झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय दलका नेता देउवाले संविधान संशोधनमा सबै दलको समर्थन देखिनाले नेपालीबीचको राष्ट्रिय एकता झल्किएको बताउनुभयो । “ जुनसुकै पार्टी होऊन् राष्ट्रियताका पक्षमा एकताबद्ध छन्, राष्ट्रको सार्वभौमिकताका लागि, राष्ट्रको अखण्डताको लागि नेपाली एक छन् भन्ने कुरा प्रष्ट भएको छ”, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले विधेयकमा आफ्नो पार्टीको समर्थन रहेको समेत जानकारी दिँदै आफ्नो पार्टीको केन्द्रीय समितिले संशोधनका पक्षमा समर्थन गर्ने निर्णय गरेको बताउनुभयो । आगामी दिनमा जमीन फिर्ता ल्याउने विषयमा पनि आफ्नो…

Read More

झापा, ३१ जेठ । नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शुक्रबार बेलुका नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन भोलिबाट देशभर फैलिइ मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न सबैमा अनुरोध गरेको छ । साधारणतया अङ्ग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत…

Read More

गाउँघरमा अन्नबाली, नगदे बाली आदिको खेतिपाती हुनु त नौलो कुरा भएन । तर यो दुनियामा एउटा यस्तो गाउँ छ जहाँ सर्पको खेती हुन्छ । हो, सुन्दैमा भयानक लाग्ने यस्तो गाउँ चीनमा छ । जिसिकियाओ नामको उक्त गाउँका मानिसहरुको जिविकोपार्जनको मूख्य आधार नै सर्पको खेती हो । गाउँका आधा भन्दा धेरै मानिस सर्पको खेती गर्दछन् । जिसिकियाओमा ३० लाख भन्दा धेरै प्रकारका विषालु सर्पहरु पाइन्छन् । त्यहाँ राजगोमन, अजिंगर, भाइपर लगायतका अत्यन्तै विषालु सर्पहरु समेत पालिन्छन् । यसरी गाउँभर नै विषालु सर्पहरुको खेती गर्नुको कारण चाहीँ पैसा कमाउनु नै हो । सर्पको मासु तथा सरीरका अन्य अंगहरुको बिक्रि गरी गाउँलेहरुले पर्याप्त…

Read More

झापा, ३१ जेठ । साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पिसीआर परीक्षणको दायरा थप बढाउन सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई श’ङ्काको सुविधासहित स्वागत गरेको जनाएको हो । उपप्रधानन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकको निर्णयबाट उक्त प्रतिबद्धता सार्वजनिक भएको थियो । साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा सरकारको सार्वजनिक प्रतिबद्धता र कोरोनाको बढ्दो सङ्क्रमणको पृष्ठभूमिमा हाल जारी प्रदर्शनलाई केही दिनका…

Read More

झापा, ३१ जेठ । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २८ हजार ३४२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७७ लाख ४० हजार ५०५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शनिबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३९ लाख ६६ हजार ५६६ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ४५ हजार ५९७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ८८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको…

Read More

झापा, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी आज दिउँसो १२ः३० बजे बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको जानकारी दिएको हो । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान संशोधन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।

Read More

मोरङ, ३१ जेठ । मोरङ धनपालथान–७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ बर्षीय खालिद हुसेन मृत अवस्थामा फेला परेका छन् । हिजो अपरान्ह ५ बजे घरमा कोही कसैलाई नसोधी हिडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उनी अबेरसम्म घर फर्की नआएपछि आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारी बेलुका ७ बजे प्रहरीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Read More

बिर्तामोड, ३१ जेठ । मेचीनगर नगरपालिकाले निर्माणाधीन विकास आयोजनाको निरन्तरताका विषयमा सरोकारवालासँग छलफल गरेको छ । आगामी आर्थिक वर्षमा विकास निर्माणका योजना कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा नगरपालिकाले सरोकारावालासँग शुक्रवार छलफल गरेको हो । कोरोनाको सन्त्रासका बीच लक डाउन सुरु भएपछि मेचीनगरका कतिपय विकास आयोजनाको काम ठप्प छ । कतिपय योजना सुस्त गतिमा चलिरहेका छन् । यस्तो अवस्थामा नगरपालिकाले निर्माण व्यवसायी संघ झापा, सिंचाई विभाग, भौतिक पूर्वाधार लगायतका प्रतिनिधिसँग छलफल र परामर्श गरेको हो । नगर प्रमुख बिमल आचार्यले निर्माण व्यवसायी संघसँग छलफल र सहकार्य गरेर अगाडि बढ्ने बताउँदै निर्माणाधीन विकास आयोजनालाई निरन्तरता दिइने बताए । उनले नगरभित्रका हरेक…

Read More

काठमाडौं, ३१ जेठ । सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर अत्यधिक बढ्न सक्नेतर्फ उनीहरूले सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् । यस्ता प्रदर्शनले सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा कोरोना संक्रमण फैलन सक्ने भयसमेत बढ्न थालेको भन्दै विज्ञहरूले प्रदर्शन रोक्न र त्यस्ता प्रदर्शनमा नजानसमेत सुझाव दिएका छन् । उनीहरूले लगातारको प्रदर्शनले संक्रमण नियन्त्रण बाहिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले आन्दोलनको मोडालिटी परिवर्तन गर्नसमेत आन्दोलनमा उत्रिएका नागरिकलाई सुझाव दिएका…

Read More

झापा, ३१ जेठ । सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् । गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुन्धान विभागका प्रमुखले लकडाउनको परिवर्तित मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयलाई व्यवहारिक बनाउन सुझाएका छन् । गृहमन्त्री रामबहादुर थापासँगको छलफलमा सुरक्षा अंगका प्रमुखहरुले मोटरसाइकलमा सवार व्यक्तिहरुका हकमा भएको निर्णय सबैभन्दा अव्यावहारिक देखिएको बताए । उनीहरुले सरकारी निर्णय आएलगत्तै प्रहरीले सडकमा हैरानी व्यहोर्नुपरेको, कतिपय स्थानमा प्रहरी र मोटरसाइकल चालकका बीचमा भनाभनको स्थितिसमेत देखिएको गृहमन्त्री थापासँग गुनासो गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

Read More