
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पृथ्वीमा उल्कावर्षा हुने गरेका घटनाहरु त हामीले बारम्बार देख्दछौँ । तर, रुसको साइबेरिया टुंगुस्का भन्ने ठाउँमा आजभन्दा १ सय १२ वर्षअघि भयानक उल्कापिण्ड खसेको थियो । आगोको ज्वाला सहितको उल्कापिण्ड जंगलमा खस्दा २ हजार वर्गकिलोमिटर जंगल ध्वस्त भयो । जमिनमा ठूलो खाडल बन्यो झण्डै ८ करोड बोटविरुवा तथा अन्य जिवजन्तुहरु खरानी बनेका थिए । रुसमा प्रचलित जुलियन क्यालेन्डर अनुसार ३० जुन १९०८ को बिहान सबा ७ बजेतिर मानिसहरुले आकासमा चारैतर्फ घुमिरहेको एउटा चम्किलो प्रकाश देखे । त्यो प्रकाश नजिकै जमिनको नजिकै आएसँगै एउटा आगोको गोला जस्तो देखियो । त्यो आगोको गोला पूर्वबाट उत्तरतर्फ गयो । त्यो गोला जमिनमा ठोक्किँदाको गति…
झापा, २१ असार । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ भने भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापिय क्षेत्र रहेको छ । यसैगरी, महाशाखाले बिहानको मौसमको अवस्थाबारे समेत जानकारी दिएको छ । महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाले आइतबार दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरेको…
झापा, २१ असार । दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै निवास बालुवाटारमा अनौपचारिक छलफल गर्दै अब कुन कित्तामा उभिने हो भनेर स्पष्ट गर्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले छलफलका क्रममा आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र भइरहेकाले पोजिशन क्लिअर गर्न भनेका छन् । प्रधानमन्त्री ओलीले पार्टी बचाउन आफू अन्तिमसम्म प्रयास गर्ने भन्दै नसकिएको खण्डमा पार्टी अलग हुने समेत बताएका छन् । उनले अध्यक्ष र प्रधानमन्त्री दुवैबाट…
झापा, २१ असार । पहिरोविज्ञ कृष्ण देवकोटाका अनुसार सामान्य रूपमा तीन किसिमका पहिरो हुन्छन् । पहिलो भेल पहिरो अर्थात् गेग्रान बहाव, दोस्रो स्लोप फेलर अर्थात् सानो–सानो भिरालो जमिनमा जाने पहिरो र तेस्रो बिस्तारै सर्ने पहिरो हुन् । पहिलो खालको भेल पहिरो अग्ला पहाडमा बढी जान्छ भने तेस्रो प्रकारको पहिरो चुरे क्षेत्रमा जाने पहिरोमा पर्छ । दोस्रो खालको पहिरो भने नारायणगढ मुग्लिन सडक खण्डका जस्ता विकासे बाटो र निर्माणका कारण डाँडा काटिएपछि पहराबाट सुक्खा रूपमा झर्ने पहिरोलाई लिन सकिने उनले बताए । भेल पहिरो भने अधिक वर्षाका कारण कमजोर बनेका पहाडमा जानेगर्छ । देवकोटाले जतासुकै पहाड खनेर कमजोर पारिएको छ ।…
काठमाडौं, २१ असार । पछिल्ला केही दिनयता काठमाडाँैं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् । एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसंँगै काठमाडौँ उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या १५४ पुगेको छ । उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडाँैमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडाँैमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ । रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले…
झापा, २१ असार । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिने निर्णय सरकारले गरेको जानकारी दिनुभयो । सरकारको यो निर्णयसँगै लामो समयदेखि केन्द्रीय तहबाट सञ्चालन गरिँदै आएको कक्षा ११ को परीक्षा सञ्चालन र विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालय तहमा पुगेको छ । नेपालमा २०४९ सालदेखि कक्षा ११…
काठमाडौँ, २० असार । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सांसदसमेत रहनुभएका पौडेलले अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि ‘नयाँ आधारमा नयाँ एकता’ हुनुपर्छ भन्नुभयो । उहाँले पार्टी भित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरताभन्दा पनि ‘साइड होमवर्क’हरु गरी बैठकलाई टुङ्गो लगाउन स्थायी कमिटी बैठक स्थगन गरिएको र अहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल र वरिष्ठ नेताहरु पनि गृहकार्यमा रहेको स्पष्ट पार्नुभयो । उहाँले नेकपालाई कुनै पनि हालतमा फुट्न नदिने प्रतिबद्धता जनाउँदै आफूहरुलाई फुट र विभाजन कुनै…
झापा, २० असार । सरकारले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । कार्यालयले विभिन्न मुलुकमा रोजगारीका लागि लागि ३० पुरुष र १७ महिलालाई श्रम स्वीकृति प्रदान गरेको हो । ब्रुनाई, ओमन, कतार र दक्षिण कोरियाका लागि एक÷एक, पोल्यान्डका लागि दुई, जापानका लागि पाँच, इजरायलका लागि आठ, संयुक्त अरब इमिरेट्सका लागि ११ र माल्टाका लागि १७ जनालाई स्वीकृति प्रदान गरेको कार्यालयले जनाएको छ । यही असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्बन्धी मापदण्डको…
काठमाण्डौ, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । त्यस्तै पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन्। प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरुबाट सल्लाह लिने र सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने हिसाबले छलफल गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यो मन्त्रिपरिषद् वा अरू मिटिङ हो भन्ने बारेमा भने प्रष्ट पारिएको छैन । दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली भने राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । गत बिहीबारमात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गरेकी थिइन् ।
विराटनगर, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक बसिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा स्वतन्त्रको नाममा प्रदर्शन गर्नेलाई कारबाहीको माग भएको छ । पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि ओली पक्षका कतिपय कार्यकर्ताले अन्य शीर्ष नेताहरु भारतीय दलाल भएको भन्दै विराटनगरमा प्रदर्शन गरेका थिए । उक्त प्रदेशमा पार्टीकै जिम्मेवार सदस्यहरुको सहभागीता रहेको दाबीसहित कारबाहीको माग गर्दै अर्को पक्षले आज मोरङको नेकपा पार्टी कार्यालय पाञ्चालितमा धर्ना समेत दिएको छ । शुक्रबारको प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायतका नेतालाई गाली गलौज गरिएको थियो । त्यसपछि प्रचण्ड र माधवनेपाल पक्षीय युवा…