झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाण्डौ, २० साउन । हन्ड्रेड पुरुष क्रिकेट प्रतियोगिता २०२५ आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल इङ्ग्ल्यान्डको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ११ बजे शुरू हुनेछ । लन्डन स्पिरिट र ओभल इनभिन्सिबल्स बीच रोचक प्रतिस्पर्धा हुने अनुमान छ । लन्डन स्पिरिटको कप्तानी न्युजिल्यान्डका केन विलियमसनले गर्नेछन् । ओपनिङमा अष्ट्रेलियाका डेभिड वार्नर र इङ्ग्ल्यान्डका कीटन जेनिङ्स रहने सम्भावना छ । ओभल इनभिन्सिबल्सको कप्तानी तथा विकेट किपिङको जिम्मेवारी साम बिलिङ्सले सम्हाल्ने छन् । उद्घाटन खेलले हन्ड्रेड प्रतियोगिताको लय निर्धारण गर्नुका साथै दुवै टोलीको रणनीति, तयारी र खेल कौशलको परीक्षण गर्नेछ । सन् २०२१ बाट यो प्रतियोगिता आयोजना हुन शुरू…

Read More

काठमाडौं, २० साउन । कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ। बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरूमध्ये सैद्धान्तिक विषयमा न्यूनतम म् ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर अधिकतम दुई विषयमा ल्न् प्राप्त गर्ने, दुई विषयमा अनुपस्थित भएका, वा एउटै विषयमा ल्न् वा अनुपस्थित भएका विद्यार्थीहरूले मात्र पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। परीक्षा भदौ २८ गते शनिबार र भदौ २९ गते आइतबार, बिहान ११ बजेदेखि दिउँसो २…

Read More

उर्लाबारी, २० साउन । मोरङको उर्लाबारी नगरपालिका–८ निवासी शुशिल लिम्बु मंगलबार बिहान आफ्नै घरको आँगनसँग जोडिएको धानखेतमा मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार लिम्बु धानखेतमा घोप्टो परेको अवस्थामा देखिएका लिम्बुलाई उनका दाजु र काकाले उठाउने प्रयास गर्दा उनि मृत अवस्थामा फेला परेको प्रहरीलाई जानकारी गराईएको, प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार मृतकको नाकको दायाँ प्वालबाट रगत बगेको, हातखुट्टा कक्रिएको अवस्थामा शव फेला परेको बताउनु भयो । प्रारम्भिक अवस्थाबाट मृत्युको कारण स्पष्ट नभएकाले घटनालाई शंका जनाउँदै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल शवको मुचुल्का संकलन गरी पोष्टमार्टमका लागि…

Read More

पाँचथर, २० साउन । पाँच दिनदेखि बेपत्ता रहेका पाँचथर याङवरक गाउँपालिका–१ विरुवाका दुई बालबालिका मृत अवस्थामा फेला परेका छन्। विरुवा खोलाको फरक–फरक स्थानमा १० वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशल बुढाथोकीले जानकारी दिए। शुक्रवार विद्यालय जान निस्किएका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए। खोजी कार्यमा प्रहरी र स्थानीय टोली परिचालन भए पनि पाँच दिनपछि मात्रै उनीहरूको शव भेटिएको हो। बहिनी नानुमा राईको शव खोलाको केही तलतिर र दाजु शिशिरको शव केही माथिपट्टि फेला परेको बताइएको छ।उनीहरू पूर्ण आधारभूत विद्यालयमा कक्षा–४ र कक्षा–१ मा अध्ययनरत थिए। शवलाई पोस्टमार्टमको लागि फिदिम…

Read More

उदयपुर, २० साउन । उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर रौतामाई–७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको छ ।

Read More

झापा, २० साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ तीन पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ नौ पैसा, क्यानेडियन…

Read More

उदयपुर, २० साउन । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र बनेपछि उदयपुरको बेलका नगरपालिका डुबान तथा नदी कटानको उच्च जोखिममा परेको छ । बेलका–२, ३, ६, ८ र ९ नम्बर वडाका सप्तकोशी आसपासका गाउँहरूमा बाढीको खतरा बढ्दै गएको छ । नगरपालिकाकी उपप्रमुख जिरा राईका अनुसार ती क्षेत्रहरू नदी कटानको जोखिममा पर्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई सतर्क रहन र सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरेको छ । नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा कोशी नदीको पानी किनार…

Read More

झापा, २० साउन । मौसम पूर्वानुमान महाशाखाले आज साउन २० गते मंगलबार पनि दिउँसो तथा राति देशभर मौसम बदली र अधिकांश स्थानमा पानी पर्ने क्रम जारी रहने जनाएको छ । मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो देशभर अधिकांश बदली (आकाशमा बादल) रहनेछ । कोसी र मधेस प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर अधिकांश बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश…

Read More

शिवसताक्षी, २० साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योग, ध्यान र साधनाले मानिसको मानसिक स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । शिवसताक्षी नगरपालिका–१० माईधारस्थित ओशो मधुवन ध्यान योग आश्रमको प्रथम वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आधुनिक जीवनशैली र मानसिक दबाबका कारण डिप्रेसन, चिन्ता (एनजाइटी) जस्ता समस्या बढिरहेको अवस्थामा ध्यान र योग प्रभावकारी समाधान बन्न सक्ने उल्लेख गर्नुभयो । उहाँले ध्यान र योग विद्या विद्यालय तहदेखि सिकाउनुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, ‘बाल्यकालदेखि नै योग, ध्यान र आचरणको अभ्यास गराउने हो भने भविष्यमा बालबालिकामा देखिने मानसिक समस्या न्यूनीकरण हुनेछन् ।’ सभामा मुख्यमन्त्री कार्कीले ओशो…

Read More

झापा, १९ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ बैठकले आगामी भदौ तेस्रो सातादेखि मध्य पहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अत्यधिक वर्षाका कारण स्थगित भएको मध्य पहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई आगामी भदौ तेस्रो सातादेखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यस्तै, विसं २०७९ को पार्टीको राष्ट्रिय महाधिवेशनको कार्यतालिका अन्तर्गत यस वर्षको दसैँपश्चात् केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति टुङ्गो लगाइने निर्णय भएको उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकले पार्टीको सङ्गठनात्मक एकता र वैचारिक…

Read More