झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० असार । लकडाउन पछि उकालो लागेको सुनको मूल्य दिनानु दिन बढ्ने क्रममा रहेको छ । आज बुधबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन ५ सय रुपैयाले बढेको हो । त्यस्तै सोमबार भने प्रति तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ तोलाको ९ सय ४५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो । सुनको मुल्य लगातार बढेसंगै बजारमा सुन खरिद गर्ने भन्दा बेच्ने बढेको…

Read More

मोरङ, १० असार । विराटनगर महानगरपालिकाको छैटौँ नगरसभाले आर्थिक वर्ष २०७७÷७८ का लागि कूल रु तीन अर्ब ३७ करोड ८१ लाख १० हजारको वार्षिक बजेट आज सार्वजनिक गरेको छ । जसमा आन्तरिक आम्दानीतर्फ रु ८९ करोड ८२ लाख ९६ हजार ७००, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ रु ७६ करोड ८२ लाख ५२ हजार, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ रु ३८ करोड सात लाख ६८ हजार र सङ्घीय सरकारको सशर्त अनुदानतर्फ रु एक अर्ब दुई करोड नौ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारको सशर्त अनुदानबाट आउने रु दुई करोड १० लाख नौ…

Read More

मोरङ, १० असार । मोरङको बिराटनगर महानगरपालिका(१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित १ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे स्थानीय १९ वर्षीय सुधिर पासवानलाई २२ बोतल लागुऔषध कोरेक्स सहित पक्राउ गरेको हो । पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, १० असार । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ । उक्त सम्झौता असार १६ गतेभित्र संसद्बाट अनुमोदन भइसक्नु पर्नेछ । तर, सभामुख सापकोटाले १७ गतेसम्म संसद् बैठक स्थगन गरेका छन् । प्रमुख सचेतक देव गुरुङको सल्लाहमा सभामुख सापकोटाले एमसीसी सम्झौताको मिति टार्न बैठक पर सारेको सरकारको आरोप छ । ‘सरकारसँग सल्लाहै नगरी सभामुखले बैठक सार्नुभयो’, एक मन्त्रीले भने, ‘एमसीसी सम्झौता अनुमोदनका विषयमा पार्टीमा यत्रो छलफल भइरहेका बेला सभामुखले एकाएक एक साता पर बैठक सार्नु भएछ ।’ एमसीसीबारे छलफल गर्न बुधबार पार्टीको…

Read More

झापा, १० साउन । मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयकबारे संसदीय समितिमा ५४ पटकसम्म बैठक बस्यो । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको यो विधेयक छलफल गर्ने क्रममा सांसदहरूले बैठक बापतको भत्तामा मात्रै लाखौं रुपैयाँ सकिसकेका छन् । तर, संघीय निजामती सेवा विधेयक भने अनिश्चित बनेको छ । विधेयक २०७५ साल माघमा संसदमा दर्ता भएको थियो । त्यसयता मंगलबारसमेत गरी विधेयकबारे ५४ पटकसम्म बैठक बस्यो । तर पनि कुनै निकास निस्कन नसकेपछि सो विधेयक चालु संसद् अधिवेशनबाट पारित हुने सम्भावना करिब करिब अन्त्य भएको छ । विधेयकमा सहमति जुटाउन बाँकी रहेका केही…

Read More

झापा, १० असार । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शपथको प्रतिज्ञा गराए । तर, यो शपथ व्यवहारमा भने अझै लागु हुन सकेको देखिँदैन । प्रधानमन्त्री कार्यालयदेखि सबै सरकारी कार्यालयको ढोकैमा देखिने गरी लेखिएको ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्न’ भन्ने नाराले अहिले तिनै सरकारी कार्यालयलाई गिजाइरहेको छ । पछिल्लो समय भ्रष्टाचार र घुसखोरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको तथ्यांकले घुस लिने र भ्रष्टाचार गर्ने प्रवृत्ति झनै बढेर गएको देखाएको छ…

Read More

झापा, १० असार । कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ । स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागु गर्ने योजना बनाएको थियो । ऐनको दफा ३२ को उपदफा १ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने उल्लेख छ । यस्तै, स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड– १९ संक्रमित भएका र अन्य स्वास्थ्य सेवाको परामर्शका लागि टेलिमेडिसिन सेवा प्रयोगमा…

Read More

झापा, १० असार । नेपालीको औसत आयु ७०.५ वर्ष छ। तर, वैदेशिक रोजगारीमा जाने नेपाली औसत त्यसको आधा उमेरमा बित्छन्। यसरी अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो देखिएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार १८ देखि ४० वर्ष उमेरका व्यक्ति काम गर्न विदेश जान्छन्। बर्सेनि ठूलो मात्रामा हुने मृत्यु पनि यही समूहको हो। पछिल्लो एक दशकमा करिब ९ हजार नेपाली कामदारले विदेशमा ज्यान गुमाएको बोर्डले जनाएको छ। उसले श्रम स्वीकृति नलिई विदेश जाने र अन्य भिसामा गएकाको तथ्यांक राख्दैन। सरकारले बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा ग¥यो। तर, स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा नेपालबाट बर्सेनि ४ लाख ५० हजार कामदार विदेश…

Read More

झापा, १० असार । मनसुन देशभर सक्रिय भएसँगै नेपालका प्रमुख ठूला तथा मझौला नदीमा बहाव बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै विभिन्न भेगमा भारी वर्षाको सम्भावना रहेको छ । तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले हुन अनुरोध गरेका छन् । सामान्यतः मनसुन जुन १० मा नेपालको पूर्वी भूभागमा प्रवेश गर्दछ । यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो ।…

Read More

झापा, १० असार । नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस कोभिड–१९ नियन्त्रणमा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो । सङ्क्रमणबाट प्रभावित झापा र उदयपुर लगभग नियन्त्रणको अवस्थामा पुगेको छ । सुनसरी र मोरङ पनि केही दिनभित्र नै नियन्त्रण हुनसक्ने र अन्य जिल्लामा सङ्क्रमणको अवस्था सामान्य रहेकाले साउन महिनाभित्रमा प्रदेश १ मा कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउने प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । यसअघि उदयपुरको भुल्के र धनकुटामा समुदायस्तरमा…

Read More