झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १७ असार । ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागि बुधवार एकै दिन छ लाख १३ हजार रुपैयाँ सहयोग जुटेको छ । विभिन्न संस्था तथा दाताहरुले बिर्तामोडमा आयोजित कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रयोगशालाका लागि मेची पेट्रोलियम डिलर्स एसोसिएसनले दुई लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल पेट्रोलियम राष्ट्रिय डिलर्स एसोसिएसनबाट ५१ हजार, पूर्वाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघबाट २५ हजार प्रदान गरिएको छ । एसोसिएसनका पूर्व अध्यक्षहरु चन्द्र डाँगी, प्रेम दाहाल, वर्तमान अध्यक्ष नविन कोइराला र कोषाध्यक्ष अमित सरियाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । बिर्तामोड–४ निवासी…

Read More

नारायण ढुङ्गानाझापा, १७ असार । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । हावाको गतिमा आएको परिवर्तनले गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो । सलह आजसम्म ५२ जिल्लामा पुगेको बताइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताउनुभयो । उहाँले…

Read More

झापा, १७ असार । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज प्रेस विज्ञप्ति जारी गरी सरकारले मङ्गलबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो । “कोरोना महामारीका बीच देशको आर्थिक अवस्था नाजुक बन्दै गएको वर्तमान अवस्थामा जनताको दुखीरहेको घाउमा मलहम लगाउनुको सट्टा नूनचुक छर्कने काम भएको छ,” अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारीको समयमा आकाशिएको मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउनुको साटो मूल्यवृद्धिको नाममा रकम असुल्ने काम भएको भन्दै नेविसङ्घले घोर भत्र्सना गरेको छ…

Read More

झापा, १७ असार । बितेको २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको छ । उनका अनुसार बितेको २४ घण्टामा थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४ हजार ६५६ पुगेको छ । यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अछामका ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएसँगै मृतकको…

Read More

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडेरिक्सेनको बिहे तेश्रो पटक पनि स्थगित भएको छ । युरोपेली युनियनको शिखर बैठकका कारण यसपटक प्रधानमन्त्रीको बिहे पुनः रोकिएको हो । आफू र आफ्ना प्रेमी बो को तस्वीर फेसबुकमा राख्दै उनले आफू ती गज्जबका पुरुषसँग बिहे गर्नका लागि आतुर रहेको उल्लेख गरेकी छिन् । तर आफूहरुले बिहे गर्ने मिति तय गरेको दिनमै ब्रसेल्समा युरोपेली आयोगको बैठक बस्न लागेको र बिहे गर्न अप्ठोरो परेको उनको भनाइ छ । आफुले प्रधानमन्त्रीको रुपमा आफ्नो काम गर्नुपर्ने र डेनमार्कको हीतको विषयलाई ध्यान दिनुपर्ने भएको हुँदा पुनः बिहे स्थगित गर्नुपर्ने अवस्था आएको उनले फेसबुकमा लेखेकी छिन् । प्रेमी बोसँग आफूले निकट भविष्यमै…

Read More

काठमाडौँ, १७ असार । नेपाल यातायात व्यवसायी महासङ्घले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेको छ । महासङ्का अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वमा गएको महासङ्घको टोलीले अर्थ सचिव शिशिरकुमार ढुङ्गानालाई आज मन्त्रालयमा विज्ञप्ति बुझाउँदै यातायात व्यवसायमा रहेका समस्या सुनाउँदै सहुलियतको माग गरेको हो । महासङ्घले सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनःविचार र पुनःकर्जाको व्यवस्था गर्न माग गरेको छ । अर्थसचिव ढुङ्गानासँग चालक अनुमतिपत्र, सवारीसाधनको जाँचपास, रुट इजाजतलगायतका कागजातको नवीकरण स्थगनसमेत माग गरिएको महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । महासङ्घको मागप्रति अर्थ सचिव ढुङ्गाना सकारात्मक रहेको पनि सिटौलाले जानकारी दिनुभयो । महासङ्घले यस अघि पनि पटक–पटक विभिन्न…

Read More

पेरिस, १७ असार । कोरोनाभाइरसबाट सङ्क्रमित भएर विश्वभरी बुधबारसम्ममा पाँच लाखभन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार संसारभरी मृत्यु भएकाहरुको संख्या पाँच लाख १४ हजार ३२२ रहेको छ । विश्वभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५८ लाख १२ हजार १० पुगेको छ भने कुल सङ्क्रमितको संख्या एक करोड ६ लाख नाघेको छ । कुल सङ्क्रमितहरुको संख्यामध्ये सबैभन्दा धेरै अमेरिकामै रहेको पाइएको छ । अमेरिकामा अहिलेसम्म २७ लाख २७ हजार बढी सङ्क्रमित भएका छन् । कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार १२३ पुगेको छ । कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा…

Read More

झापा, १७ असार । एशियाली विकास बैंक (एडिबी) ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई रु ३६ करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । एडिबीले एशिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंकको देशीय कार्यालयले जनाएको छ । जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो । यसअघि पनि एडिबीले रु तीन करोड ६० लाख स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो ।

Read More

झापा, १७ साउन । सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड १९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि तोकेको ३० मध्ये सात अस्पतालले मात्र कोभिड १९ को आस्कमिक उपचारको व्यवस्था गरिएको पाइएको परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अध्ययनमा २३ वटा कोभिड १९ डेडिकेटेड अस्पतालले कोभिड १९ का बिरामीलाई आकस्मिकसेवा नदिएको पाइएको छ । सरकारले कोभिड १९ को उपचारका लागि देशभरिका ३० ठूला अस्पताललाई कोभिड १९ डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ…

Read More

मेचीनगर, १७ असार । लायन्स क्लब अफ धाइजन चारआलीको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । उक्त साधारणसभाले लायन्स वर्ष २०२०–२१ को लागि पुनः हरि घिमिरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । यस्तै प्रथम उपाध्यक्षमा धनबहादुर तामाङ, द्वितिय उपाध्यक्षमा मोहन अधिकारी सचिवमा जगन भट्टराई, सहसचिवमा टीकाराम रिजाल, कोषाध्यक्षमा सुमन चिमरिया र सहकोषाध्यक्षमा विकास निरौला चयन भएका छन् । त्यस्तै लायन्स टेम्बरमा संगीत सिवाकोटी, लायन्स टुउस्टरमा नर्बु शेर्पा, सदस्य संयोजकमा सन्तोष न्यौपाने, एलसी संयोजकमा नरेन्द्र धिमाल, बजारीकरण संयोजकमा वीर बेघा, क्लब निर्दशकहरुमा उत्तम पकुवाल, रोहित दहाल र सुरेशकुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी तालिम संयोजकमा नवीन विष्ट,…

Read More