झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ असार । म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १६२ पुगेको छ । म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका व्यक्तिहरु पुरिएका थिए । स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएकोे थियो । पहिरो आएको समयमा सो खानीमा ठूलो संख्याका कामदारहरुले काम गरिरहेका थिए । कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरो आएकोले उनीहरुलाई पुरेको आशङ्का गरिएको छ । सूचना मन्त्रालयले अहिले पनि सो क्षेत्रमा उद्धारको कार्य जारी नै रहेको बताएको छ । उद्धारकर्मीहरुले सो स्थलमा अरु पनि व्यक्तिहरु…

Read More

अर्जुनधारा, १९ असार । झापाको अर्जुनधारा नगरपालिकाले अगामी आर्थिक वर्ष २०७७/०७८ कालागि पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्बत पारित भएको छ । नगरको पर्यटकीय स्थल सुखानी सहिद स्मृति पार्कमा बुधबार उपमेयर कमला खतिवडा आचार्यले आर्थिक बर्ष २०७७/०७८ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरमा आज शुक्रबार बसेको नगरसभाको बैठकले संशोधनसहित पारित गरेको हो । नगरले समाजिक सुरक्षा भत्ताबाहेक ७९ करोड ६३ लाख ४१ हजार रुपैयाँ बजेट छुट्याएको छ । साथै आज बसेको नगरसभाको बैठकले स्थानीय सरकार सञ्चालन विधेयक २०४७ को परिच्छेद ९ को अधिनमा रहि आर्थिक वर्ष २०७७÷७८ का लागि अर्थ सम्बन्धिको विधयेक पनि प्रस्तुत गरेको छ । प्रस्तावलाई…

Read More

काठमाडौँ, १९ असार । भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरुले आक्रमण गर्दा एकजना डिएसपीसहित आठ जना प्रहरीको ज्यान गएको छ । सो घटना शुक्रबार बिहान सबेरै भएको उत्तर प्रदेश प्रहरीले जानकारी दिएको छ । विकास दुवे नाम गरेका लामो समयदेखि अपराधमा संलग्न रही आएका भनिएका ती व्यक्तिको घरमा उनीसहित अरु पनि केही अपराधी रहेको भन्ने आशंकामा प्रहरीले शुक्रबार बिहान उनको घर घेरा हालेको थियो । तर सोही क्रममा सो घरभित्र रहेको आशंका गरिएका ती व्यक्तिले नै गोली चलाएका थिए । गोली लागेर प्रहरीका एक डिएसपी…

Read More

मोरङ, १९ असार । मोरङको जहदा गाउँपालिका–३ का १८ वर्षीय दिनेश राजवंशी र २० वर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजे स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका दुबै जना मध्ये रिक्कीको पोखरीमा नै मृत्यु भएको तथा दिनेशलाई स्थानीयले उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगेकोमा उपचारमा संग्लग्न डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More

अफ्रिकी मुलुक तान्जानीयका एकजना खानी मजदुरले यस्तो आविष्कार गरे जुन केवल उनको जीवनको मात्र होइन देशकै लागि सबैभन्दा ठुलो आविष्कार बन्यो । सेनिनिउ लाइजर नामका ती व्यक्तिले दुईवटा ठुलो आकारका तान्जानाइट पत्थर फेला पारे । उक्त चट्टानको कुल वजन केवल १५ किलो थियो । तान्जानाइट पृथ्वीको निकै दुर्लभ पत्थर हो । सो पत्थर पत्ता लगाएसँगै उनलाई ३४ लाख डलर अर्थात् झण्डै ४० करोड रुपैयाँ बराबरको रकम प्राप्त भएको छ । तान्जानियाको खानी मन्त्रालयले उनलाई यतिधेरै रकम प्रदान गरेसँगै उनी रातारात करोडपति बने । ३० भन्दा धेरै सन्तानका पिता लाइजर एकाएक करोडपछि बन्दा सपना देखेजस्तै ठानेका छन् । आफुले पाएको पैसाले…

Read More

बलिउडकी सफल कोरियोग्राफर सरोज खानको निधन भएको छ । उनको बिहिबार बेलुकी ७१ बर्षको उमेरमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई केही दिन अगाडि नै अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । उनको आज मलाडको मालवानीमा अन्तिम संकार गरिनेछ । बलिउडमा सरोज खानले ४० बर्ष बिताएकी छिन् । यो अवधीमा उनले करिब २ हजार गीतमा कोरियोग्राफी गरेकी थिइन् । उनले, तीन पटक राष्ट्रिय पुरस्कार समेत जितेकी थिइन् । सन् १९७४ मा सार्वजनिक भएको ‘गीता मेरा नाम’मा पहिलो पटक सरोजले कोरियोग्राफी गरेकी थिइन् । यसपछि उनले, ‘हवा–हवाई, एक दो तिन, धक–धक करने लगा’,…

Read More

झापा, १९ असार । नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो । सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ । नेपाललाई सन् २०३०…

Read More

झापा, १९ असार । संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका समय अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको पारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरको सङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श्रम बजारबारे विश्लेषण गर्दै आएका अर्थशास्त्रीहरूलाई उद्धृत गर्दैै वासिङ्टन पोष्टले लेखेको छ । पारिश्रमिक कटौती खासगरी श्वेत अमेरिकीहरूले चलाएका उद्योगहरूमा बढ्दो क्रममा रहेको छ । अमेरिकी श्रम बजारमा देखिएको यो अवस्थालाई हेर्दा अमेरिकी अर्थतन्त्रमा गहिरो आर्थिक सङ्कट तथा मन्द सुधारको सङ्केत मान्न सकिने उल्लेख छ । महामारीका कारण अमेरिकामा ६० लाखभन्दा बढी श्रमिकले पूर्णकालीन रोजगारीको…

Read More

झापा, १९ असार । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो । चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन् । बिहारको विपद् व्यवस्थापन विभागले शुक्रबार बिहान सो कुराको जानकारी दिएको हो । हिजोदेखि यहाँ चट्याङ पर्न शुरु गरेको र शुक्रबार बिहानसम्म यो संख्या २२ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो । भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत हप्तामात्र…

Read More

मोरङ, १९ असार । मोरङको विराटनगर महानगरपालिका–१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ । बिहीबार राति साँढे ११ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका स्कुटर चालक विराटनगर महानगरपालिका–१६ का २३ वर्षीय प्रशान्त बस्नेतको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । यसैबीच, मोरङको बेलवारी नगरपालिका–९ घर भइ विराटनगर महानगरपालिका–१९ मा बस्दै आएका २५ वर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । बिहीवार राति साँढे १० बजे सुत्नको लागि झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका चौधरीको उपचारको क्रममा…

Read More