्न सहयोगी…
काठमाडौँ, १ असार । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको हो । हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान श्रीलङ्काको कोलम्बो र माल्दिभ्सको मालेबाट हुनेछ । यो गन्तब्यमा पहिलो उडानको ३८० डलर तोकिएको छ । कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर निर्धारण गरिएको छ । त्यसैगरी बङ्गलादेशको ढाकाबाट उडान गर्नका लागि १६५ डलर निर्धारण गरिएको छ । युएईको आबुधावीको भाडा ३६५ डलर तोकिएको छ । त्यस्तै साउदी…
झापा, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका २०७७–७८ को लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल बजेटमध्ये चालूतर्फ १८ अर्व ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६.२९% बजेट छुट्टिएको छ भने पुँजीगततर्फ २१ अर्व ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३.७१% रहेको छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले वित्तीय व्यवस्थापन तर्फ ४ करोड र अन्तर सरकारी वित्त हस्तान्तरणमा लागि रु २ अर्व ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको बताए । बजेटको स्रोतको विषयमा मन्त्री आङ्ग्बो आन्तरिक स्रोतबाट ४ अर्व ७५ करोड…
बिर्तामोड, १ असार । बिर्तामोड नगरपालिकाले कक्षा-५ र ६ मा पनि ‘आचरण सचेतना शिक्षा’ लागू गर्ने भएको छ । आफैँले पाठ्यक्रम बनाएर नगरपालिकाले आचरण शिक्षा पढाउन लागेको हो । विद्यालय तहमा असल संस्कार र आचरणको विकास भए मात्रै नागरिक देशप्रति जिम्मेवार बन्न सक्छ भन्ने अवधारणाका आधारमा बिर्तामोड नगरपालिकाले स्थानीयताका आधारमा आफ्नै पाठ्यक्रम बनाएको हो । नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले यसको अवधारणा अघि सार्दै नैतिक मूल्य र मान्यताका विषयमा सानैदेखि पढाउनु पर्नेमा जोड दिँदै आएका छन् । यसअघि नगरपालिकाले गतवर्षदेखि ३ र ४ कक्षामा ‘आचरण सचेतना शिक्षा’ लागू गरेको थियो । बिर्तामोडका निजी तथा सरकारी विद्यालयका विद्यार्थीले अनिवार्य रुपमा ‘आचरण सचेतना…
झापा, १ असार । प्रदेश सरकारले झापाको भद्रपुरस्थित मेची अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन उपकरण, जनशक्ति र पूर्वाधार विकासमा सहयोग गर्ने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री इन्द्र आङ्वोले मेची अस्पतालको उपचार सेवालाई थप गुणस्तरीय बनाइने बताएका छन् । अर्थमन्त्री आङवोले प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्दै सिटी स्क्यान, हेमोडाइलोसिस सेवा र भेन्टिलेटरसहित सघन उपचार कक्षका लागि प्रदेश सरकारले २३ करोड रुपैयाँ उपलब्ध गराउने बताए । स्थापना भएको लामो समय भए पनि पर्याप्त सरकारी चासो नपुगेको मेची अस्पतालका लागि सरकारले यति ठूलो रकम दिने घोषणा गरेको पहिलो हो । प्रदेश सभा सदस्य गोपाल बुढाथोकीले…