
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १६ असार । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका अधिकाम्स संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको काम गरिसकेको समयको तलब नदिएको प्रति गम्भीर ध्यानाकर्षण गर्दै नगर सरकारलाई ज्ञापन पत्र बुझाएको छ । युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको नेतृत्वमा शैक्षिक वर्ष २०७६ सालको चैत्र महिनाको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको ठहर गर्दै भद्रपुर नगर प्रमुखलाई सहमती कार्यान्वयन गराइ दिन माग राखी ज्ञापन पत्र बुझाएको हो । वर्षभरी काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नु पर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले काम गरेको समयको पारिश्रमिक रोकेपछि युनियनले चासो र चिन्ता व्यक्त…
झापा, १६ असार । इलाम र उदयपुरका २ स्थानमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । सोमबार दिउँसोदेखि हराइरहेका चापागाईं आज बिहान साँढे ८ बजे उक्त खोलामा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भइरहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका–१३ का ३८ वर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो सवा २ बजे बरुवा खोलामा पौडी खेलिरहेको अवस्थामा…
काठमाडौँ, १६ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ । मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गर्नुभएको हो । पर्यटनमन्त्री भट्टराईले यही असार १४ गते मन्त्रालय मातहतका प्रमुखलाई बोलाएर आगामी आवको योजना कार्यक्रमबारे छलफल गर्दै कामलाई नतिजामुखी बनाउन र काम नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिनुभएको थियो । निरीक्षणको क्रममा केही शाखामा कर्मचारीको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो, सो बुझी कर्मचारी नियमितरुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । मन्त्री…
झापा, १६ असार । विगत २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा उपत्यकाका १४ सहित थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । नयाँ संक्रमितमा ७१ महिला र २४५ रहेका छन् भने योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ । यसैबीच, बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।
झापा, १६ असार । नेपालमा कोरोना भाइरस कोभिड १९ को अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताउनुभयो । कोभिड–१९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ । परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासंग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका…
एउटा गितारको अधिकतम मूल्य कति होला ? ७२ करोड रुपैयाँमा कति वटा गितार खरीद गर्न सकिन्छ होला ? सायद हजारौँ गितार किन्न सकिन्छ यतिधेरै पैसामा । तर यो दुनियामा एउटा यस्तो गितार छ, जसको मूल्य ७२ करोड पर्दछ । हो, हालै एउटा गितार ७२ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्री भएको छ । सो गितार चर्चित अमेरिकी गायक तथा गितारबादक कर्ट कोबेको हो । सन् १९९४ मा कोबेनको मृत्यु भएको थियो । उनै कोबेनले बजाउने गरेको गितार करीब ६० लाख डलरमा हालै लिलाम भएको छ । मार्टिन डी–१८ इ अक्यूस्टिक मोडेलको उक्त गितारको लिलामीको सुरुवाती मूल्य नै १० लाख डलर…
झापा, १५ असार । चीनबाट फैलिएको कोभिड–१९ ले अहिले विश्वलाई सताइरहेको छ । यसैबीच अर्को खबर फैलिएको छ, चीनमा नयाँ भाइरस भेटिएको । खबरमा भनिएको छ, चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान गरेका छन्, जसमा महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ । यो खबर बिबिसी अनलाइनमा प्रकाशित छ । उपलब्ध जानकारी अनुसार उक्त स्ट्रेन सुँगुरमा हुन्छ तर, यसले मान्छेलाई पनि संक्रमित बनाउने सक्ने जोखिम छ । जोखिमपूर्ण कुरा त के भने, उक्त भाइरसले आफ्नो स्वरुप बदल्न सक्छ । यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलनसक्नेछ र सजिलै महामारीको रुप लिन सक्ने भन्दै शोधकर्ता यसबाट चिन्तित छन्…
झापा, १६ असार । कोरोना भाइरस कोभिड १९ बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन डब्लुएचओद्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५६ लाख ६९ हजार ५९४ जना निको भएका छन्।। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ८१ हजार ८११ जनामा कोरोना…
झापा, १६ असार । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेका स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । । भारतमा दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ६६ हजार ८४० पुगेको पनि सो मन्त्रालयले जनाइएको छ । गत २४ घण्टामा भारतमा १८ हजार ५२२ जना कोरोना भाइरस संक्रमित भएका छन् । देशभरी अहिले २ लाख १५ हजार १२५ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख ३४ हजार ८२२ पुगेको छ ।…
बिर्तामोड, १६ असार । झापाको भद्रपुर नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भद्रपुर–१० गरा टोलका २६ वर्षीय रामे हेमरमको सोमबार बेलुका ७ बजे घर नजिकैको खोलामा करेन्ट लागाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । घटनाको आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।