
अर्जुनधारा, २६ असार । झापाको अर्जुनधारा नगरपालिकाले सलह कीराबाट प्रतिकेजी १०० मा किन्ने भएको छ ।
सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्युनिकरणका लागि कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । जसका लागि नगरपालिकाले ५ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो ।
नगरले खरिद गरेको सलह कीरा नगरको कृषि शाखाले प्रतिकेजी ५० रुपैयाँका दरले दाना उद्योगलाई दिने जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



