
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३० असार । झापामा गत शनिवार खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव आज फेला परेको छ । भद्रपुर–३ बस्ने ३३ बर्षीय हिरण राई शनिवार अपरान्ह साढे ४ बजे घर नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा आज दिउसो साढे १ बजे कचनकबल गाउँपालिका( ५ बागाडागी स्थित मेची खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोरङ, ३० असार । मोरङको रतुवामाई नगरपालिका–३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा रतुवामाई नगरपालिका(७ का २४ बर्षीय अरुण ऋषिदेव खोलाले बगाएर बेपत्ता भएका छन् । सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास भईरहेको तथा हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
संखुवासभा, ३० असार । संखुवासभाको धर्मदेवी नगरपालिका–१ तेल्लोकका ६१ वर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमवार बिहानै मृतककै भतिजो स्थानीय ४३ वर्षीय गंगा राईले एक्कासी कुटपिट तथा धारिलो हतियारले समेत प्रहार गर्दा घाइते भएका राईलाई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संग्लन गंगा राईलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
सुरेन्द्र भण्डारीसुरुङ्गा, ३० असार । ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उक्ति झापाका मनकारी दाताहरुले प्रमाणित गरेका छन् । पुर्खाहरुले व्यवहारले सिद्ध गरेका कुरा आज हाम्रो समाजमा भनाइ र उखानका रूपमा प्रचलित छन् । त्यसैमध्येको ‘एकतामा बल हुन्छ’ भन्ने भनाइ पनि यसैसँग मिल्दोजुल्दो छ । सामूहिक सहयोगमा उदाहरणीय कर्म गर्न अग्रसर झापा विर्तामोड–२ चारपानेका युवा महेन्द्रकुमार गिरीको कल्पनामा ‘एकका लागि एक अभियान’ प्रारम्भ भयो । यसअघि पनि सामूहिक कर्ममा रमाउने गिरीले आफूजस्तै उत्साही युवा तथा अग्रजहरुको साथ र सहयोगमा महामारीको रूप लिएको कोरोना भाइरसका कारण उत्पन्न पीडामा मलम लगाउने योजना बन्नुभयो । महामारीको रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले विपन्न…
नानीमैया कटुवालसप्तरी, ३० असार। भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ । लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताउनुभयो । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पु¥याएको छ । भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति…
कनकाई, ३० असार । कनकाई नगरपालिकाको आर्थिक वर्ष २०७७–७८ को निति कार्यक्रम तथा बजेट सावर्जनिक भएको छ । कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले सातौ नगरसभाबाट पारित ७४ करोड ३७ लाख ५१ हजार रुपैँया बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । जसमा संघीय सरकारबाट प्राप्त १३ करोड २३ लाख, प्रदेश सरकारबाट प्राप्त ७३ लाख रकम रहेको र बजेटको प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषिमा रहेको बताउनुभयो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विषम परिस्थितिमा समेत नगरको हितका लागि समष्टिगत बजेट बनाइएको बताउनुभयो । बजेटको कांग्रेस नेता लीलाबहादुर कटुवाल, आदिबासी जनजाति नेता धर्म राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । बजेटको औचित्यमाथि कनकाई नगरपालिकाका…
स्मार्टफोन कम्पनी वन प्लसले हालै आफ्नो फ्लागसिप स्मार्टफोन वनप्लस ८ प्रो लञ्च गर्यो । उक्त स्मार्टफोनको एउटा विवादित क्यामरा फिचरमाथि प्रतिबन्ध लागेको छ । वन प्लसको क्यामरामा रहेको फोटो क्रोम सेन्सर फिचरमाथि प्रतिबन्ध लगाइएको हो । उक्त क्यामराले पातलो प्लास्टिक तथा कपडाले छोपिएको चिजको समेत फोटो खिच्न सक्दथ्यो । जिउमा लगाएको कपडाको भित्रको दृश्य समेत खिच्नसक्ने भनिएको उक्त एक्सरे भिजन स्मार्टफोन क्यामरालाई लिएर प्रयोगकर्ताहरुले व्यापक रुपमा चिन्ता व्यक्त गरेसँगै उक्त क्यामरा फिचरमाथि प्रतिबन्ध लागेको हो । वनप्लसले नयाँ डिभाइसका लागि एक सफ्टवेयर अपडेट जारी गरेको छ । उक्त अपडेटसँगै फोनको क्यामराले कपडा भित्रको दृश्य खिच्न सक्ने छैन । उक्त अपडेट…
झापा, ३० असार । कोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का विज्ञहरु चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निले सोमबार पुष्टि गर्नुभएको छ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सवैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरु अध्ययनका लागि चीन आएका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरुले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्ने जानकारी दिनुभयो । “उनीहरुले हाम्रा विज्ञहरुसँग सम्वन्धित विषयमा प्रश्नहरु गर्नेछन् र हाम्रा विज्ञहरुले जानकारी दिनेछन्,” प्रवक्ता हुआले भन्नुभयो । डब्लुएचओका स्वास्थ्य विशेषज्ञहरुले यस्तै छलफलका लागि अन्य देशहरुमा पनि…
चितवन, ३० असार । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार चैतको सुरुदेखि नै समस्या देखिएको व्यवसायमा असारको आधाआधीमा आइपुग्दा केही आशा पलाएको छ । उत्पादन कम भए पनि बोइलर पालकले उत्पादनको मूल्य पाउन थालेका छन् । अण्डाका बिक्री राम्रै छ । चल्लाको उत्पादन र खपत सुरु भएको छ । अध्यक्ष विष्टको भनाइलाई आधार मान्दा सुरुवातका दिनमा कोभिड–१९ सङ्क्रमण माछा, मासुसँग जोडियो । पोल्ट्री उत्पादन,…
काठमाडौँ, ३० असार । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लील भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले श्रेष्ठले साइबर अपराध गरेर अश्लील भिडियो पोर्न वेबसाइटमा राखेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । अभियुक्त श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को क’सुरमा कारवाही गरिने…