झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ आज प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति जारी जानकारी दिनुभएको हो ।

Read More

झापा, ४ असार । राष्ट्रियसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ ’ लाई सर्वसहमतिले पारित गरेको छ । राष्ट्रियसभामा आज उपस्थित कूल ५७ सांसदले नै ‘हुन्छ’ भन्ने पक्षमा मतदान गर्नुभएको थियो ।राष्ट्रियसभाका कूल ५९ सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मत विभाजन प्रक्रियामा सहभागी हुनु भएन । सभामा बाँकी रहेको एक सदस्य भने मनोनयन भएको छैन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएपछि अध्यक्ष तिमिल्सिनाले मत विभाजनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुभएको थियो । राष्ट्रियसभाको बैठक कक्षको लबीमा तयार पारिएको मत विभाजनका लागि ‘हुन्छ’ भन्नेहरुलाई एकातिर र ‘हुन्न’ भन्नेहरुलाई अर्काेतिर…

Read More

झापा, ४ असार l झापाको कन्काई नगरपालिका-८ मा जंगली च्याउ खाएर एकै घरका ३ जना बिरामी भएका छन् । बुधवार बिहानको खाना संगै जंगली च्याउ पकाएर खाएका ४० बर्षीया बेनुका लम्साल, निजको छोरा २१ बर्षीय बिपिन लम्साल र १९ बर्षीय सौरब लम्साल बिरामी भएका हुन् । बिरामी भएका तिनै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

Read More

झापा, ४ असार । झापाका स्थानीय तहका दलित जनप्रतिनिधि सङ्गठित भएका छन् । बुधबार बिर्तामोडमा सम्पन्न जिल्लाभरिका दलित जनप्रतिनिधिको भेलाले मेचीनगरका कार्यपालिका सदस्य टीकाराम मङ्ग्रातीको अध्यक्षतामा स्थानीय तह दलित जनप्रतिनिधि मञ्च गठन गरिएको छ । मञ्चको उपाध्यक्षमा हर्कमाया विक, सचिवमा सागर पोर्तेल, सहसचिवमा योगेश परियार, कोषाध्यक्षमा मीना सिन्चेउरी र सदस्यमा निरु परियार, निता घतानी, रोहित तोलाङ्गी, चन्द्रकला विक, देवेन्द्र दर्नाल, रमेश तिखत्री र शर्मिला विक रहनुभएको छ । सो मञ्चले स्थानीय तहहरुमा दलितमैत्री कार्यक्रम निर्माणसँगै समुदायको उत्थानका लागि काम गर्ने उत्पीडित अधिकार मञ्च नेपालका अध्यक्ष सागर पोर्तेलले जानकारी दिनुभयो । उत्पीडित अधिकार मञ्च झापाले स्थानीय तहका दलित कार्यपालिका सदस्यसँग आयोजना…

Read More

झापा, ४ असार । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको नोवेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज भएको छ । सरकारले उच्चस्तरीय समिति खारेज गरी कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई नै थप सक्रिय बनाउने निर्णय गरेको हो । गत २९ जेठमा बसेको मन्त्रिपरिषद्ले निर्णय गरे पनि सरकारले यससम्बन्धी निर्णय औपचारिक रूपमा सार्वजनिक गरेको छैन । समितिको काम प्रभावकारी हुन नसकेको र सिसिएमसीका निर्णयसँग बाझिएको भन्दै खारेज गर्ने निर्णय भएको हो । सरकारले गत १८ फागुनमा उच्चस्तरीय समिति गठन गरेको थियो । समितिको २८ औं बैठक गत २८ जेठमा बसेको थियो । सोही बैठकलाई अन्तिम भनिएको छ । स्वयं उपप्रधानमन्त्री पोखरेलले नै बुधबार पत्रकारहरूलाई…

Read More

झापा, ४ असार । कोरोना भाइरस परीक्षणका लागि सरकारले विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम मापदण्ड पनि पूरा नभएका किट खरिद गर्न थालेको छ । त्यो पनि प्रतिस्पर्धामा सस्तो उपलब्ध गराउने कबुल गरेका कम्पनीलाई छाडेर महँगोमा । सरकारको यो निर्णयबाट राज्यलाई आठ करोड ३४ लाख नोक्सान हुने भएको छ । स्वास्थ्य सेवा विभागले एक लाख ५० हजार आरटी पिसिआर किट (रियल टाइम पिसिआर किट) र एक लाख ५० हजार आरएनए एक्स्ट्रयाक्सन किट खरिद गर्न ओम सर्जिकल कन्सर्न प्रालिलाई २४ करोड ८१ लाखमा ठेक्का दिएको छ । जब कि प्रतिस्पर्धामा रहेका अन्य ११ कम्पनीले ओम सर्जिकलभन्दा सस्तोमा किट उपलब्ध गराउने कबुल गरेका…

Read More

इलाम, ४ असार । ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको किसानको गुनासो छ । उद्योगले हरियोपत्तीमा लागत नै नउठ्नेखालको मूल्य कायम गरेपछि किसान सङ्घर्षका लागि एकजुट हुन बाध्य भएका हुन् । किसानले उत्पादन गरेको हरियोपत्तीको मूल्य सधैँ उद्योगीले निर्धारण गरिदिने भएकाले आफूहरू मारमा परेको किसान बताउँछन् । उद्योगमा हरियोपत्ती बेच्न नपाए आफूहरूको वर्षभरको आम्दानी गुम्ने भएकाले किसान पनि उद्योगीले तोकेकै मूल्यमा आफ्नो उत्पादन बेच्न बाध्य छन्…

Read More

झापा, ४ असार । मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति प्रदान गर्न बुधबार सूचना आह्वान गरिएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले मुलुकको विभिन्न दस ठाउँमा रहेको खानीको अन्वेषण तथा अध्ययनका लागि अनुमति प्रदान गर्न प्रक्रिय स्वरूप सूचना आह्वान गरिएको जानकारी दिए । दसवटामध्ये चार ठाउँमा उत्खनन (माइनिङ) गर्न र बाँकी ठाउँमा अन्वेषण (प्रोसपेक्टिङ)का लागि अनुमतिपत्र प्रदान गर्न सूचना आह्वान गरिएको उनले बताए । अन्वेषणको अनुमति पत्रका लागि…

Read More

झापा, ४ असार । एक वर्षदेखि चर्चा र विवाद उच्चस्थानमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नियमित कामसमेत प्रभावित बनेको छ । संसद्बाट एमसीसी पारित गराउने विषयमा सत्तारुढ दल नेकपा एकतर्फ देखिएको छ भने त्यसविपरित ध्रुवमा पार्टी उभिएको छ । सरकार एमसीसी पास गराउने पक्षमा छ । तर, सत्तारुढ दल नेकपा भने अहिलेको अवस्थामा एमसीसी पास नगराउने स्पष्ट अडानमा उभिएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचमै एमसीसी विषयमा फरक मत पाइएको छ । प्रधानमन्त्री समेत रहेका ओली एमसीसी सम्झौता अनुमोदन गर्न हतारिहँदा अर्का अध्यक्ष दाहाल संशोधन गरेर…

Read More

झापा, ४ असार । निम्नवर्गीय जनताका लागि आधासम्म सस्तो, उद्योग व्यवसायको व्यवसाय लागत घटाउने र उद्यमशीलता प्रवद्र्र्धन गर्ने लक्ष्यसहित विद्युत् महसुल समायोजन गरिएको छ । विद्युत् नियमन आयोगले विभिन्न प्रकारका ग्राहकलाई इनर्जी र न्यूनतम शुल्क नलिने, दर घटाउने तथा ट्रङ्क तथा डेडिकेटेड लाइनको अतिरिक्त शुल्क खारेज, चार्जिङ स्टेसनका लागि नयाँ महसुललगायतका व्यवस्थासहित नयाँ दर सार्वजनिक गरेको हो । असार १ गतेदेखि नै कार्यान्वयनमा आउनेगरी तय गरिएको नयाँ महसुल दर अनुसार एकदेखि दस युनिटसम्मको पाँच एम्पियरका इनर्जी शुल्क गार्हस्थ ग्राहकलाई इनर्जी शुल्क तिर्नु नपर्ने भएको छ । १० युनिटभन्दा माथि खपत गर्ने गार्हस्थ ग्राहकको विद्युत्को प्रतियुनिट शुल्कमा न्यूनतम ५ देखि अधिकतम…

Read More