झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

रोचक जोशीसूर्यसंगै उठ्छु म दिनभरिकर्म बोकी हिँड्दैछुचन्द्रमाको शीतलतामाभबिष्य बारे सोच्दैछु,किनकी मेरो लडाई मसंगै छ हिँड्दैछु ,लड्दैछु, खसीफेरि उठ्दैछुसाहस बटुल्दै, चोट सहीएक्लै आज म अघि बड्दैछु,किनकी मेरो लड़ाई मसंगै छ समाजले सधैँ पछि पार्छ,त्यसैले अगाडी बड्नुछभाग्यरेखा कोर्नुछ,आफ्नै पहिचान बनाउनुछ,किनकी मेरो लड़ाई मसंगै छ उसले गर्यो, म कहिले गर्ने ?फुर्सद छैन अरुको हेर्नेआफ्नो बाटो आफै खन्ने, कालोपत्रे आफैँ गर्नेचिल्लो गाडी आफै किन्ने,किनकी मेरो लड़ाई मसंगै छ्र आफ़नो स्टेडियम आफ़ै बनाउनेक्रिकेट बल आफैँ समाउनेएमपायर नी आफैँ बनाईचौका–छक्का आफैँ ठोक्ने,किनकी मेरो लड़ाई मसंगै छ त्यसैले मेरो लडाई मसंगै छयो कविता हैन यथार्थ हो… । धनगढी, कैलाली

Read More

भद्रपुर, ६ असार । कम्युनिस्ट राजनीतिमा नीति र सिद्धान्त बिर्सदै जाँदा पूजीवादी प्रबृत्ति हाविहुँदै गएको झापाली कम्युनिष्टका अनुयायीहरूले बताएका छन् । झापाली वामपन्थी आन्दोलनका शिखर पुरूष द्रोणप्रसाद आचार्यको २७ औं स्मृति दिवसको अवसरमा चन्द्रगढीमा सम्पन्न कार्यक्रममा सहभागी बक्ताहरूले जनपक्षीय कार्य बिर्सेर बिलासी जीवनमा कम्युनिस्ट नेतृत्व अलमलिँदा समाज पूँजीवादको भूमरीमा हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पूर्व सांसद पुष्पराज पोखरेलले द्रोणाचार्यले बाँचुञ्जेल आफ्नो व्यक्तिगत घर नबनाइ जनताको घरवारका लागि राजनीतिक त्याग दिए तर उनका अनुयायी महलको ऐस आराममा अलमलिएर कम्युनिस्टभित्र पूँजीवाद बढाइरहेका छन् भन्दै आक्रोस पोखे । पोखरेलले द्रोणाचार्य क्षेत्रीले निरङ्कुश पञ्चायतका बिरूद्ध लड्न…

Read More

झापा, ६ असार । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा थप समन्वय गर्दै लैजाने निर्णय गरेको केन्द्रका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले देशैभरका क्यारेन्टिनस्थललाई थप व्यवस्थित गर्दै लैजाने र त्यसको अनुगमन र सहजीकरणको काम प्रदेश सरकारले गर्ने, क्वारेन्टिनमा रहेकाको शीघ्र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय परीक्षण…

Read More

झापा, ६ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ २८ गते संवत् २०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रुपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ । उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ । मुलुकमा सङ्घीयता लागू भइसकेको र माध्यमिक…

Read More

आशिष पौडेलचुडामणि ग्रहण अर्थात् आइतबार लाग्ने सूर्यग्रहण वा सोमबार लाग्ने चन्द्र ग्रहण, । आइतबार चुडामणि सूर्यग्रहण लाग्दैछ । भनिन्छ, द्वापरयुगमा महाभारत युद्ध हुँदा यो ग्रहण लागेको थियो । सो युद्ध त्यसबखतको विश्व युद्ध नै थियो, जसमा दुवै पक्ष गरी ३९ लाख ३६ हजार ६०० सीपाही मरेका थिए । तर, यो संख्या दुरुस्तै नहुन सक्छ, किनभने महाभारत कथा, इतिहास होइन पुराण हो, साहित्य हो । अझ धैरै अर्थमा दर्शनशास्त्र हो । कुनै समयमा भारतमा ठूलो विश्ययुद्ध भएको थियो, त्यसको अघि र पछिका घटना, परिघटना र पात्रहरुलाई तलमाथि गरेर वेदव्यासले महाकाव्य लेखे, त्यो अहिले हामी माझ महाभारत नामले प्रसिद्ध छ । कुनै…

Read More

झापा, ६ असार । आर्थिक अभावका कारण बिर्तामोड नगरपालिका–३ की एक जना महिला उपचार पाउनबाट बञ्चित भएकी छन् । बिर्तामोड–३ सुकुम्बासी टोलकी ४२ वर्षीया धनमाया तामाङ उपचार पाउनबाट बञ्चित भएकी हुन् । तामाङका दुबै मिर्गौला बिग्रिएका छन् । तर, उपचार गराउन पैसा छैन । डाइलोसिस गराउनु पर्ने भए पनि पैसा जुटाउन नसकेपछि उनी कष्टकर दैनिकी बिताउँदै बसेकी छन् । तामाङको उपचारका लागि आर्थिक सहायता जुटाउने अभियानमा गङ्गामाया तथा नरबहादुर बस्नेत क्यान्सरपीडित सहयोग संस्थाले चासो देखाएको छ । संस्थाका अध्यक्ष भूपाल बस्नेतले पीडित तामाङको उपचारका लागि दाताहरुले थोरै सहयोग गरिदिए पनि धन्य हुने बताए । ‘तामाङको उपचारका लागि मनकारी सहयोगी दाताको…

Read More

झापा, ६ असार । कोभिड–१९ महाव्याधिका कारण विश्वभरका विद्यार्थीको पढाइ अवरुद्ध हुँदा विश्व अर्थतन्त्रमा १ सय खर्ब डलर (१० ट्रिलियन) को अपूरणीय क्षति हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले महाव्याधिबाट बालबालिकाको पढाइ अवरुद्ध हुँदा अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ रु भन्नेबारे अध्ययन गरेको थियो । त्यस अध्ययनमा महाव्याधिका कारण विद्यालय बन्द हुँदा बालबालिकामा विद्यालय छोड्ने प्रवृत्ति बढ्ने देखिएको पाइएको छ । यसबाट कालान्तरमा विश्व अर्थतन्त्रमा १ सय खर्ब डलर आम्दानी गुम्ने देखिएको हो । महाव्याधि उत्कर्षमा पुगेको अप्रिलमा विश्वभर विद्यालयबाहिर हुने विद्यार्थीको संख्या १ अर्ब ६० करोड पुगेको थियो । जसका कारण अहिले विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीले आफ्नो जीवनकालमा ठूलो मूल्य चुकाउनुपर्ने भएको…

Read More

झापा, ६ असार । निजामती सेवामा अब खस–आर्यका लागि पनि आरक्षणको व्यवस्था गर्न लागिएको छ भने महिलाका लागि आरक्षण बढाइने भएको छ । महिलाका लागि यसअघि १५ प्रतिशत रहेकोमा अब २४।५ प्रतिशत आरक्षण पुर्‍याइँदै छ । अहिले छलफलमा रहेको संघीय निजामती ऐनमा सरकारी सेवामा महिलाका लागि आरक्षण कोटा बढाउन लागिएको हो । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको विधेयकमा आरक्षणको प्रावधान हेरफेरको सहमति भएको छ । खुला प्रतियोगिताबाट हुने पदपूर्तिमा अहिले ४५ प्रतिशत सिट आरक्षणतर्फ रहेको छ । अब यो ४९ प्रतिशत पुर्‍याइनेछ भने त्यसमा ५० प्रतिशत महिलाका लागि हुनेछ । समिति सभापति शशी श्रेष्ठले भनिन्, ‘४९ प्रतिशतलाई शतप्रतिशत मानेर त्यसमा आधा सिट महिलाका…

Read More

झापा, ६ असार । नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको ‘अवाञ्छित गतिविधि’ले सुरक्षा चुनौती बढाएको विश्लेषण गरेको छ । उनीहरूले हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिरहेको र सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले आफ्ना गतिविधिलाई सक्रिय राखेको सेनाको विश्लेषण छ । जंगीअड्डामा शुक्रबार सुरु पृतनापति बैठकमा विप्लव समूहका गतिविधिले निम्त्याउन सक्ने सुरक्षा चुनौतीबारे पनि छलफल भएको सैनिक स्रोतले बताएको छ । यसका साथै कोरोना रोकथाममा सेनाले गरेको काम, सरकारले दिएका विभिन्न जिम्मेवारी पूरा गर्दा सेनालाई लगाइएका आरोपका विषयमा छलफल चलेको थियो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पृतनापति बैठक नियमित भएको प्रतिक्रिया दिए् । ‘मुलुकको पछिल्लो सुरक्षा अवस्था, कोभिड–१९ रोकथामलगायत विषयमा…

Read More

झापा, ६ असार । प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिसअनुसार सीसीएमसीको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी गर्नसक्ने निर्णय गरेको हो । सीसीएमसीद्वारा जारी विज्ञप्तिअनुसार क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोगशालाको क्षमता विस्तारका लागि प्रदेश सरकारमार्फत् विभिन्न पालिकाहरूलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा दिने निर्णय समेत बैठकले गरेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More