झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, २७ असार । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका–४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका–६ श्रीपुरका सुनिल कुमार मुखिया सोही स्थानका सुनिलकुमार यादब ,कोशी गाउँपालिका–६ कै बिरेन्द्र मरवैता यादब, बराहाक्षेत्र–१ चतराका राजु शर्मा, वराहाक्षेत्र–९ प्रकाशपुरका खेमप्रसाद लुईटेल र भारत सपौल ग्राम पंचायत बिरपुरका शिबु भनिने राकेश कुमार मण्डल रहेका छन । कोशी कटान एरियाबाट को १० प ९३३२ नम्बरको मोटरसाइकलमा आएका सुनिल कुमार मुखियालाई नियन्त्रणमा लिइसंगै थप अनुसन्धान गर्ने क्रममा अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका हरुको…

Read More

झापा, २६ असार । नेपालमा ६ वटा जिल्ला कोरोना भाइरस संक्रमित मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसरी कोरोनामुक्त भएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ मुस्ताङ र हुम्ला हुन् । त्यस्तै, ५ सयभन्दा सक्रिय संक्रमित रहेको जिल्लामा महोत्तरी, रौतहत, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा १५ जना र सदूरपश्चिम प्रदेशमा ३ जना रहेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्र ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको…

Read More

अर्जुनधारा, २६ असार । झापाको अर्जुनधारा नगरपालिकाले सलह कीराबाट प्रतिकेजी १०० मा किन्ने भएको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्युनिकरणका लागि कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । जसका लागि नगरपालिकाले ५ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । नगरले खरिद गरेको सलह कीरा नगरको कृषि शाखाले प्रतिकेजी ५० रुपैयाँका दरले दाना उद्योगलाई दिने जनाएको छ ।

Read More

झापा, २७ असार । प्रदेश १ का चार जनासहित आज थप ११८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ पुगेको छ । यसमध्ये काठमाडौँ उपत्यकामा ४२ जना रहेका छन् । प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा १५ जना र सदूरपश्चिम प्रदेशमा ३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसँगै कूल ८०११ जना डिस्चार्ज भएका छन् । यो संख्या कूल संक्रमितको ४८.१ प्रतिशत हो । विगत २४ घण्टामा २५…

Read More

अर्जुनधारा, २६ असार । प्रतिनिधि सभा सदस्य तथा अन्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेकी छिन् । विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस न्यनिकरण गर्ने उदेश्यले नगरलाई सेनिटाइजर, मास्क, ग्राउड, सर्जिकल क्याप, चश्मा, पञ्जालगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् । उनले सेनिटाइजर ५० बोतल, सर्जिकल मास्क एकहजार ५ सय थान, एन ९५ मास्क १५ थान, चश्मा ५ थान, पञ्जा १ सय ५० थान, ग्राउन १० थान, क्याप १० थान नगर प्रमुख हरिकुमार रानालाई प्रदान गरेकी छन् । कोरोना भाइरससँग नगर जुभिरहेको बेला स्वास्थ्य सामाग्री उपलब्ध गराएर हौसला प्रदान गरेकोमा निरौलासहित सम्पूृर्णमा टिमलाई नगरको तर्फबाट नगरप्रमुख…

Read More

झापा, २६ असार । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हजार ५८२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७२ लाख ४१ हजार ६०१ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४६ लाख १६ हजार ५८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट…

Read More

भारत, २६ असार । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या सात लाख ९३ हजार ८०२ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले पनि दुई लाख ७६ हजार ६८५ जना संक्रमित अवस्थामै रहेका छन् भने चार लाख ९५ हजार ५१३ जना…

Read More

बिर्तामोड, २६ असार । लायन्स क्लब अफ बिर्तामोड सिटीले शुक्रबार बिर्तामोडमा एक हजार थान सर्जिकल मास्क वितरण गरेको छ । बिहान ८ बजेदेखि ९ बजेसम्म बिर्तामोडको अदुवा खोला आसपासमा आयोजना गरिएको कार्यक्रममा बिर्तामोड आउजाउ गर्ने मानिसलाई मास्क प्रदान गरिएको थियो । मनोजकुमार साहको संयोजकत्वमा भएको कार्यक्रममा पैदलयात्री, सवारी चालक तथा सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरिएको थियो । नेपाल सरकारले नागरिकलाई मास्क लगाउन अनिवार्य गरेपछि लायन्सले जनचेतना जगाउन र मास्क प्रयोगका बारे सचेतना कार्यक्रम गरेको अध्यक्ष घनश्याम चौधरीले बताए । लायन्सले यसअघि पनि कोरोनाबाट जोगिन विभिन्न सचेतना कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड १ का वडा अध्यक्ष अग्निप्रसाद…

Read More

बिर्तामोड, २६ असार । झापाको दमक नगरपालिका–१ बाट बिहीबार राति लागुऔषध ब्राउनसुगर र नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली गाउँपालिका–३ घर भई दमक नगरपालिका–१ मा बस्दै आएका २२ वर्षीय दिपेन लिम्बू र इलाम माङ्सेबुङ–३ घर भएका १६ वर्षीय रोहन राईलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट ४९.१ ग्राम ब्राउनसुगर र रू ५२ हजार ६ सय ५ नगद बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई इप्रका दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले…

Read More

इलाम, २६ असार । इलामको चुलाचुली गाउँपालिका–४ बाट नियन्त्रित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ ६ बजे स्थानीय २९ बर्षीय तारा लिम्बूलाई SPAPAIN ट्याब्लेट १०० पिस र TROMADOL ट्याब्लेट ३०० पिस लागुऔषध तथा २ थान मोवायलसहित घरैबाट पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More