
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २४ असार। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले मेडिकल माइक्रोवाइलोजीको अनुमतिपत्र नखुलाउँदा सयौं विद्यार्थी समस्यामा परेका छन् ।परिषद्ले २०६८ सालदेखि अनुमतिपत्र नखुलाउँदा सयौँं विद्यार्थी मुलुकमा नै बेरोजगार भएपछि विदेशिनु परेको छ । स्नातकोत्तर तह उर्तीण गरेका विद्यार्थीलाई माइक्रोवाइलोजी अनुमतिपत्र दिएपछि मात्र प्रयोगशालामा काम गर्ने गर्दछन् । तर परिषद्ले अहिलेसम्म अनुमतिपत्र नखुलाउँदा प्रयोशगालामा काम गर्ने दक्षजनशक्तिले काम पाएका छैनन् । परिषद्ले एक पटक मात्र अस्थायी अनुमतिपत्र खुलाए पनि त्यसपछि खुलाएको छैन । त्यो अस्थायी अनुमतिपत्र पनि नवीकरण भएको छैन । त्यतिबेला ११६ जनालाई अस्थायी अनुमतिपत्र दिएको थियो । विद्यार्थीले अनुमतिपत्र खुलाउनका लागि पटक–पटक परिषद्सँग आग्रह गरे पनि खुलाउन माग गर्दै पीडित विद्यार्थीले…
टोकियो, २४ असार । बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा बाढीबाट प्रभावित क्षेत्रमा बाढीसँगै आएको हिलोले सडकहरु पुरिएका र विद्युत्, सञ्चार, सडकलगायतका सेवामा पनि अबरुद्ध भएको देखाइएको छ । प्रभावित क्षेत्रका सयौँ नागरिकहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ भने अरु ३६ लाख मानिसलाई पनि अन्यत्र सार्नु पर्ने सुझाव दिएको छ । तीमध्ये आधालाई खाली गर्न थालिसकिएको अधिकारीहरुले जनाएका छन् । जापानमा हरेक बर्ष बाढी, पहिरोमा परेर…
बिर्तामोड, २४ असार । एकका लागि एक अभियान अन्तरगत झापामा जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला पीसीआर ल्याब सञ्चालनका लागि आज एकै दिन १९ लाख रुपैयाँ संकलन भएको छ । बिर्तामोडको अतिथि सदनमा आयोजित ‘पीसीआर ल्याब स्थापनाका लागि सहयोग रकम हस्तान्तरण कार्यक्रम’मा विभिन्न २४ संघसंस्था एवम् ३२ व्यक्तिहरुले १९ लाख १४ हजार ७९५ रुपैया सहयोग रकम सहस्तान्तरण गरेका हुन् । कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानका हालसम्मका गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो । अभियान अन्तरगत हालसम्म छ हजार परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । १० हजार जनाभन्दा बढीलाई निःशुल्क खाना, क्वारेन्टिमा रहेकाहरुलाई खानाको व्यवस्था गरिएको छ । त्यस्तै, करिब नौ…
धरान, २४ असार । सुनसरीको धरान उपमहानगरपालिका–१४ बिजयपुरमा आज बिहान पौने १० बजे आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । स्थानीय बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी हुँदा निजको तथा छिमेकी कमल राईको समेत घर जलेर नष्ट हुँदा अन्दाजी २२ लाख ७७ हजार बराबरको क्षति भएको हो । आगलागीबाट दुबै घरमा रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जलेर नष्ट भएको तथा उक्त आगलागी धरान उप(महानगरपालिकाको दमकल, प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा बिहान सवा ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
मोरङ, २४ असार । मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा रहेको नहरको पानीमा डुबेर स्थानीय ७१ वर्षीया लालमाया तामाङको मृत्यु भएको छ । आज दिउँसो सवा १२ बजेको समयमा उक्त नहरमा बृद्धा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परीक्षणको लागि मंगलबारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
पशुपतिनगर, २४ असार । राजस्व चुहावटसम्बन्धी आरोपमा उच्च अदालत इलाम इजलासले झापाको मेचीनगर–१४ मा रहेको साकम्बरी प्रोडक्टको मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग गरेको छ । नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग नाममा गुट्खा उत्पादन गरिरहेको उद्योगमा रु ७३ करोडभन्दा बढी राजस्व चुहावट गरेपछि मालिक रामकृष्ण शर्मा नाम भएका रमेश शर्माका नामबाट चर्चित उद्योगीलाई रु पाँच लाख धरौटी र उद्योगका सुपरभाइजर विष्णुप्रसाद खरेललाई रु ४५ लाख धरौटी माग भएको हो । उच्च अदालतको इलाम इजलासमा भएको थुनछेकको बहसमा न्यायाधीशद्वय विष्णुप्रसाद कोइराला र शिवनारायण यादवको इजलासले सो आदेश दिएको हो । अन्तःशुल्क छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ३६…
दुनियाँमा कैयौ यस्ता होटलहरू छन्, जो आफ्नो अनौंठो खाले बनावटका कारण चर्चित छन् । भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो । उक्त होटलका हरेक चिजमा सुनको लेपन लगाइएको छ । होटलका झ्याल ढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट सबैमा स्वर्ण लेपन गरिएको छ । यतिमात्र होइन, उक्त होटलमा खाना खाने कप प्लेटलगायतका भाँडासमेत सुन लेपित छन् । उक्त होटेलको नाम डोल्से हनोइ गोल्डेन लेक हो । २५ तले उक्त फाइभ स्टार होटलमा ४ सयवटा कोठाहरू रहेका छन् । उक्त होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ…
काठमाडौं, २४ असार । गरिबीले पिल्सिएका नेपालीको आर्थिक उत्थानका लागि विश्व बैंकलगायतका दाताले दिएको रकमको चरम दुरुपयोग भएको छ । गरिबी निवारण कोषमार्फत ०६१ देखि ०७५ सम्ममा खर्च भएको २९ अर्बमध्ये १० अर्ब रुपैयाँ प्रशासनिक काममा खर्च भएको छ भने समुदायमा लगानी भएको १९ अर्बको जवाफदेही कोही पनि छैन । १४ वर्षसम्म वार्षिक औसत दुई अर्बका हिसाबले खर्च गरेको कोषले आय आर्जनतर्फ ३२ हजार एक सय ९६ सामुदायिक संस्थासँग सम्झौता गरेर घुम्ती कोषबाट १९ अर्ब लगानी गरेको छ । योमध्ये १५ अर्ब कोषद्वारा प्रदान गरिएको हो भने चार अर्ब सामुदायिक संस्थाद्वारा सिर्जना गरिएको हो । ‘तर, विपन्नको नाममा आएको अनुदान…
झापा, २४ असार । चालु आव २०७६/०७७ चालु खाता यही असार २० गते बन्द भइसकेको छ । पूँजीगत खाता बन्द हुन अब दुई दिन बाँकी छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम पाएका यहाँका ११६ कृषकले उक्त कार्यक्रमअन्तर्गत शतप्रतिशत काम गरे पनि भुक्तानी पाउन सकेका छैनन् । भुक्तानी लिन आउने कृषक दैनिक कृषि मन्त्रालय धाउँछन् तर निराश भएर घर फर्कने गरेका छन् । उनीहरुमा अपांगता भएका, द्वन्द्वपीडित र एकल महिला गरी लक्षित वर्ग नै छन् । कृषि मन्त्रालयले गत मंसिर १९ गते कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि प्रस्तावना मागको सूचना प्रकाशन ग¥यो । त्यसमा…
झापा, २४ असार । सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली सुचारु रहे पनि पहिरोको पूर्वानुमान नहुँदा पहिल्यै जनधनको क्षति रोक्न सकिएको छैन । जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र भूगर्भ विभागले मिलेर असरमा आधारित पहिरो पूर्वसूचना प्रणालीको विकासले काम थालिसकेको छ । “यस वर्ष प्रयास सुरु गरौँ भनेर तीनै निकायको संयुक्त पहलमा नक्साङ्कन थालेका छौँ,” प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने । पोखरेलले पहिरो पूर्वानुमान त्यति सजिलो नभए पनि असम्भव नै भने…