झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पेरिस, ३१ असार । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । विश्वभरी सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ ।अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या एक लाख ३९ हजार १४५ रहेको छ ।…

Read More

नयाँदिल्ली, ३१ असार । भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको संख्या नौ लाख ३६ हजार १८१ पुगेको छ । त्यसैगरी भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २४ हजार ३०९ पुगेको छ । ती मध्ये ५८२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख १९ हजार ८४०…

Read More

रोहित काफ्लेभद्रपुर, ३१ असार । नेपालमै पहिलोपटक व्यावसायिक रुपमा शुरु गरिएको बहुमूल्य केसर खेती विश्वव्यापी महामारी कोरोना भाइरसको सन्त्रासको अवस्थाका कारण प्रभावित बनेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका कारण पूर्वी पहाडी जिल्ला इलामको उच्च पहाडी क्षेत्रमा लगाइएको केसर खेती प्रभावित बनेको हो । झापा र इलामका उद्यमीहरुले मल्टिपरपोज एग्रीकल्चर एन्ड इन्भाइरोेमेन्ट सेन्टर नामक कम्पनी दर्ता गरी गत वर्षदेखि शुरु गरेको केसर खेतीमा बीउ रोप्ने, गोडमेल र स्याहार–सम्भार गर्ने उपयुक्त समय अहिले भए पनि लक डाउनका कारण खेती भएको ठाउँसम्म पुग्न नपाउँदा खेती मासिने हो कि भन्ने चिन्ता उद्यमीहरुमा देखिएको छ । केसर खेती…

Read More

काठमाडौँ, ३१ असार । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हँुदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरु गरेका छन् । पछिल्लो चरणमा ४२ उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ…

Read More

दुनियामा केही व्यक्तिहरु यस्ता छन् जो आफ्नो शरीरको संरचनाका कारण विश्व प्रसिद्ध बनेका छन् । कसैको सबैभन्दा लामो कपाल छ त कसैको सबैभन्दा लामो नङ । त्यस्तै कसैको जिउ संसारमै सबैभन्दा अग्लो छ त कसैको सबैभन्दा होँचो । एकजना युवती यस्ती छिन् जो आफ्ना लामा खुट्टाको कारण चर्चित छिन् । रेन्सेखहार्लु बड नामकी ती युवतीको सरीरको उचाइँ ६ फुट ९ इन्च छ । त्यसमा उनको खुट्टाको लम्बाइ नै ५२।८ इन्च छ । कम्मर देखि पाइताला सम्मको खुट्टाको भाग यति लामो छ कि उनी संसारकै दोश्रो ठूलो खुट्टा भएकी महिला हुन् । संसारमा सबैभन्दा लामो खुट्टा भएको महिलाको पहिलो नम्बरमा चाहीँ…

Read More

नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’ उनले, एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्न पनि दर्शकसँग अपिल गरेका छन् । उनले भने–‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’ नायक हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेको भन्दै दुख पनि व्यक्त गरेका छन् ।…

Read More

झापा, ३१ असार । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ। तर नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ। अन्तिमपटक २५ असारमा सुनको भाउ तोलाकै ९२ हजार ४ सय रुपैयाँ पुग्यो। दुई दशक अघिसम्म नेपालमा ‘साउनमा सुन किन्नू’ भन्ने गरिन्थ्यो। तर अहिले परिस्थिति फेरिएको छ। साउने सक्रान्तिको पूर्वसन्ध्यामा नेपाली सुन पसल बन्द प्रायः छन्। अत्यावश्यक पर्नेलेबाहेक सुन किनेका छैनन्। या त, भण्डारण गर्ने अर्थात् सुनमा लगानी गरेर सञ्चित गर्नेले अहिले सुन किनिरहेका छन्। नेपालमा ९० प्रतिशतभन्दा बढी सुनको व्यापार गरगहनाको प्रयोजनमा हुने गर्छ। तर अहिले गरगहना किन्नेभन्दा बेच्ने बढी भएको व्यावसायिको…

Read More

काठमाडौँ, ३१ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाउने उद्देश्यसहित अख्तियारले पहिलोपटक विशेष अदालतमा प्रमुखको पनि संलग्नता देखिएको भन्दै मुद्दा दर्ता गरेको हो । मालपोतका कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराइदिएबापत सेवाग्राहीसँग घुस मागेका थिए । सोही उजुरी अख्तियारमा परेपछि मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई नियन्त्रणमा लिइएको थियो । प्रमुखले दिएको ग्रिन सिंग्नलकै कारण कर्मचारीले घुस लिएको निष्कर्षसहित अख्तियारले मालपोत प्रमुख अधिकारीलाई भ्रष्टाचार मुद्दा दायर…

Read More

काठमाडौँ, ३१ असार । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय छानबिन समितिले मङ्गलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । एक महिनाको अवधिमा स्थलगत अध्ययनपछि समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन मङ्गलबार बुझाएका हुन्। समितिले घटना अन्तरजातीय सम्बन्धका कारण उत्पन्न भएको र दोहोरो झडप नभई एकपक्षीय रूपमा घटना गराइएको निष्कर्ष निकालेको छ । “हामीले प्रतिवेदन बुझाएका छौँ । मुख्यतः घटना दोहोरो झडप हैन भन्ने हाम्रो निष्कर्ष छ । निर्मम रूपमा आक्रमणपछि…

Read More

झापा, ३१ असार । ‘संसदीय दलमा तपाईंहरूको पक्षमा चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’ चितवन जानुअघिको भेटमा प्रधानमन्त्रीले यति कुरा भनेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए । अनि, शंकर पोखरेलचाहिँ प्रधानमन्त्रीको राजीनामा, पार्टी अध्यक्ष छोडाउनेजस्ता केही कुरा नगरौँ, मिलाएर लैजाऔँ भन्दै अर्को पक्षका नेतासँग कुरा गर्न सक्रिय भए । बरु, छिटो महाधिवेशन गर्ने भन्ने थियो, उनको जोड । उनले कुरा गरेका नेतालाई आश्वस्त पारे– प्रधानमन्त्रीले संसद विघटन, पार्टी विभाजन यस्तो केही पनि गर्नुहुन्न । प्रधानमन्त्रीले प्रचण्डसँगको अन्तिम भेटमा भनेझैँ प्रदीप ज्ञवालीले अँगेनो लाउञ्जमा भेला भएका स्थायी कमिटी सदस्यमध्ये चार–पाँचजनासँग कुरा गरिसक्यौँ भन्ने गरेका छन् । को होलान् त ती चार–पाँच जना स्थायी…

Read More