झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले विज्ञप्तिमार्फत विपद्को यस घडीमा उद्धार र खोजीकार्यमा एकताबद्ध भई जुट्न स्थानीय जनता, जनप्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता, सामाजिक अभियन्ता, सुरक्षा निकायलाई समेत अपिल गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले केही दिनअघिबाट अविरलरूपमा परेको वर्षाका कारण सिन्धुपाल्चोक, म्याग्दी, पर्वत, गुल्मी, बझाङ, लमजुङ, कास्की, रुकुम, जाजरकोट र रोल्पालगायत अन्य विभिन्न जिल्लामा भौतिक संरचनामा क्षति, मानवीय क्षति, मािनस घाइते र बेपत्ता भएको खबरले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्नुभयो…

Read More

झापा, २७ असार । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको औँल्याएको छ । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशैभर सामान्यदेखि…

Read More

झापा, २७ असार । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दाबाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको हो । उहाँका अनुसार प्रदेश नम्बर १ मा कोशी अस्पताल, प्रदेश नं। २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल,…

Read More

बिर्तामोड, २७ असार । केही दिनदेखिको निरन्तरको वर्षाले झापामा कटान, बाढी र विस्थापित हुन थालेका छन् । कनकाई नदीमा आएको बाढी शिवसताक्षी–१० को सुकुम्बासी बस्तीमा तीन घर विस्थापित भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । कनकाई नदीले तीव्र रुपमा जमिन कटान गरिरहेको छ । त्यस्तै, मेचीनगर–७ मा निन्दाखोलाले मलामी घर कटान गरिरहेको छ । निरन्तरको वर्षाका कारण झापाको मेची नदी, टाङ्टिङ, रतुवा, बिरिङ, कमल, बनियानी लगायतका खोला तथा नदीमा पानीको बहाब बढेको छ । बहाव बढेसँगै बाढी र कटानको जोखिम समेत बढ्दै गएको छ ।

Read More

तपाईंले कति मूल्यको फोन बोक्नुहुन्छ ? आफ्नो फोन निकै महँगो छ भनेर घमण्ड गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने एकपटक सोच्नुहोस् । किनकि यो संसारमा केही त्यस्ता फोन छन् जसको मूल्य करोडौँ रुपैयाँ पर्दछ, जुन आम सर्वसाधारणको कल्पनाभन्दा पनि बाहिर हुन्छ । अहिले बजारमा रहेका विश्वका सबैभन्दा महंगा मोबाइल फोनमध्ये टपटेन महँगा फोनको सूची यस्तो छ : १ . “alcon Supernova iPhone 6 Pink Diamond : फाल्कोन सुपरनोभा आइफोन सिक्सको गुलाबी हिरा संस्करणको स्मार्टफोन अहिले विश्वको सबैभन्दा महंगो मोबाइल फोन हो । यसको मूल्य कल्पना भन्दा बाहिर अर्थात् ४ करोड ८५ लाख डलर अर्थात् ५ अर्ब रुपैयाँभन्दा धेरै पर्दछ । सन्…

Read More

झापा, २७ असार । देशभर मनसुनी वर्षा हुने क्रमसँगै केही क्षेत्रमा निरन्तर वर्षा हुँदा ठूला तथा साना नदीमा बाढी आउन थालेको छ । कतिपय ठाउँमा बाढी र तराईका भू–भागमा बाढीसँगै डुबानले जलमग्न बनाउन थालेको छ । पहाडी तथा मध्यपहाडी क्षेत्रमा बाढी र पहिरोले जनधनको क्षति पु¥याएको छ । विगत २४ घण्टामा कास्कीस्थित वर्षा मापन केन्द्रमा अत्यधिक २५०.९ मिलिमिटर वर्षा भएको छ । अन्य दुई केन्द्रमा २०० मिलिमिटर वर्षा भएको छ । त्यस्तै दरबाङ स्टेसनमा १५०.६, खुदी बजारमा १४९.४, स्याङ्जामा १४८.६, बर्दघाटमा १५०.८ र बेसीसहरमा १६९.४ मिलिमिटर वर्षा भएको छ । वर्षा बढेसँगै नदीको सतह उर्लंदो छ । सप्तकोसीमा बाढी बढेपछि…

Read More

झापा, २७ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताएका छन् । मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार तथा फिर्ता ल्याउनुपर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषद्बाट स्वीकृति हुनासाथ ती श्रमिकको उद्धार सुरु गरिने बताए । उनले भने, निर्देशिका तयार गरी अन्तिम स्वीकृतिका लागि अघिल्लो पटक नै मन्त्रिपरिषद्मा पेस भइसकेको छ, अब बस्ने मन्त्रिपरिषद्बाट स्वीकृत हुन्छ र स्वीकृत हुनेबित्तिकै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर स्वदेश फर्काउन सुरु गर्छौं । मन्त्री यादवले विदेशमा विभिन्न कारणले जेलमा परी अप्ठ्यारोमा परेका नागरिकको उद्धार…

Read More

झापा, २७ असार । असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । कतिपय दुर्गम क्षेत्रका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुख नहुँदा बजेट आउन सकेको छैन भने कतिपयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम रहँदा निर्धारित समयमा बजेट प्रस्तुत हुन नसकेको जनाइएको छ । प्रमुख–उपप्रमुख बीचको आन्तरिक द्वन्द्व तथा केही स्थानीय तहमा जनप्रतिनिधिको निधन भएकाले सभामा बजेट पेस हुन नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले जानकारी दिए । असार १० सम्म…

Read More

झापा, २७ असार । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण गर्न नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको हो । सरकारी स्वामित्वमा रहेका दुवै सञ्चार संस्थालाई सार्वजनिक सेवा प्रसारणमा लैजान आमसञ्चार नीतिमा पनि सुझाव दिइएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता गरेको विधेयक संसद्को आगामी अधिवेशनमा मात्र अगाडि बढ्नेछ । प्रस्तावित विधेयक पारित भई कार्यान्वयनपछि दुई संस्था एकीकृत रूपमा सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण हुनेछन् । यस्तो संस्था सञ्चालनका लागि छुट्टै कोष स्थापना हुनेछ । कोषमा नेपाल सरकार, प्रदेश…

Read More

झापा, २७ असार । भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’ नौला होइनन् । यस्ता स्क्यान्डलले पीत पत्रकारिता बढिरहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले गत वर्ष कडा ध्यानाकर्षण गराएको थियो । त्यसले पेसा, सम्बन्धित संस्था र सर्वसाधारण तीनै पक्षलाई हानि पुग्ने अदालतको ठहर थियो। फैसलामा भनिएको थियो– ‘प्रेस स्वतन्त्रता सर्वोच्च त हो, तर त्यो एकतर्फी हुनु हुँदैन।’ ‘द वायर’ न्युज पोर्टलले गरेको अपिलमा न्यायाधीशहरू अरुण मिश्र, एमआर शाह र बीआर गवाईको इजलासले उक्त फैसला सुनाएको थियो। ‘द वायर’ का पत्रकारलाई गृहमन्त्री अमित शाहका छोरा जे शाहले मानहानीको मुद्दा हालेका थिए। बीजेपीले सरकारको नेतृत्व गर्न थालेपछि शाहको कम्पनीको कारोबारमा अत्यधिक वृद्धि हुन थालेको भन्ने…

Read More