झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कनकाई, २१ साउन । झापाको कनकाई नगरपालिकाले नगरबासीलाई मृत्यु संस्करणमा सहयोग दिन सुरु गरेको छ । नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ देखि सरहे कार्यक्रम शुरु गरेको हो । नगरपालिकाले गत साउन १ गतेदेखि नगर भित्रका नगरवासीका लागि समवेदना कार्यक्रम शुरु गरेको नगरपालिकाले जनाएको छ । मानव जीवनसँग जोढ्दै मृत्यु संस्कार मानव जीवनको अन्तिम संस्कार तथा सवै भन्दा पिडाको संस्कार भएकाले सरहे कार्यक्रम शुरु गरेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । कनकाई-८ स्थित लक्ष्मीपुर निवासी स्व नरबहादुर अधिकारीको निधन भएको दुखत घडीमा परिवार जनमा समवेदना दिदै सो जानकारी दिनुभएको हो । मृत्यु संस्कारमा रहेको परिवारजनलाई नगरपालिका नगरवासीको अभिभावक संस्था पनि हो…

Read More

सप्तरी, २१ साउन । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। मृतक राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादव हुन्। भारतीय सीमा नजिक ठूलो मात्रामा मदिरा भण्डारण गरी तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले ‘सर्च अपरेसन’ चलाएको थियो । अपरेसनका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । गोली यादवको तिघ्रामा लागेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सो…

Read More

झापा, २१ साउन । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो । सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको विभागले जनाएको छ । विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएको भन्दै अहिलेलाई स्थगित गरिएको जनाएको हो । सूचनामा भनिएको छ, “उपर्युक्त सन्दर्भमा राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस…

Read More

झापा, २१ साउन । एएफसी यु–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ का खेलहरू आजदेखि भुटानको राजधानी थिम्पुमा सुरु हुँदैछन्। पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्नेछ। खेल साँझ ५:४५ बजे थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा हुनेछ। समूह ‘ए’ मा नेपाल, भुटान, उत्तर कोरिया, र साउदी अरब रहेका छन्। मङ्गोलिया भने प्रतियोगिताबाट नाम फिर्ता लिइसकेको छ। उत्तर कोरिया यसअघि तीनपटक फिफा यु–२० विश्वकप र दुईपटक एएफसी एसियन कप जितिसकेको बलियो टोली हो। नेपालले समूह उपविजेता बन्ने लक्ष्य लिएको छ। ३२ राष्ट्र सहभागी छनोट प्रतियोगितामा आठ समूह छन्। समूह विजेता आठ टोली र उत्कृष्ट तीन उपविजेता टोलीले सन् २०२६ मा थाइल्यान्डमा…

Read More

झापा, २१ साउन । झापाको गौरादहमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । गएराति गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङ आफ्नै घरदेखि १० मिटर पूर्व–उत्तरमा रहेको मोटरबाट खेतमा सिचाई गर्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु भएर लडिरहेको अवस्थामा उनका छोरा सुशीलले देखेपछि शव घरमा ल्याएर राखेका छन् ।

Read More

झापा, २१ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत…

Read More

झापा, २० साउन । कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटनाहरू तीव्र गतिमा बढ्न थालेका छन् । २०८१ माघ १५ गतेदेखि सुरु भएका यस्ता घटनाहरूले सिँचाइ प्रभावित बनाउँदै कृषकलाई गम्भीर समस्यामा पारिरहेका छन् । प्राप्त जानकारी अनुसार, मोरङ जिल्लामा ८ स्थान, सुनसरीमा १२ स्थान र झापामा २ स्थानमा चोरीका घटना भएको पुष्टि भएको छ । साउन ९ गते राति मोरङको रंगेली नगरपालिका–९ इटाभट्टा टोलमा दुई मोटरसाइकलमा आएका तीन व्यक्तिहरू संकास्पद अवस्थामा भेटिएपछि प्रहरी देख्नासाथ फरार भएका थिए। घटनास्थल नजिकै ट्रान्सफर्मरमा चढिरहेका मोरङ ग्रामथान–४ निवासी अर्जुन कुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाको गम्भीरतालाई…

Read More

शिवसताक्षी, २० साउन । झापाको शिवसताक्षी नगरपालिकामा आगामी भाद्र १ गते बृहत रथ यात्रा हुने भएको छ । शिवसताक्षी नगरपालिका–६, शिवगञ्जस्थित सनातन धर्म संवर्धन संस्थाको आयोजनामा भगवान राधाकृष्णको रथयात्रा गर्ने भएको हो । संस्थाले मङ्गलबार पत्रकार सम्मेलन गरेर आगामी भाद्र १ गते (श्रीकृष्ण जम्माष्टमी) को दिनको १ बजे रथयात्रा गर्न तयारी सुरु गरिएको जानकारी दिएको छ । संस्थाका अध्यक्ष माधव अधिकारीले सनातन धर्म, संस्कृति र संस्कारको प्रवद्र्धन गर्दै भक्तिभाव जगाउने उद्देश्यले रथ यात्राको आयोजना गरिएको बताए । राधाकृष्णको रथयात्राले धार्मिक चेतना फैलाउने र सामाजिक सद्भाव बलियो बनाउने, पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । अध्यक्ष अधिकारीले भने, यस…

Read More

झापा, २० साउन । अन्तर्राष्ट्रिय झापाली समाजले प्रेस क्लब भद्रपुरलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । प्रेस क्लब–भद्रपुरको १५ औं स्थापना दिवसको अवसरमा यही साउन १६ गते समाजका अध्यक्ष मुकुन्द ढुंगानाले शुभकामना सन्देश मार्फत सो सहयोगको घोषणा गरेका हुन् । पारिवारिक सदस्य एवम् पत्रकार राजेश ढुंगानाका अनुसार, आगामी भदौमा उक्त सहयोग रकम क्लबलाई हस्तान्तरण हुनेछ ।

Read More

भद्रपुर, २० साउन । बहुविवाह गर्न सहज कानून ल्याउन लागेको विरोधमा अन्तरपार्टी महिला सञ्जाल(झापाले आज अपराह्न ज्ञापन(पत्र बुझाएको छ । मुलुकी अपराध संहितामा पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानून ल्याउन लागेकोमा चर्को विरोध भइरहेको सन्दर्भमा अन्तरपार्टी महिला सञ्जाल–झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन(पत्र पठाएको हो ।सञ्जालकी जिल्ला अध्यक्ष गोमा भट्टराई र सचिव इन्दिरा कार्कीको नेतृत्वमा प्रशासन कार्यालय पुगेर टोलीले झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई सो ज्ञापन(पत्र बुझाएका हुन् । सरकारको संघीय कानून मन्त्रालयले बहुविवाह गर्न पाउने कारण सहित कानूनको मस्यौदा तयार गरिसकेको छ । नेपालको संविधान र संयुक्त राष्ट्र संघको “महिलामाथि…

Read More